७ नं. का मा.मुख्य मन्त्रीज्यूलाई खुलापत्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

७ नं. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय श्री त्रिलोचन भट्टज्यूमा हार्दिक नमनका साथ बधाई अभिनन्दन छ ।
श्रमिक जीवनको परदेश पीडाबाट अनुभव प्राप्त गरीव परिवारको साधारण व्यक्तिले आफ्नो असाधारण क्षमता र प्रतिभाबाट प्रदेशको मुख्य कार्यकारी हुनु ऐतिहासिक घटना हो । निम्न जीवन विताएका परदेशमा दासत्व जीवन जस्तै लाखौं श्रमिकहरुले ठूलो आशा भरोसा र विश्वास गरेको प्रारम्भिक रुपमा सर्वत्र सुनिन्थ्यो त्यसको ठीक विपरित अल्पसमयमा नै नैराश्यता र नकारात्मक सोच देखिएको हुनाले खुलापत्र मार्फत शुभचिन्तक प्रदेश बासीको नाताले यथार्थ अवगत गराउनु नैतिक कर्तव्य सम्झेर ध्यानाकर्षण गराउने प्रयास हो ।
सुदूरपश्चिम प्रदेशको अपेक्षाकृत रुपमा ज्यादै पिछडिएको छ, वर्षौ पहिले भारतको पीथौरागढ भएर यात्रा गर्दा बस रोकिने वित्तिकै पचासौं भरीयाहरुका नाम्ला छतमा फालिन्थे ति सबै यसै प्रदेशका गरीव भोका नांगा श्रमिक ज्याला पाउने आशामा केही रकम अपेक्षा गरेर तछाडमछाड गर्ने क्रम हाम्रो गरीबी, लाचारी र दुर्दशाको पराकाष्टा थियो र सम्भवतः आज पनि छ लाखौं नेपालीका छोरा छोरीहरु खाडी मुलुकहरुमा ज्यानको आशा मारेर मरुभूमीमा भौतारिएका मानसिक शारिरीक शोषण सामान्य जस्तै कतिपयका मृत शरीर दिनहुँ नेपाल आयात भै रहेका छन । चेलीबेटीहरुको यौन शोषण समाचार नै बन्न नसक्ने गरी दारुण घटनाक्रमले सुखी र समृद्ध नेपालको मानचित्र कोरी रहेका छन् । केन्द्रीयकरणले मात्र समस्या समाधान नहुने भनेर संघीय शासन प्रणालीको संविधान बनेको छ । यो देशको मूल कानून सबैले मान्नै पर्ने गरी बाध्यकारी छ । सेती महाकाली २ अञ्चलका ९ जिल्ला समेटेर ७ नं. प्रदेश सुदूरपश्चिम नामाकरण भएको छ । यहाँ एक सुदूरपश्चिम विश्वविद्यालय पनि छ । यहाँका आम सर्वसाधारण खाश गरी युवा युवती विद्यार्थी आन्दोलनबाट गरीवका
छोराछोरीले सहजै शिक्षा प्राप्त गर्न सकून भन्ने पवित्र उद्देश्य थियो, आज निरन्तरको तालाबन्दी
घुसखोरी, मनमानी र यसको नाममा ब्रहमलुट मच्चाउने गरेका समाचार निरन्तर आईरहेका छन् । बहुदल आगमन पश्चात ४७÷४८ तिर श्री सिद्धनाथ बहुमुखी क्याम्पस सञ्चालक समितिको ३ पटक सर्वसम्मत अध्यक्षका रुपमा काम गर्ने अवसर पाउदा आम सर्वसाधारणको अनुकम्पा, आर्थिक भौतिक सहयोगबाट निर्मित विशाल भवनहरु सिद्धनाथ बहुमुखी क्याम्पस जहाँ आज विश्वविद्यालयको केन्द्र छ आम जनमानसको समपर्णको प्रतिकका रुपमा खडा छन् । भ्रष्टमती स्वार्थीहरुका कारण जनताको त्याग, सहयोगी भावनामा गम्भीर चोट पुगेको छ । त्यहाँ गरिएका अनादर कृत्यहरुबाट मेरो आत्मा क्रन्दन गरी रहन्छ र आम सर्वसाधारण हामीहरुले सहजै विद्याध्यन गर्न सक्ने आशा धुमिल हुन पुगेको छ । यहाँ जागरुक समाज नै छैन कि भन्ने पीडाबोध भईरहेको हुनाले माननीय मुख्यमन्त्रीज्यूको ध्यानाकर्षण गराई रहेको छु सीमा नाकामा हाम्रो बेइज्जत हुने गरेको छ । हाकाहाकी डण्डा हिर्काएर भए पनि रकम असुल्ने क्रम अनवरत छ, टांगावाला समेत हाम्रा मालिक भए झै साठगाठ गरी दुःख दिने क्रम एकातिर छ भने गुलामी गरेर सानो तिनो रकम कमाएर आउने हामी गरीव श्रमिकहरुलाई बेहोस पारी लुट्ने क्रम निरन्तर छ, यस्तो पशुवत व्यवहारका लागि पटक पटक राज्यको ध्यानाकर्षण गराउँदा समेत अपेक्षित परिणाम आउन सकिरहेको छैन, वेश्वाबृत्ति लागु औषध दुव्र्यसनीहरुका लागि गन्तव्य सहज स्थान बन्ने गरेको देख्दा हाम्रो कुनै वारिस छ कि भनि खोजी गर्ने क्रममा एउटा संघर्षको प्रतिक सम्झेर तपाईलाई निवेदन गरी रहेको छु । समाज सुधार गर्न चाहने व्यक्ति कुनै दल विशेष जाति सम्पत्ति पदवी आदिको मात्र परिचायक हुन सक्तैन, तपाई कुन दलको हो भन्ने कुनै महत्व राख्दैन, आम हामी सर्वसाधारणले विश्वास गरेको प्रतिकका रुपमा हाम्रो वारिस प्रदेशको मुख्य कार्यकारी शासक हुन भन्ने भरोसा कायम राख्न सके मात्र तपाईको महिमा र गरीमालाई इतिहासले मुल्याङ्कन गर्नेछ, यसका लागि ऐन कानूनको अभाव वा बजेट बहाना बन्नु हुदैन । विकासको २५ अरव भन्दा बढी रकम नै खर्च गर्न नसकेको भन्ने आक्षेप लाग्ने गरेको छ । आफ्नो अस्तित्व मान मर्यादालाई यस भौतिक जगतमा जोगाई राख्न कालजयी काम गरेर देखाउन सके मात्र जनविश्वास सुदृढ हुन सक्छ । सञ्चार माध्यमहरुबाट सुनिए अनुसार मन्त्री सांसदहरुले विना विल भर्पाइ कर्मचारी नराखेर रकम आफैले लिए खाएको, आफ्नो घर भएर पनि घर भाडा वाफत लाखौं रकम राज्यकोषबाट झिकेका महंगा गाडीहरु लाखौं भाडा तिरेर उपभोग गर्ने लगायतका अप्रिय खबर अर्कोतर्फ कानून विपरित अपत्यारिला कर बसुलेका जस्ता समाचार ह्दय विदारक छन, चर्चित काम र सहुलियत आम सर्वसाधारणले प्राप्त गर्न नसकेका कर्मचारी समयमा नआउने आएर पनि काम सजिलै नगर्ने जस्ता काम जनसरोकार हित विपरित लागेका पीडा व्यक्त गरिएको हो, जो आए पनि आफ्नै लागि भन्ने लागेको स्थितिमा सार्वभौम जनताको उपहास भइरहेको यथार्थ बुझि दिन सामान्य नागरिकको असल नियतबाट व्यक्त चिन्ता तपाई जस्तो अनुकरणीय व्यक्तित्वलाई अनुरोध गरेको छु, पदवी आउछन् जान्छन तर जनहितमा गरिने काम अमर हुन्छन् त्यसैले जनहित र सरोकारका विषय चाणै सम्बोधन हुने विश्वासका साथ तपाईको सफल कार्यकालको कामना गर्दै शुभेक्षा जाहेर गर्दछु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *