के हो समृद्धशाली भनेको ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

म स्वयम्ले पनि नेपालको समृद्धि सुन्यबाट देखेको छु । ठूला ठूला विद्वानले मात्र होइन विशाल महामानव भन्नेहरुले समेत नेपालको यथार्थ बुझ्न सकेनन्, पुर्व नेता विद्वान हुन वि.पि. कोइराला, मनमोहन अधिकारी, माधव, झलनाथ तथा अन्य विद्वान वकील प्रोफेसरहरुलाई किन आफू ठगिएको आफूमाथि षडयन्त्र भएको किन बुझ्न सकेनन् ।
२००७ सालमा नेपालमाथी भएको अपहरणकारी षडयन्त्र किन बुझ्न सकेनन् ? आज झन ७ सालपुर्वको अवस्थामा पुगेका छौं । सात साल पुर्व जंगेको उदयपछि राजसंस्था जेलमा थियो त्यसपछि उनको ठाउँमा हामी जेल पर्यौ आजसम्म जेलमा नै छौं, केही युवाहरुले अपहरणकारीको प्रपञ्चबाट भाग्ने मौकासम्म पायो तैपनि जेलबाट पाएको सिधा (रासन)ले अपहरणकारीहरुले मोजमस्ती गरी रहेका छन् ।
यथार्थमा हाम्रा युवाहरुको अपहरण भएकै हो भएको छ । के छ हामीसँग केही बाँकी रहेको स्वाभिमान दलालहरुले अपहरण गरी सकेको छ । आज लोग्नेको हातबाधी श्रीमतीको बलात्कार भएझै भएको छ । वर्तमानको देशमा युवाहरुलाई मुग्लान पठाई देश लुटिन लागेको छ । जनताको साँझा सम्पत्तिको लुटपाट भैराखेको छ । मानौ अंग्रेजको शासनमा लखनौंका नवाव लुटिएझै भएको छ । २/३ करोड नेपालीको सम्पत्तिको संरक्षण त के हुन्थ्यो द्वन्दका नामबाट माओवादी सरकारले नेपालका सुपतमाथि नरसंहार गरेझै भएको छ । जनताको सम्पत्ति जनताबाट खोसी दलालहरु आफू जिम्मा लिई सरकारी ढुकुटीको नामले आफू जिम्मा लिने षडयन्त्र पनि हुदैछ । त्यो दिर्घकालिन योजना भित्र पर्ने गरेको छ । सबै थोक पैसा मात्र हैन आफ्नो स्वाभिमान उचो राख्नुपर्दछ । देश समृद्धि भनेको त सुपत नागरिक पैदा हुनु देशमा द्वन्द हिंसा नगरी सम्पूर्ण नागरिक साधारण देखि राजनीतिक पार्टीका नेताहरु बीचको एकता रहनु फाटो नहुनु एक स्वरका साथ देशका युवाहरुलाई स्वदेशमा नै रोजगारी दिनु भन्ने पनि हो । हामीलाई समृद्धिको कोरा नाराको अनावश्यक भन्दा पनि यथार्थको आवस्यकता छ । पृथ्वीनारायणको नीति माथि आक्रमण नहुँदासम्म बैतडीको पुर्चौडीमा १२ सेर ढुङ्गा गलाउदा एक सेर फलाम पैदा हुन्थ्यो भने २ सेर फलाम गलाएर १.२० सेर स्पात उत्पादन हुने गर्दथ्यो । अग्रगमनतर्फ गईरहेको बेला अंग्रेजहरुको व्यापारिक तथा राजनीतिक नीति अनुसार सस्तो मुल्य कम मेहनतमा घर घरमा भाडा वर्तन पुगाई दिने गर्यो । त्यही सुविधा भोग्नेको लागी र नेताहरुको समेत स्वार्थले थप सुविधा हुन सकेन ।
अर्को कुरा नेपालको शासन सत्ता राणाहरुको हातमा पर्यो, उनीहरुको समयमा उद्योगधन्दाको लागी काम गरेको देखिएन । १९६०/६३ तर्फ केही साना साना विद्यालय खोल्ने काम गरे पनि सर्वसाधारणले भने पढने माहोल नै बनाउन सकेन । केवल दरवारीयाहरुको लागी काठमाडौंमा दरवार हाई स्कुल खोलियो भने अनेत्र कमै थिए । त्यस्तो अवस्थामा पनि नेपाललाई समृद्ध बनाउन १९६३ सालमा काठमाडौंमा खोलिएको सत्यवादी विद्यालयलाई १९९६ सालतर्फ बझाङमा ल्याई हाई स्कुलको स्थापना गरियो । त्यतिबेला नेपालमा हाई स्कुलका विद्यार्थीलाई पढाउन सक्ने क्षमता भएको एक जना पनि थिएन, त्यसकारण भारतको अस्कोटबाट रामदत्त अवस्थीलाई बोलाएर विद्यालय सञ्चालन गरियो । जे भएपनि बझाङका जनताले शिक्षकको कदर गर्न भोपुरमा रहेको सत्यवादी विद्यालयको प्रांगणमा उनको शालिक राखेको छ । जुन सालिक आजसम्म पनि जिवितै रहेको छ, त्यसपछि बैतडीको पुर्चौडीमा डम्मर बहादुर बमद्वार डिलेश्वरी आधार हाई स्कुलको स्थापना २००४ सालमा भयो । त्यो स्कुलमा उनको ठूलो योगदान रहेपनि उनको मर्यादाको लागि त्यहाँको नगरपालिकासम्म आईपुग्दा कसैले पनि न ट्रस्टको स्थापना गर्न सक्यो, न उनको शालिक निर्माण गर्न सक्यो ।
अझैपनि समय छ देशमा यस्ता जुनसुकै व्यक्ति भएपनि सम्मान स्वरुप यी दुवी काम हुनै पर्छ भन्ने नेपाली जनताको धारणा रही आएको छ । हामीले हेर्दै जाँदा निर्माण भन्दा पनि सालिकहरु भत्काउने काममा राजनीतिक पाटीहरुको सक्रियता देखिएकोले तुरुन्त पुनरनिर्माण गर्नुपर्ने जनभावना देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *