राज्य सञ्चालकहरुको कार्यशैली

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

राज्य सञ्चालन गर्न चानचुने कुरा होईन । यसमा सबै भन्दा पुर्व इमान्दारीको खाचो पर्छ जनताको विश्वासको आवश्यकता पर्छ तर यहाँ त्यस्तो गरेको छैन । जनतालाई ठगेर राज्य सञ्चालन गरिएको छ । राज्य संचालनको दायित्व सरकारको मात्र होइन सम्पुर्ण नेपाली नागरिक तथा सेना, प्रहरी, निजामती कर्मचारी, राजनतिज्ञ दलहरु व्यापारी तथा उद्योगीहरुको समेत उत्तरदायीत्व हो, तर कसैले पनि आफ्नो इमान्दारीता र कर्तव्य निभाएको छ । आफ्नो आफ्नो क्षेत्रमा सबै विमुख भएका छन्, सरकारलाई आफूले के गर्नुपर्छ, कसरी राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध जनतासितको विश्वास अमर राख्नुपर्छ भन्ने पुर्ण ज्ञान देखिएन, केवल आफूले अदालती सफाई लिन प्रमाणहरु पेश गरेको जस्तो सरकारले गरिराखेको छ । जनतालाई अनायास झुठा आश्वासनमा विश्वासमा लिई काम गर्नु देशको घातक सिद्ध हुनेछ ।
जनताका भावनाहरु सरकारले र सरकारका भावनाका मूल्यांकन जनताले गरी ठीक भए ठीक र ठीक नभए यस्तो भयो भन्न सक्नुपर्छ । यस बारेमा कुनै पक्षबाट पनि सरकारबाट न सहि सुझाव दिन सकेको छ न सही विरोध गर्न सकेको छ, त्यसकारणले पनि सरकार अलमलमा परेको महसुस भएको छ । जब नेपालको संविधान २०७२ लाई नेपाली जनता बुद्धिजीवीले स्वीकार गरेको छ भने त्यसको पालना अवश्य गर्नुपर्छ तर उक्त संविधानको खिल्ला उडाएको छ भने अर्कोतर्फ वर्तमानको सरकारले अरिंगालद्वारा विपक्षीहरु जनता, नेतालाई अरिंगाल लगाएकार टोकाउने कुरा गरिराखेको छ जुन साहै्र दर्दनाक र सर्मिदाको कुरा हो । सरकारले गम्भिर हुनुपर्छ एउटा कुनै ठाउँको मानिसले कसैलाई अभद्र बोल्दैमा कसैले पनि सरकारलाई दोष लगाउनु हुदैन किनभने वर्तमानको समाज विभक्त मात्र हैन अनुशासनहिनता तर्फ गईराखेको छ, त्यसकारण सबैले आफ्नो आफ्ना् दायित्वबोध गर्नुपर्छ । कर्मचारीहरुले नीतिनियम निर्देशनमा अडिक रहेर जनताको काम गर्नुपर्छ, नियुक्ति लिने बेलामा जे भनेर सफथ खाएका थिए त्यही अनुसार काम गर्नुपर्छ । यदि सैनिकहरुले बरु म मर्ने छु तर लडाईको फिल्डबाट भाग्ने छैन भन्ने कसम खाएको छ त्यही अनुसार गर्नुपर्छ जसरी देशका राष्ट्रपति तथा प्रधानमन्त्री लगायतका मन्त्री मण्डलले जस्तो कसम खाएका थिए त्यसबाट अडिक हुनु हुदैन । आफ्नो मुल्य मान्यता जोगाई राख्नुपर्छ देश सबैको साँझा हो तर नेपालमा साँझा व्यापार गर्दा केही आय आर्जन यदि एक पक्षबाट लुकाई दियो भने त्यो व्यापार घाटामा हुन्छ अन्तमा असफल भएर जान्छ । देश पनि साँझा हो साँझा भन्दैमा जसले जहाँ पायो उसले त्यहाँ लुट्ने होइन आजको परिपेक्षमा नेता, कर्मचारी तथा उच्च पदाधिकारीहरुले जहा पायो त्यही लुट्ने गेको सबै सामु छन् । हाम्रो भनाई केवल त्यहि नलुटिदेउ, मह काट्नेको हात अवस्य गुलियो यो सबैलाई थाहा नै छ । कुनै निर्माण कार्य होस वा कुनै पनि कामको भुक्तानी दिने पक्षले गोप्य कमिसन लिन्थे तर आज खुला कमिसन सबै सामु छ । तर यिन्कार कसै गर्दैनन् । टाढाको सेवाग्राहीले सरकारी कार्यालयमा काम गराउदा अवश्य कसैले चाडो कामको कार्यालय सहायक तथा अन्य कसैलाई एक दुई सय दिन्छ भने त्यो मात्र भ्रष्टाचार होइन, भ्रष्टाचार त त्यो पनि हो जुन पहिले अजार दश हजार लाखमा हुने गर्दथ्यो लाखमा नभएर करोड र अरबको इकाईमा हुने गरेको छ । ती हुने भ्रटाचार हिस्सा नमिल्दा मात्र प्रकाशमा आउद रहेछन, यदि हिस्सा मिल्यो भने गुपचुप भएका प्रमाणहरु पनि छन् । त्यस्तै भएको स्थानीय महेन्द्रनगरमा पनि, जनताको सम्पत्ति नगर विकास समिति तथा नगरपालिकाको जिम्मामा रहेको जग्गा एउटा अनधिकृत व्यक्तिद्वारा भ्रष्ट तरिकाबाट वितरण भइराखेको कुरा दुई वर्ष पुर्व देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगर र जिल्ला प्रशासन कार्यालय महेन्द्रनगरमा रोकथाम र कारवाहीको लागि दिएका निवेदनहरु उपर कुनै कारवाही भएको सार्वजनिक नभएको कारणले हामी कारवाही भएन भनेर ठान्छौ, त्यसबारेमा नेपाल सरकारले छानविन पनि गर्नुपर्छ । आज जुन ठाउँको लागि मुद्धा दिएको थियो त्यो ठाउँ खाली गराउनको लागि बनिरहेको संरचना तोड्न तोडाउनको लागि यहि शनिबार मात्रै प्रमुख पार्टीका भातृ संगठनका विद्यार्थीहरुद्वारा १ दिन बन्दको घोषणा गरी नाराबाजी समेत गरिएको छ, अन्तमा ती विद्यार्थी संगठनहरले पनि आफ्नो गुरुसंगठनहरुले भाग हिस्सा लिएझै नलिउन भनि जनताले आफ्नो सम्पत्ति जोगाईदिने आशा गरेका छन् । हेर्दै जाउँ विद्यार्थीहरुकोृ विद्यार्थीहरुको नियती र नीतिपनि ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *