पृथ्वी जयन्ती तथा एकता दिवस शान्तिमय वातावरणमा सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, २८ पुस
नेपालमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाउन उपयुक्त छ कि छैन भन्ने पाटो नेपालको राजनीतिज्ञ, बुद्धिजिवी, विद्वान, वकील लगायतका न्यायप्रेमी देशप्रेमी एकताप्रेमी र शान्तिप्रेमीलाई थाहा होला तर यहि महेन्द्रनगरमा भने २०२७ पौष २७ गते राष्ट्रिय नागरिक समाज कञ्चनपुरले पृथ्वीजयन्ती तथा एकता दिवस धुमधामका साथ मनाईयो । दुई जोडी बाजागाजा छलिया नाँचका साथ राष्ट्र निर्माता पृथ्वीनारायण शाह र एकता दिवस अमर रहोस भन्ने नाराका साथ मदनचोकबाट सुरु भएको मोटरसाईकल र्याली पाईदल, विद्यार्थी, शिक्षक, बुद्धिजिवीहरु सहभागी भएको एक र्यालीले बजार परिक्रमा गरी महेन्द्र स्मारक महेन्द्रनगरमा पुुगी आमसभामा परिणत भएको थियो । सो आमसभाको सभापतिमा नागरिक समाजका अध्यक्ष बलदेव अवस्थी रहेका थिए भने प्रमुख अतिथिमा पाटन बैतडीका पुर्व क्याम्पस प्रमुख पृत बहादुर विष्ट थिए ।
सो समारोहमा पुर्व सभाषद नरेन्द्र बहादुर चन्द, पुर्व सेनानी गणेश बहादुर पाल, प्राध्यापक देवदत्त पन्त, युवा नेता दान बहादुर चन्द, पुर्ण बहादुर चन्द, गणेश चन्द, समाजसेवी तथा राजनीतिज्ञ धर्मराज जोशी, दल बहादुर चन्द, सुशिला विष्ट, शेर बहादुर चन्द, अंक बहादुर कुँवर, गजेन्द्र चन्द, त्रिलोक चन्द तथा दिवान आग्री लगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । सोही आमसभाको सञ्चालन नागरिक समाजका सचिव हरिहर पाण्डेयले गर्नुभएको थियो । सबै वक्ताहरुले नेपालको इतिहास मेटाउनु हुदैन, नयाँ इतिहास थप्दै जानुपर्छ, विभिन्न
राजनीतिक दलहरुमा र जनता जुनसुकै जातजातिका भएका पनि समानताको नीति लिएर एकताको गाठो बलियो बनाउनुपर्छ । जसले कालुकुत्ता (रिठाको भित्रका दाना) को पुलारुपी जनतालाई एकताको सुत्रमा बाध्न सक्छ उही देशको प्रमुख व्यक्ति भएको स्वीकारिने छ भन्दै अन्तमा सो सभाका सभापति बलदेव अवस्थीले सभाको विसर्जन गरेको छ ।
त्यसैगरी बैतडी जिल्लाको सदरमुकाम टुडिखेलमा पनि विभिन्न आयोजनाका साथ पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको समाचारहरु प्राप्त भएका छन् । सो समारोहमा विभिन्न राजनीतिक पार्टीहरुका प्रमुख तथा कार्यकर्ता सहभागी भई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट रहेका थिए । सबै उपस्थित वक्ताहरुले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा पारेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *