शिक्षा क्षेत्रको शोषण र भ्रष्टाचार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सबैलाई शिक्षा दान दिने क्षेत्र विश्वविद्यालय तथा स्कुलहरुमा भ्रष्टाचार मात्र नभई शोषण पनि भईरहेको छ । धन्य हो गुरुहरु, शिक्षकहरुको सहनसिलता र सहभागिता आफ्ना विद्यालयका कर्मचारी कार्यालय सहयोगी, सहायक तथा राहत नामका शिक्षक शिक्षिका मात्र नभई बाल शिक्षकहरुको शोषण भई रहेको यथार्थलाई पुरा तलब खाने स्थायी शिक्षकहरुले कसरी सहन गरेका होलान ? अचम्ब लागेर आउछ । न्यूनतम पारिश्रमिक जुन सरकारले तोकेको छ उही सरकारले विद्यालयका कर्मचारी शिषकको शोषण गरी रहेका छन् । त्यसको अर्थ के हो ? यदि सरकारले न्यूनतम तलब तोकेछ र उही सरकारले पारिश्रमिक मार्छ भने के भन्ने ? निजी विद्यालयहरुले त शोषण गरेकै छन् भने
सरकारी स्कुलबाट झन शोषण भएको छ । जनताले मालपोत लगायतका सबै कर राजश्व तिरीराखेको छ तर सेवा सुविधा भने सरकारका आसेपासेहरुलाई प्रदान गरिएको छ । शिक्षित युवाहरलार्य मासिक पाँच छ हजार रुपिँया तलब दिएर सरकारले नै शोषण गरेको छ । त्यसको प्रमाण हो विद्यालयहरुमा राखिएका निजी, राहत तथा कार्यालय सहयोगीलाई दिईरहेको बेतन नै यथार्थ हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *