उद्योग वाणिज्य संघ कञ्चनपुरको निर्वाचन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कञ्चनपुर जिल्लामा पनि यौटा उद्योग वाणिज्य संघ छ त्यसको १६ औं कार्यकारणी समितिको लागी निर्वाचन यही माघ ५ गते प्यानलको नामबाट भईरहेको छ । उद्योग वाणिज्य संघ नितान्त स्वतन्त्र संस्था हो तर राजनीतिक पार्टी झै २ प्यानलमा विभक्त भएका छन । संजीवचन्द्र भट्ट र जंग बहादुर मल्ल प्यानलकै नामले प्रचार प्रसार समेत भईरहेको थियो । उद्योग वाणिज्य संघले नाम अनुसार काम गर्नु पर्नेमा आजसम्म त्यस्तो गर्न न सक्यो न खोज्यो । महेन्द्रनगरको भासी, बनखेतमा साना औद्योगिक क्षेत्र कायम गरी उद्योगको नाममा जग्गा वितरण गर्यो उद्योगको नाममा बनखेतमा पिल्लर उद्योग बाहेक अरु कुनै पनि उद्योग स्थापना भएको देख्न सकिदैन ।
कहाँ औद्योगिक तथा व्यापारिक क्षेत्र कायम गरी कुन किसिमका उद्योगहरु कहाँ राख्ने र उद्योगको नाममा जग्गा लिई बसोबास गर्नेहरुको बारेमा कुनै सकारात्मक सोच राखेको पाईदैन । औद्योगिक क्षेत्र नेपाली जनताको हो, त्यहाँ उद्योग खोली म जनतालाई सेवा दिउला भनि जग्गा दिएका हुन । बसोबासको अलग्गै क्षेत्र छुट्याएकोले नियमको उल्लंघन गर्दा उद्योग वाणिज्य संघ पनि केही बोल्दैन केही भूमिका निभाएको छैन ।
मानौं यो जमिन बसोबासको लागि नेपाल सरकारले विक्रि गरेको हो भन्ने मनस्थितिबाट त्यहाँ बसोबास गर्नेहरु टाढा रहन सकेको छैन । सार्वजनिक सम्पत्तिको रुपमा रहेका क्षेत्रहरु व्यापारिक तथा औद्योगिक स्थानहरु जहाँको जमिन गुरुयोजना अन्तर्गत रहने गरी वर्गिकृत गरिएको छ त्यसमा अन्यथा गर्न नहुनेमा संघले जे काम गर्नुपर्छ त्यो दिशा पाएकै छैन त्यसकारण उद्योग वाणिज्य संघको व्यापारिक क्षेत्र र औद्योगिक क्षेत्र दुई अलग अलग विभागमा विभक्त भएका छन् । यति हुँदा हुँदै पनि व्यापारिक विभागले आफ्नो विभागको बारेमा थाहा छैन । व्यापारमा सुलभ कसरी हुन्छ, सामान आयात निर्यात कुन तरिकाले सुलभ हुन्छ भन्ने कुराको न अध्ययन गरेको छ, न अध्ययन गर्ने प्रयास नै गरेको छ । आज केही
व्यापारीहरुले महेन्द्रनगर बजार क्षेत्रमा अनधिकृत रुपबाट जनताको जग्गा कब्जा गरिराखेको छ, त्यस्तो नगर्नुहोस् यस्तो गर्नुस भने न सुझाव दिन सक्यो न व्यापारीहरुलाई निर्देशन दिन सकेको छ । त्यस्तै उद्योगीहरुको लागि उद्योगको नाममा कञ्चनपुर जिल्लामा केही साना राईसमिल तथा इटा उद्योगहरु छन, यी दुवैको बारेमा उद्योग संघ अनविज्ञ छ । उद्योग जनताका हुन, संचालक मात्र पुजीपति बर्ग भए पनि पैसा, लगानी, बैंक मार्फत जनताकै हुन । अन्तमा ऋण तिर्न नसकेपछि उद्योगीको र जनताको दुवैको सम्पत्ति डुब्छ ।
व्यापार र उद्योगको बारेमा अग्रिम भूमिका निभाउनुपर्ने यी संघले नेपाल सरकारसित हातेमालो गर्नुपर्छ, उद्योगहरु किन फेल भएका छन, धेरै व्यापारीहरुले आफ्नो व्यापार घाटामा आएकै कारण देश छोडी मुग्लान तिर जानु परेको छ । यहाँ आफ्नो व्यापारको मालिक आफै रहेका थिए, विदेश गएपछि आफ्नो स्वाभिमानमा आघात पर्नेगरी नोकरी गर्नुपरेको छ । विदेश गएका मध्ये दुई तिन प्रतिसत कामदारहरु उतै बेपात्ता हुन्छन लास मात्र फिर्ता हुन्छ, कोही कोही फर्कने इच्छा नै गर्दैनन् । उनीहरुको लागि यो संघले के सोचेको छ, अव के सोच्ने हो भन्ने आफ्नो भिजन अर्थात पंचवर्षिय योजना बनाई जनतासामु राख्नुपर्छ । यदि राख्न सक्दैन भने यसको कुनै काम छैन ।
हरेक प्रान्तमा औद्योगिक क्षेत्रको आवश्यक छ, कञ्चनपुरको दैजीमा छेला औद्योगिक क्षेत्र भनेर केही सरकारी जमिन छुट्याएको छ, त्यहाँ पनि बनखेत, भासी आद्योगिक क्षेत्रको जस्तो बस्ती मात्र नबसोस उद्योगहरु सञ्चालन होउन भन्नेतर्फ लिखित सम्झौता उद्योगी, व्यापारी र सरकारबीच त्रिपक्षिय सम्झौता हुनुपर्छ । यदि सरकारले दिएको आद्योगिक क्षेत्रमा उद्योग नराखी अन्यथा भएमा तुरुन्त त्यो क्षेत्रको जमिन अर्को उद्योगीलाई दिनुपर्छ । त्यसपछि मात्र निरन्तरता रहन सक्छ, नत्र उद्योगको नाममा जग्गा लिदै बेच्दै गर्ने हो र उद्योग वाणिज्य संघले कुनै सुझाव दिन सक्दैन भने यसको के अर्थ ?
वर्षमा एक पटक कसैसित मिलेर औद्योगिक मेला सञ्चालन गरेको हामी देख्छौ तर स्वदेशी उत्पादन रक्सी बाहेक अरु केही पनि देखिदैन । औद्योगिक नाम राखिएको मेलामा जान नै लाजमर्दो हुुन्छ । उद्योग वाणिज्य संघ सम्पुर्ण नेपाली जनताको सहभागितामा निर्माण भएको हुनाले जनताको लागि आवाज उठाई उद्योग र व्यापारको संरक्षण हुनै पर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *