पृथ्वी पथ नै पृथ्वी दर्शन हो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

गौतम बुद्धको दर्शन ढिलो कार्यान्वयन भयो, बौद्ध दर्शन संसारभर फैलिन पुग्यो, पृथ्वी दर्शन अप्रत्यक्ष रुपबाट अन्जानको तरिकाले नेपालले आज पनि मानिरहेको छ तर शासकहरुले विदेशी नेताहरुले दर्शनमा साँझेदारी वा विदेशी दार्शनिकका प्रचारकका रुपमा रहेका हुँदा आफ्नो बारीमा फलेको सेवलाई नासपाती ठान्ने गरेका छन् । आफ्ना बारीको नास्पाती नै सेव भनेर सोच्न पर्ने ठाउँमा सकेनन् । नेतृत्व सहि पनि हुनसक्छ गलत पनि तर त्यो नेतृत्वको बारेमा साझेदार सबैले सल्लाह पनि दिनु पर्दछ यदि सल्लाह दिदा पनि मानेन भने आफूले पनि गलत नेतृत्व छ भन्ने थाहा पाउना साथ नेतृत्व परित्याग गर्न उचित हुन्छ । नेतृत्व लिन सजिलो छैन हजारौका विचार हजारौ घटनाबाट नेतृत्वको जन्म हुन्छ । यी सबैको निचोड हो दर्शन । यदि परम्परालाई जिवित राख्न उमेरले जेष्ठता प्राप्त गरेकाको आभिवादन गर्दा दर्शन पाउ भन्ने प्रचलन छ प्रत्युत्तरमा छ दर्शन नै दर्शन दिने होइन लिनु पर्दछ । यौटा साहित्य हो मन्थन गर्नु पर्दछ । राजनीतिक दर्शन, वैज्ञानिक दर्शन गरी रहेका प्रकारको दर्शन मानिसमा हुन्छ तर संग्रह गर्न सक्नु नै दार्शनिक हो ।
पृथ्वीनारायण शाहबाट कला, एकता, युद्ध, राजनीति, इमान्दारी, धनि गरिव, औद्योगिक, व्यापारिक जुनसुकै प्रकारका दर्शनहरु हामीले लिन चाहे सक्ने थियौ तर हामी क्षमतावान नभएकाले लिन सकेनौं स्वीकार्न जानेनौ उनको दर्शन विश्वका राजनीतिज्ञहरुले उनको राजनीतिक सामाजिक दर्शनहरु सिके त्यसमध्ये थपघट गरी आफ्नो दर्शन नेपाली नेताहरुमा पनि लाद्न लगाए ।
नेपाली नेताहरुले न पृथ्वीनारयण बाट सिक्न खोजे न राजा महेन्द्रबाट सिके, न आफ्नो दर्शन निर्माण गर्न सक्यो । यदि पृथ्वी दर्शन मात्र पनि लागु गरेको भए आज यो देशको अवस्था अर्कै सुन्दर नमूनाको देश जसरी विश्व मानचित्रमा स्वतन्त्र स्वाभिमान भएर बाच्न सक्यो त्यस्तै गरेर औद्योगिक व्यापारिक राजनीतिक क्षेत्रमा अगाडी बढी अग्रपंक्तिमा रहने थियो ।
म २०११ सालमा ६ वर्षको छदाको सम्झाना छ एक ठूलो त्वा (तावा) थियो माणा पकाएको दिन माणा पकाउने गर्थे मैले एकहातले उचाल्न सकेको थिएन, बुवा भन्नु हुन्थ्यो त्यो त्वा ६० वर्ष पुरानो हो । फलाममा खिया लाग्छ तर त्यसमा लाग्दैनथ्यो चादी जस्तो सेतो हुन्थ्यो माझ्दाखेरी जस्तो रेल्वै लाईनमा लिग हुन्छन त्यो भन्दा राम्रो स्पात थियो । म पुर्चौडीकै भएको हुँदा मल्लादेही, तल्लादेही विजयपुरको गोफा केदारमा कीटको
पहिरो छ फलाम गलाएर निस्केको कीट त्यसबाट पनि डिक्चुन भन्दा राम्रो सामान नल्काका मसीन अन्य सामग्री बन्न सक्छन् । बैतडीको पुर्चौडी त्यति बेला आत्म निर्भर रहेको थियो, कृषि औजार लगायत भाडा वर्तनको लागी फलाम र तामा त्यहाँ उत्पादन गरिन्थ्यो, कपडाको लागी कपास खेती खानाका लागी अन्य प्रसस्त उब्जनी हुने गर्दथ्यो । त्यहाँ नपाईने सामग्री बाहिर बाहिरबाट फलाम सित विनिमय हुन्थ्यो ।
नेपालीहरुको गौरव गाथा विश्वभरी जसरी आज पनि नेपालको भुगर्व भित्र सबै खनिजहरु अटाएका छन्, त्यस्तै विश्व राजनीतिमा प्रतिस्पर्दा गर्न सक्ने खालका सुद्ध राजनीतक दर्शन लुकेका छन्, यहाँका विद्वानहरुका दर्शन नेताहरुले संग्रह गरेर विश्वभरी फैलाउन नसकेर मात्र हामी राजनीतिमा पनि पछि परेका छौै । यहाँका नेताहरु अर्काको दर्शन लागु गर्न र प्रयोग गर्न मात्र खोजी रहेका छन्, तिनीहरुबाट सिकेर विश्वका १० दार्शनिकहरुको दर्शनबाट नयाँ दर्शनको प्रतिपादन गरेर अलगै पनि हुन सक्ने थियो । राज महेन्द्रले पनि नौलो दर्शनको सुरुवात गरेका थिए । निर्दलीय व्यवस्थामा पंचायत नामको शासन व्यवस्था लागु गरेकाले त्यो खालको निर्दलियका एक दुई दलिय व्यवस्थाको सुधार गर्नतर्फ पनि कोही लागेनन् । हामी आफ्नो राष्ट्र र जनताको लागी उन्नत सर्वश्रेष्ठ खालको राज्य व्यवस्था निर्माण गर्नतर्फ लाग्न नसकी चौतर्फी रुपबाट परतन्त्रमा रमाउन थाल्यौ त्यस कारणले पनि हामीलाई अगाडी बढ्न हिम्मत हौसला आएन आउन सकेन । मदन भण्डारीको जनताको नौलो जनवाद राजा महेन्द्रको पंचायती व्यवस्थालाई विश्वभरी फैलाउने आसय नै गरेनन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *