संघर्षका गाथा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धेरै दिनदेखी यस विषयमा लेख्ने ठूलो आभिलाषा थियो, अकस्मात यो भावनाको मूलमा ७ नं. प्रदेश कि वन तथा वातावरण मन्त्री माननीय माया भट्टको संघर्षमय जीवनले तरंगीत र भावुक बनाएको छ । सर्वप्रथम आदर श्रद्धापुर्वक वहाँको वीरगाथालाई सलाम नमन छ । यद्यपि धेरै वर्ष भयो भेट भएन, गर्ने प्रयोजन पनि थिएन छैन । सम्भवतः वर्षौ पहिले देखेको थए तर बाल्यकालदेखि आजसम्मको सम्पुर्ण संघर्षमय जीवन यात्रा पूर्ण रुपमा ज्ञात छ । वहाँकै संघर्षबाट यो अभिव्यक्ति आएको हुनाले वहाँलाई नै समर्पित छ पुनः मेरो सादर बन्दना ।
मानव जीवनमा उतार चढाव आई नै
रहन्छन् अधिकांशले मान पदवी सम्पदा आफ्ना पारिवारिक पृष्ठभूमीबाट प्राप्त गरेका
देखिन्छन् । तर सम्पन्न परिवारमा हुर्केर पनि सबैले प्रगति गर्न सक्तैनन् मानवीय मुल्य संघर्षको चाहना र भावनाले कुनै पनि व्यक्ति जीवनमा चर्चित हुन पुग्दछ, त्यसका लागि पारिवारिक सामाजिक पृष्ठभूमी आवश्यक नै हुन्छ भन्ने छैन मनका ४ स्थितिहरु Unconcious (मिुर्छित) Sul conscious (अर्धचेत)Conscious (चेतन मन) Super conscious (जागृत मनको उच्चतम अवस्था) कस्तो कुन बखत मन परिवर्तन हुन्छ समयक्रमले आफै पुर्याउने रहेछ भन्ने जीवन्त अनुभव गरेको छु, त्यही अनुभवले त स्वयंको पहिचान गराउने प्रवेशद्वार खुल्दछ । आत्म समीक्षा (self realization (आत्म बोध) परम गन्तव्य हो, स्वयं आफ्नो यात्रामा असंख्य घटनाक्रमहरु अनुभव गरेको हुनाले त्यसलाई आत्मसात गर्दै समीक्षा गर्दा नाटक मञ्जन भएको अनुभूति भई रहन्छ । घटना प्रधान नियतीले के के गराउछ त्यसको मनन् र साक्षी भावले निरीक्षण आवश्यक छ, त्यसैले जहाँ पनि संघर्षमयी व्यक्तित्वहरुका विषयमा सुन्दा बुझ्दा समवेदना र भावनात्मक रुपले तरंगित हुने आफ्नो स्वभाव हुनाले पहिले नै व्यक्त गरी सक्नु पर्ने विषयलाई किन विलम्बित भएछु भनि सोच्न बाध्य गराउछ । देशभक्त प्रधानमन्त्री स्वर्गीय मरीचमान सिंह जनताको सामान्य छोरो सर्वोच्च पदमा आसीन हुँदा गद गद भएको थिए यद्यपी उनलाई देखे चिनेको थिएन राष्ट्रिय पंचायतमा उनलाई नानीमैया दहाल जस्ता कथित माननीय बुख्याचाहरुले बाबुको हो भनि होच्याई रहदा नेपाल भूमीमा जन्मेको नेपालीको छोरा हुँ भनि जवाव दिदा मेरो आखाँबाट आशुँ खसेको थियो, ती दिवंगत संघर्षशील मानवलाई सलाम गर्दछु ।
एक जना आफ्नै सजातीय बन्धु बैतडी अदालतमा पियनको जागिरबाट पेन्सनमा गए, उनलाई अमेरिकाबाट फोन आउँदा जिल्ला न्यायाधिशलाई विश्वास गर्न नै मुश्किल पर्यो, उनको छोरा ४ वर्षको बालक अवस्थामा बुढानीलकण्ठमा पढाईका लागि मनोनयन भए तत्समयका राजकुमारहरुसँगै पढ्थे त्यहा टप
गरेर अमेरिका गए ८७ हजार विश्वका असाधारण परीक्षार्थीहरुमा तृतीय भएर विश्वका ७ महाविद्यालयहरुले उनलाई आफ्नो देशमा पढी दिन आग्रह गरेछन् अन्तमा उनी अमेरिका गएर दशौं वर्ष देखि त्यही छन् ती माधव भट्ट कि आमालाई सार्वजनिक स्थानमा नै दाम राखेर खुट्टामा शीर राखी ढोगे उनी आश्चर्यमा परिन ।
खड्ग बहादुर सिंह आफ्ना मामाघर डडेल्धुरामा गोठालो जाँदा त्यहाँ पनि सरदार भएर नै रहन्थे भन्ने सुने उनैबाट लेखिएको पुस्तक “हुरीको चरा” चर्चित छ भन्ने सुने पढ्न पाएन । उनले राजाका शासनमा समेत सर्वेसर्वा भएर शासक बने जंग बहादुर कुँवर त गोठाले नै थिए, आफ्नो संघर्षशील जीवनले नेपाली इतिहास नै परिवर्तित पारे ।
यी प्रेरणा प्रसंग गाथाहरुमा नेपोलियन बोनापार्ट (फ्रान्सका सम्राट)को इतिहास कम रोमाञ्चकारी छैन । सामान्य सीपाहीबाट फ्रान्सका सम्राट बन्न सफल उनलाई जनरल बरासले निकै मदत र प्रोत्साहित गर्दै त्यहाँसम्म पुर्याए । मानव जीवनमा त्यस्ता Encourage (प्रोत्साहित) गर्ने व्यक्तित्व हुनै पर्ने रहेछ त्यो नभएर माथि उठ्नै सक्तैन भन्ने होइन । माया भट्टहरुका लागि Encourage गर्ने कोही थिएन उनको स्वाभिमान अपहेलित जीवनलाई चुनौती दिदै आफ्नै पुरुषार्थीले राष्ट्रको ध्वज धारण गर्ने गन्तव्यलाई असाधारण र स्तुत्य संझेको छु , यद्यपि त्यो पद एक दिन जाला तर उनको स्वाभिमान र संघर्षको गाथा मेरो मानस पटलमा सदैव श्रद्धाले रही रहनेछ ।
आफ्नो विषयमा केही लेख्नु स्वीकार्य नहुन सक्ला तर सन्दर्भ सामग्रीका लागि बाध्यतावश लेखि रहेको छु, बैतडीका एक चर्चित राजनीतिज्ञ अधिवक्ता हुँदा ३ मीलबाट बाजा बजाएर स्वागत गरिएको सुनेको थिए । विपन्न परिवारमा हुर्केको गाउँमै बसी व्यक्तिगत परीक्षार्थी भएर स्वर्णपदकहरु प्राप्त गर्दा आफ्नै कुटुम्बमा समेत समाचार बन्न सकेन, प्रोत्साहन (Encourage) को कति महत्व हुन्छ त्यसलाई आफ्ना कटु अनुभव पुजीका रुपमा नै मानेको छु । असाधारण क्षमता नहुँदा स्वाभिमानको रटानले मात्र उच्चतम विन्दुमा पुग्न असम्भव जस्तै हुने रहेछ । त्यसैले स्वाभिमानका साथै दृढ इच्छाशक्तिले असाधारण व्यक्तित्वहरु कसरी उचाईमा पुग्ने रहेछन् भन्ने समाचार सुनेर मात्र पनि मन तरंगित र संवेदनशील भएर जान्छ, आफ्नो अर्धप्रतिभालाई सामाजिक कार्यमा लगाउन असमर्थ रहेको पश्चाताप छ । अन्तमा संघर्षका गाथाको इतिहास रचना गर्ने जननीतुल्य माया भट्टलाई पुनः नमन र श्रद्धासुमन अर्पण गर्दछु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *