नेपालमा फिरंगीहरुको प्रवेश

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

फिरंगीहरु विश्वभरी घुम्दै घुम्दै अन्तमा नेपालको एकिकरणमा बाधा पुर्याउन नेपाल प्रवेश गरेकाले पृथ्वीनारायण शाहले फिरंगीहरुबाट सतर्क रहन देशवासीहरुलाई आह्वान गरका थिए । पृथ्वीनारायण शाहको बेला साना राज्यमा विभक्त भएको नेपाललाई एकिकृत गरेका थिए । मानौ त्यतिबेलाको विश्व राजनीतिक क्षेत्र विभाजनमा ऐलानी नै थियो । पृथ्वीले आवाद गरी नेपाललाई विशाल राष्ट्र बनाए पनि उनको मृत्यु अल्पायुमा नै भएकोले आफ्नो उमेरको २० वर्ष देखि नै देश निर्माणमा आफ्नो सम्पूर्ण जीवन अपर्ण गरेको कुल मिलाएर राज्यको राजगद्दी समाली शासन गर्न २ दिन मात्रै पाए आफनो जीवन फिल्डको लडाई जंगल, खोला कन्दरा जनताको घर दैलोमा वित्यो अन्तमा हामी नेपालीलाई पुर्वमा टिष्टा पश्चिम कागडासम्मको भूभाग हामीलाई दिएर जानु भएको कुरा जसले जति लुकाए पनि लुक्न सक्दैन । आज उनका प्रसस्त दिव्योपदेश मात्रै सम्झने हो भने परराष्ट नीतिको अलग्गै खोज गर्नु पर्ने आवश्यकता छैन । त्यस्तै देश वित्रका सबै जातजातीसितको एकता कसरी गर्ने भन्ने कुरामा पनि चिन्ता लिनु पर्ने देखिदैन किन कि उनका उपदेशहरुमा समग्र संसार, रितिथिति समेटिएको छ । केवल आज हामीले नेपाल आमाको माटो हातमा समाती पृथ्वी नारायण शाहलाई आत्माले सम्झेमा पुग्छ ।
विश्वका हरेक देशहरुको आफ्नै पहिचान हुन्छ त्यो पहिचान नै उनको गर्वको विषय हो नेपालीहरु र नेपाल विश्वमा अलगै स्वाभिमानका साथ चिनिएको छ । एसिया महादेश स्वतन्त्र रहेको नेपाल,वीरता, इमान्दारीता, कानूनी राज्य उच्च हिमाल, शान्तिपृय बौद्ध सिता र भृकुटीको बाहुल्यताले नारी सम्मानको विश्व हिन्दु सम्राटको देश भनेर पनि परिचित रहेको सत्रुदेशको पनि प्रसंशनियको स्थान प्राप्त गरेको देश । त्यसबेला अर्थात पृ्थ्वीनारायण शाहको एकिकरण पुर्व काठमाडौं क्षेत्रमा पनि ३ देशथिए कान्तिपुर भक्तपुर, ललितपुर, त्यसबेलाको संसारमा राजाहरुमा बटबारा हुँदा देश टुक्¥याई भागबण्डामा जाने गर्दथ्यो राजाका छोराहरु देशको बण्डा गरिन्थ्यो त्यो त्यस बेलाको प्राकृतिक आदीम कालको राज्य व्यवस्था नै थियो मानौ त्यही भागबण्डाको राजनीतिले गर्दा कौरव पाण्डवहरुको अन्त भएको मानिन्छ । नेपालमा पनि त्यस्तै थियो नेपाल मात्र होइन वर्तमानको भारत पाकिस्तानमा पनि त्यस्तै थियो, त्यही मौका छोपी अंग्रेजले भारतमा भएका ४÷५ सय देशलाई एकिरण गर्यो भने नेपालमा पृथ्वीनारायण शाहले एकिकरण गरी भाई छोराहरुको अंश नलाग्ने समग्र देश रहनु पर्दछ देश राजाका छोराहरुमा अंशबण्डा हुन सक्दैन देश हमेशा सिंगो रहनु पर्दछ
संरक्षण गर्नमा जनताको पनि सम्पूर्ण राज्यमा हक छ भन्ने भावना नै भएकोले टुटेका राज्यहरुको एक धागोमा उनी देशको निर्माण भएको हो भन्ने कुरा इतिहासकारहरु भन्ने गर्दछन । पृथ्वीकै पालादेखि भाई छोराहरुमा देशको बटवारा हुन बन्द गरिएको हो । पहिले जसरी राजाका छोराहरुको नाममा देश वटवारा हुनबाट रोकियो भने त्यहीलाई आधार मानेर जनताले पनि सिंगो राष्ट्र रहन दिनु पर्दछ ।
राजनीतिक सिमाना विभाजनको नाममा आज देशलाई ७ टुक्रामा विभाजन गरेको छैन हामी किन भन्न सकिराखेका छैनौ भने सात प्रदेशहरुलाई अलग राज्य व्यवस्थाको रुपरेखा चाहिएकोले केन्द्रबाट अलग हुन चाहेको प्रमाण पनि सबै सामु छ । प्रान्तीय राज्य सञ्चालनको लोभमा फसेर भोलीका दिनमा कसैको उस्काहटमा लागी देशभर कलह गराई नेपाल एकिकरण पुर्वको स्थितिमा नर्फकला भन्न सकिने अवस्था छैन ।
नेपाल यदि राजा जिवित रहन्छन् भने विश्वका कुनै पनि शक्तिले आफ्नो हैकम चलाउन कठिन हुने भएको ठानेर नै सर्वप्रथम राजसंस्था माथि भौतिक आक्रमण गरियो । त्यही आक्रमणबाट बचेका राजा ज्ञानेन्द्रले नेपाल सञ्चालनको रुपमा रहेका गिरिजा माधवहरु सित देशको चावी बुझाई आफू हत्याको छानवीनमा लाग्ने कुरा बताउदा, राजा सित विन्ती गर्न थाले कि सरकार हामी सबैथोक गरिहाल्छौ राजा रहिरहने अधिकार छ भनिरहदा आज मेरा दाजुभाईको परिवारको सफाया गर्ने तत्वले भोली बाँकी राख्ला भन्न सकिने आधार छैन भन्दा पनि राजा ज्ञानेन्द्रलाई निस्कन नदिई सुनका रुपिया चढाई विन्ती गरे ।
राजसंस्थाको हत्या बारेमा छानविन गरिदिनु पर्यो भनि सत्तापक्षका गिरिजा विपक्षका प्रमुख माधव नेपाल सित राजाले आह्वान गर्दा गिरिजाको तर्फबाट तारानाथ रानाभाट विपक्षीबाट माधव नेपाल आफै छानवीनमा सामेल हुने भएपछि कार्य अगाडी बढ्दा माधव नेपालले छोडी दियो छानवीन समितिको उच्च सदस्यमा बस्न इन्कार गरेका कारण देशमा अन्यौलको बीउ रोपियो । विश्वका जुनसुकै राष्ट्रले आफ्नो स्वाभिमान उचो राख्न खोज्दछ पुर्खाको इतिहास बचाएर राख्छ किन भने त्यो इतिहास नै सिंगो देशको इतिहास हो त्यस कारण त्यही इतिहास जीवन्त राखे वर्तमानको इतिहास जिवन्त रहन्छ अन्यथा मेटिनेछ इतिहास मेटिए देश मेटिन्छ ।
पृथ्वीनारायण शाहको आफ्नो दर्शन थियो त्यही दर्शनको पालना हाम्रा वीर पुरुष वीर बलभद्र, भक्तिथापा, अमर सिंह थापाहरुले हामीले संयुक्त रुपमा पृथ्वीको निर्देशन बमोजिम एकिकरण गरेको देश सबै देशबासीको साझा भएकोले जोगाई राख्ने काम पनि साझा हो । भारतको एकिकरण गर्ने कामको क्षेत्र ब्रिटिस कम्पनी सरकारसित जान्छ । भारतीयहरु आफू ब्रिटिसको उपनिवेशमा बसे रहे पनि एकिकरणकै गुनले गर्दा विरोध गर्दैनन् । ब्रिटिस सरकार सित राम्रो समन्वय राखी मित्रताको भूमिका निभाई रहेका छन् । तैपनि विश्वका फिरंगीहरु क्रिश्चियन धर्मका अनुयायीहरुले नेपाल सरकारलाई आफूतर्फ तान्ने प्रयास गरिराखेका छन्, त्यसको पुस्ट्याई हालै नेपाल सरकारका प्रधानमन्त्री लगायतका पदाधिकारीहरुलाई होली वाइनले सुद्ध पारेको विषय अज्ञात रहेको छै्रन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *