जिल्ला देखि प्रयोगशालासम्म

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

एक सिपाही, असई, निरिक्षक लगायत एसपीले गल्ती गर्यो निर्मला पन्तको बलात्कारपछि हत्या गरिएका सबै प्रमाण नष्ट गर्यो किन ? भन्ने सवालमा आज प्रयोगशालाले पनि गल्ती गर्यो भन्ने आवाजहरु समाचार माध्यममा आई रहेका छन् भने अन्तमा त्यो गल्ती कहाँसम्म पुग्ने हो । सुनको परिक्षा गर्न सुन बनाउने सुनवार वा सुनका काम गर्नेवाला सित १ तोल सुन लगेमा जाँच गर्दा गर्दा कहिले पनि सुन सकिदैन । तताउदा रंग फेरिन्छ त्यस्तै डिएनएका स्लाईटहरु दुरबीनले हेर्दा वा अन्य केमीकल प्रयोग गरी हत्या बलात्कारको जाँच गर्दा कहिले पनि न
हराउनु न मेटिनु पर्ने हो तर नमूना सकिएकोले अब प्रयोगशालामा नमूना नै बाँकी नरहको भन्ने कुराको सनसनीपुर्ण समाचारहरुले गर्दा अवका दिनहरुमा प्रहरी प्रयोगशालाको विश्वास कसरी गर्ने निर्मलाको बलात्कार र हत्याले अन्तमा कसलाई तान्ने हो देशका बुद्धिजीवि नेतृत्वदायीहरु सबैलाई संकट आएको छ ।
के भीमदत्तको सूचनाले जनतालाई बेवकुफ बनाउन खोजेकै हो ?
नेपाली जनताको सम्पत्ति जग्गा सरकारको जिम्मामा रहेकोमा सरकारले आफ्नो पार्टी कार्यकर्ताको जिम्मा लगाउनु न.वि.स.का अध्यक्षरुपी पार्टी कार्यकर्ताहरुले खोका छाप्राका अध्यक्ष देवल सिंह विष्ट अनधिकृत तरिकाले बजारको रुपरेखामा नै असर पर्ने गरी नगरपालिकाका तथा सहरी विकासको बदनियतबाट खरिद विक्रि, लेनदेन, डिजाईन, गुरुयोजनामा नै लात मारी आफूखुसी भवन निर्माण गर्न लगाउदा पनि भीमदत्तले आँखामा पट्टी बाँधी, कानमा तेलाहाली मुसुमुसु हासेर जनता रुपका लुटाराहरुलाई धोका दिने तरिका समेत अपनाई नक्सा पास नगराई घर बनाउन मुन्टो हल्लाई स्वीकृति दिएकोमा पुनः २ वर्षपछि गएर बनाएका घर तोड्नु पर्ने हुँदा आफ्नो सामान लैजानु माघ १० गते देखि तोड्न सुरु गर्छौ भनि सूचना प्रकाशित गरेको छ । यति क्षति किन गराउन खोजेको हो, बरु अपराधीलाई यत्ति नै जरीवाना गरेको भए राजश्व बढ्ने थियो । अब न सरकारलाई भयो न खेलाडीको लागी भयो न भीमदत्तको लागी करोडौं रुपिँयाको क्षति नगरपालिकाले किन गरायो, त्यसको छानविन अवश्य हुनु पर्दछ । आफ्नो अधिकारबाट भीमदत्त किन पछाडी हट्यो ? कसलाई भन्ने कसले सुन्छ ? जताततै किन लुटको व्यापार भैराखेको छ को छ भीमदत्त को जवाफदेही ? सहरी क्षेत्र भित्र भवन निर्माण गर्दा झन अचेलको नयाँ व्यवस्था अनुसार १२ इन्चको पिल्लर राखी लागत इस्टमेट बमोजिम नगरपालिकाबाट नक्सा पास भएपछि मात्र बनाउनुपर्ने भन्ने नियम छ, यदि त्यसरी नबनाईएका घरहरु बनाउदाखेरी नै नबनाउन दिनुपर्छ, बनाईसकेपछि तुरुन्त तोड्नुपर्छ नत्र जीउधनको खतरा हुन्छ भन्ने नियम छदाछदै त्यो नियमको पालना भीमदत्त नगरपालिकाले किन गरेन ? र नगरेकोमा समयमा नै प्रान्तीय सरकाले किन एक्सन लिएन ? यसको दोषी नगरपालिका हो वा प्रान्तीय सरकार कि अतिक्रमणकारी जनता ? कसले सुन्ने ?
भीमदत्त पन्तको पञ्चायतमा प्रवेश
अचम्ब लाग्दो कुरा के छ भने जबसम्म पंचायत जिवित थियो त्यसबेलासम्म त्यसमा खासै क्रान्तिकारीको प्रवेश भएन, पञ्चायतकालमा जिवित नरहेका व्यक्तिले पंचायतमा प्रवेश गर्यो भन्ने कुरा पाठक वर्गलाई अचम्ब लाग्ला तर कुरा के हो भने स्वाभिमानी भनिने भीमदत्त पन्तलाई वर्तमानका दहीचिउरेहरुले पंचायतको रजत जयन्ती बनाएको पंचायत स्तम्भको छायामुनी भीमदत्त पन्तको शालिक राखी पंचायतमा प्रवेश गराएको छ । यो एकातर्फ इतिहास मेटाउने काम हो भने अर्को तर्फ भीमदत्त पन्तको स्वाभिमानमा धक्का लाग्ने कुरा समेत देखिन्छ, त्यसकारण निजको शालिकलाई त्यसभित्रबाट तुरुन्त स्थान्तरण गर्नुपर्ने हाम्रो राय छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *