तल्लोस्वराडमा चितुवाको आतङ्क रोकिएन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/बैतडी, ५ माघ
बैतडीको तल्लोस्वराडमा चितुवाको आतमानवबस्ती पसेर मानिसमाथि आक्रमण गरी वि स २०६८ सालदेखि हालसम्म २३ जनाको ज्यान लिईसकेको नरभंक्षी चितुवाको बैतडीको तल्लोस्वराडमा अझै पनि त्रास कायमै रहेको छ । नरभंसी चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछी बैतडीको तल्लो स्वराडबासी त्रसित बनेका छ्न । गएको ७ बर्षयता चितुवाकै आक्रमणबाट २३ जनाको ज्यान गईसकेको छ भने दुई दर्जन मानिस घाइते भएका छन् । चितुवाले बालबालिका र महिलामाथी बढी आक्रमण गर्ने गरेको छ । विद्यालय जादै गरेका बालबालिका तथा साँझपख घरआगनमै बालबालिकामाथी आक्रमण गर्न थालेपछी उक्त क्षेत्रका नागरिक त्रसित बनेका हुन् ।
बुधवार मात्रै विद्यालय जादै गरेका एक बालकमाथी चितुवाले बाटोमै आक्रमण गरेपछी झनै त्रसित भएका छन् । बिहान ८ बजे विद्यालय जादै गरेका शिवनाथ गाउँपालिका ६ बसेडीको धर्मसिह धनाडीका छोरा ११ वर्षिय रविन्द्रसिंह धनाडी चितुवाको आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए । साथीहरुसंगै हिडेका धनाडीलाई चितुवाले एक्कासी आक्रमण गरेको हो ।
शोमेश्वर माविमा कक्षा ५ मा अध्यनरत धनाडीलाई बिहान साथीहरुसंगै विद्यालयका लागि हिडेका बेला शिब मन्दीर नजिक चितुवाले आक्रमण गरी घाइते बनाएको हो ।
चितुवाले आक्रमण गर्दा बालक चिच्याएको आवाज सुनेपछि गोठलाहरु घटनास्थलमा पुग्दा चितुवा भागेको बताइएको छ । गोठलाहरुले बालकको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकलाई चितुवाले आक्रमणले गर्दा चिच्याएको आवाज सुनेपछि गोठलाहरुको सहयोगमा चितुवा भागेको बताईएको छ । घाइते बालकको केशरपुर प्राथमिक स्वासथ्य केन्द्रमा उपचार गरिएको छ । घाइते बालकको टाउको, अनुहार र गर्धनमा घाउ भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका हेल्थ असिष्टेन्ट मुकेश दयालले बताए । चितुवाको आक्रमणबाट घाइते बालकको अवस्था समान्य रहेको र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेर घर पठाईएको छ ।
विद्यालय आउदै गरेका बालकमाथी बाटोमै चितुवाले आक्रमण गरेपछी आफ्ना नानीहरुलाई विद्यालय पठाउनै छोडेका सोमेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्मरदत्त कलौनीले बताए । यसअघि गत पुष ११ गते पनि शिवनाथ गाँउपालिकाकै वडा नं ६ कि ४८ वर्षिया हिउकला धनाडि चितुवाको आक्रमण बाट धाइते भएकी थिइन् ।
वि स २०६८ सालयता २३ जनाको ज्यान लिएको नरभंसी चितुवा फेरी मानिसमाथी आक्रमण गर्न थालेपछी तल्लोसोराडबासी त्रसित बनेका छन् । लगातार रुपमा चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका शिवनाथका खकेन्द्रसिंह महताले बताए । आजभोली पनि दिनँहुजसो मानवबस्ती पसेर मानिसमाथि आक्रमणको प्रयास गर्न थालेको तथा घरपालुवा जनावरलाई आक्रमण गरी मार्न थालेको महताले बताए । उनले भने“ विद्यालय गईरहेका बालबालिका माथि आक्रमण भयोे, अप्रिय घटना भने भएन” बालबालिकाहरुलाई विद्यालय पठाउन समेत निकै डर लाग्ने गरेको छ उनले भने“घर आँगनमै खेलीरहेका बालबालिकालाई चितुवा लग्न थालेपछि आफूहरु निकै त्रसित बनेका छौ” । महिलाहरु घाँसदाउरा गर्न तथा खरफागला गर्न जाँदा समेत समूहमा जाने गरेका छन् । चितुवाको डरले घासपात काट्न तथा वस्तुभाउ चराउन समेत डर लाग्ने गरेको स्थानीय बासिन्दाको भनाई छ ।
यता प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले डिभिजन वन कार्यालयसंग समन्वय गरेर चितुवा नियन्त्रणका लागि प्रयास गरिने बताए । उनले भने“ जिल्ला सुरक्षा समितिको बैठक बसेर निर्णय गर्छौ” चितुवाको बासस्थान र आहारा नष्ट भएपछि चितुवा मानव बस्तीमा पस्न थालेको डिभिजन वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले बताए ।
२०६८साल यता चितुवाको आक्रमण बाट २३ जनाको ज्यान गैसकेको छ । दिन प्रतिदिन चितुवाले आक्रमण गर्न थालेपछि तल्लोसोराडका स्थानीय त्रसित बनेका छन् । यसअघि स्थानीय प्रशासनले धेरैपटक चितुवा मार्नका लागी पटकपटक तल्लोस्वराडमा प्रहरी र बनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकी फर्किने गरेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *