नगरको स्थापनाकालदेखि नै बनेको गुरुयोजनामा धक्का

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २१ पुस
नेपाली जनताको धन ज्यूज्यान सम्पत्तिको संरक्षण गर्ने काम नेपाल सरकारको हो तर भ्रष्टाचारीहरुको चंगुलमा फसेर हो वा स्वयम् सामेल भएर हो, त्यसमा खासै भन्न सकिदैन । ब्रहमदेव मण्डीबाट जब बजार महेन्द्रनगरमा सर्यो त्यसबेला नै यस क्षेत्रको प्रस्तावित गुरुयोजना र निर्माण सम्पन्न भएको गुरुयोजनालाई धक्का पुग्ने गरी रेजर्व राखेको जमिनमा भूमाफियाहरुले कब्जा गर्दा सरकारले किन टुलुटुलु गरी हेरिरह्यो, सरकारकै अर्को संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य गुप्तचरहरुले कारवाही गर्ने निकायलाई जानकारी नदिएर आम साधारण जनताहरुको उजुरीमाथि कारवाही नगर्नाको कारण के थियो, त्यसको जवाफ सार्वजनिक हुनुपर्छ र आज खेलौनाको जस्तै जमिन कब्जा गराएर पिल्लरहरु राख्न लगाई नगरपालिकाबाट नक्सा पास नगराई घर बनाउदा नगरपालिकाले र नेपाल सरकारले किन वास्ता गरेन यो कुरा रहस्यमय छ यसको अनुसन्धान र छानविन हुन जरुरी ठान्दछौं । आज आफू बच्नको लागि राजनीतिक पार्टीका नेताहरुले आफू समर्थक विद्यार्थीहरुद्वारा यी तोड्नुपर्छ भनेर रातो क्रस चिन्ह लगाएर जनता आफ्नो सम्पत्ति सित्तैमा दिन चाहने छैनन् भन्ने कुरा नेपाल सरकारले अवश्य बुझ्नु पर्दछ । अन्यथा अब भवन बनाई सक्यो हामी तोड्दैनौ हटाउदैनौ भनेर नेता तथा सरकारले भन्छ भने जनता स्वयम्को उपस्थिति रहने छन् ।
कञ्चनपुरका पाँच युवा तथा विद्यार्थी संगठनहरुले ‘महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरणमा नगर विकासको गुरुयोजनामा छुट्याईएको ६३८ विगाह सम्पूर्ण जमिन खाली गर्नुपर्ने धारणा राख्दै स्थापना कालदेखिका सम्पूर्ण निर्णय खारेजीको माग अघि सारेका छन् ।
नविसको स्थापना कालदेखि नै जमिन वितरणमा अनियमिता र घोटाला भएको भन्दै उनीहरुले सम्पूर्ण निर्णय बदरको माग अघि सारेका हुन् ।
शुक्रबार आन्दोलनरनत विद्यार्थीले महेन्द्रनगरमा आयोजना गरेको छलफलमा सहभागिले विगतदेखि नै नगर विकासको जमिन दोहन हुँदै आएको टिप्पणी गरेका हुन् । विगतदेखिका अध्यक्ष, समिति, पदाधिकारी एव सरकारी कर्मचारीले सार्वजनिक जमिन अन्दाधुन्द जथाभावि वितरण गर्ने परम्पराका कारण आज सुन्दर शहर महेन्द्रनगर कुरुप बन्दै गएको चिन्ता व्यक्त गरिएको छ ।
काँग्रेस नेता खेमराज ऐरीले गुरुयोजना विपरित अध्यक्षले आफ्ना आसेपासेलाई जमिन वितरण गरेको बताए । उनले केही नेताहरुले आफ्ना कार्यकर्तालाई नगरविकास समितिको जमिन उपलब्ध गराउने भन्दै तीन करोड संकलन गरेको दावि गरे । शिक्षक बुद्धिजिवी उत्तम विष्टले स्वच्छ प्रतिस्पर्धाका अधारमा स्वयत्त संस्थाले जमिन वितरण गर्नुपर्नेमा अन्दाधुन्द वितरण गर्दा समस्या देखिएको टिप्पणी गरे । नेकपाकी नेतृ माया नेगीले नगर विकास समितिको जमिन दोहन गर्नेलाई जेल हाल्नुपर्नेमा जोडदिईन् । उनले बषौँदेखि बस्दै आएका खोकाछाप्रा पीडितलाई ज्ञापन पत्र बुझाउँन जाँदा भूमाफियाकै ईरासामा प्रहरीले उनीहरुलाई झुट्टा मुद्दा चलाएर गरिबमाथी दमन गरेको टिप्पणी गरिन् । राजपाका युवा नेता अम्बादत्त तिवारीले नगर विकासको जमिन केही व्यक्तिहरुले सडकको पनि लालपुर्जा उठाएको बताए । उनले वास्तविक खोकाछाप्रा पीडितको लागि पुर्नस्थापनाका कार्यक्रम ल्याउनुपर्नेमा जोडदिए ।
कार्यक्रममा युवा संघ कञ्चनपुरका नेता एवं आन्दोलनका अभियन्ता रामचन्द्र रेग्मीले गुरुयोजना विपरित भईरहको जमिन वितरण एवं घर निर्माणले नगरको संरचना बिग्रीएको टिप्पणी गरे । ‘नविसबाट पाउँने व्यक्तिले जमिन पाएनन्, ‘उनले भने, ‘सम्बन्धीतले जमिन अन्दाधुन्द वितरण गरेका रहेछन् ।’ संस्थागत, व्यवसायिक रुपमा लिएका जमिन व्यक्तिगत प्रयोजन र औद्योगिक क्षेत्र निवासको रुपमा परिणत गरेको बताउदै उनले सम्पूर्ण जमिन खाली गर्नुपर्नेमा जोडदिए ।
सैद्धान्तिक विपरित जमिन वितरण, मापदण्ड पुरा नगरिकनै वितरण, सालघारी क्षेत्र अतिक्रमण गरिएका छन् । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्र राज विष्टले कार्यक्रम संचालन गरेका थिए । उनले सम्पूर्ण जमिन खाली गराईने घोषणा गरे । युवा विद्यार्थीहरुले वास्तविक नगरको विकास र समृद्धिका लागि आन्दोलनमा होमिएको बताएका छन् । अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता तिलक मालले बषौँदेखि नगरविकास र नगरपालिकाका सटरमा एउटै व्यक्तिको राज गर्दा उक्त सटर सम्झौता खारेजीको माग अघि सारे ।
केहीदिन यता काँग्रेस, पुर्व एमाले माओवादी केन्द्र, नेकपा क्रान्तिकारी बैद्य माओवादी र नेकपा विप्लवका युवा–विद्यार्थी नगरविकासको बेथिति बिरुद्ध आन्दोलन गर्दै आएका छन् ।
दलका युवा विद्यार्थी एवं सरोकारवालाहरुले खोकाछाप्रा व्यवस्थापन हुनुपर्नेमा पनि जोड दिएका छन् खोकाछाप्राका नाममा केही भू–माफियाले जमिन लिएको भन्दै उक्त जमिन खारेजीको माग अघि सारिएको छ । नागरिक समाज कञ्चनपुरका पुर्व अध्यक्ष नर बहादुर साउदले सम्पूर्ण लिज खारेजीको माग अघि सारे । उनले लिज माफियाकरणले खोकाछाप्रावाला मारमा परेको टिप्पणी गर्दै उनीहरुको उचित व्यवस्थापनमा जोडदिए ।
कञ्चनपुर खोकाछाप्रका पुर्व अध्यक्ष खेमराज ओझाले विस २०५३ सालपुर्वदेखि बस्दै आएको बताए । उनले तत्तकालिन नविस अध्यक्ष यज्ञराज जोशीको पालमा छरिएर रहेका खोकाछाप्रावालाहरुलाई व्यवस्थित गर्नका लागि १० वाई १० का ठाँउ दिएको बताए । उनले खोकाछाप्रा व्यवस्थापनका लागि सम्पूर्ण राजनीतिक दलले लिखितै प्रतिबद्धता जाहेर गरे, हरेक निर्वाचनमा घोषणा पत्रमै खोकाछाप्राको व्यवस्थापनबारे प्रतिबद्धता जाहेर गरे, तर आज आएर तिनै दलका युवा विद्यार्थीले हामीहरुलाई तारो बनाएको प्रति आपत्ति जनाए ।
‘हामीले पिजडा आन्दोलन गरे, ‘उनले भने, ‘यही नागरिक समाज आएर जुस खुवाएर अनसन तोडायो, आज त्यही नागरिक समाज हाम्रो बिरुद्ध उत्रियो ।’ ०७२ सालमा पक्की पिलर बनाउन आदेशानुसार निर्माण भईरहेको उनको दावि छ । खोकाछाप्राका नाममा घुसपैठ गर्ने माफिया बिरुद्ध आफुहरु पनि लाग्ने उनको प्रतिबद्धता छ । औद्योगिक क्षेत्र लगायत अन्य क्षेत्रमा पनि भईरहेको जमिन अतिक्रमण रोख्नुपर्नेमा उनले जोडदिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *