नेपाल एकिकरणको सन्दर्भमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मध्यकालिन युगमा दक्षिण पुर्ब एशियालाई नियालेरहेर्दा नेपाल देशको एकिकरणको तथ्यलाई एक उदाहरणिय ईतिहासको पाटोको रुपमा हेर्न सकिन्छ । बाईसे चौबिसे राज्यरससाना गुठी जस्तोमा बिभाजित नेपाल एकिकरण नभई दिएको अवस्थाको कल्पना गर्नु पनि न्यायसँगत हुँदैन । बिभिन्न जातजाती, सँस्क्रीति, रितिरिवाज, धर्ममा बिभाजित भुगर्भको एक महत्वपुर्ण खण्डलाई एकिकृत गर्नु अत्यन्त आवश्यक नै थियो । भारत लगायत छिमेकि अन्य मुलुकहरुलाई ब्रिटिशहरुले एकपछि अर्को गर्दै जत्दै आई नै रहेका थिए, उता भोट तिरकाहरुको पनि आँखा यता हाम्रो राज्य तर्फ थियो नै । आज त्यो एकिकरण नभएको भए यो देशको छिन्न भिन्न अवस्था कस्तो हुन्थ्यो होला भन्ने कुराको कल्पना मात्र पनि गर्न सकिँदैन ।
राजा द्रब्य शाहका नवौँ बँश तथा नरभुपाल शाहका पुत्र पृथ्वी नारायण शाह एउटा यस्तो राजाको रुपमा, मध्यकालिन नेपालमा उदय भयो, जस्को सम्पुर्ण जीवन यस मुलुकको एकिकरणमा नै बित्यो भन्दा अतुक्ती नहोला । बर्तमान सँघिय राजधानी काठमाण्डौको राजनैतिक अवस्था उक्त समयमा आपसमा बैरर मनोमालिन्यको थियो । राजधानी बाहिरका बाईसे चौबिसे राज्यहरु ससाना रुपमा बिभाजित थिए । बर्तमान नेपाल बाहिरबाट आउन सक्ने कुनै पनि आतताई शक्तिहरु सित लडन सक्ने भिडन सक्ने कसैको पनि सामर्थ्य थिएन । दुई ढुङ्गा बिचको तरुल नामकरण गर्दै यस्को छिन्न भिन्न अवस्थालाई एकिकृत रुप दिनु पृथ्वीनारयण शाहको दुरदर्शिता नै थियो भनेरे भन्नुपर्छ ।गोर्खा जस्तो एउटा सानो राज्यको राजाले बुद्धीमानीपुर्बक बाईसे चौबिसे देखि राजधानी सम्मलाई एकिकरण गर्दा कोसकसर परिस्थिती अनुसारको अर्थ लगायत शैन्यसँगठन ईत्यादी सम्पुर्ण तयारी पनि आफैमा एक उदाहरणिय प्रस्तुती थियो ।
सन १७६८ मा काठ्माण्डौका तिनै राज्यलाई एकिकरण गरिएको थियो, ईतिहासकार बालचन्द्र शर्माको पुस्तक“नेपालको ऐतिहासिक रुप–रेखा“का अनुसारमल्लकालसम्म नेपाल भन्नाले केवल बाग्मति अँचलको नै बोध हुन्थ्यो । गोरखालीहरुको बिजयपछि नेपालको तात्पर्य केवल बाग्मतिदुन मात्र नभएर अपेक्षाकृत अधिक ठुलो भुखण्ड हुन गयो । यस उप्रान्त नेपालका क्रिती र महत्व त्यस कोशौर्य र सँघर्ष (शक्तिमा आधारित देखिन्छ । यक्ष मल्लको राज्य
(बिभाजनले उपत्यकामा गृह कलहको बिउ छरेता पनि यसले उपत्यकामा पृथक पृथक शहरको उन्नतीमा ठुलो सहायता दियो । तिनै शहरमा पृथक पृथक राजा राज्य गर्दथे । उनीहरुको आपसी स्पर्धाले तिनै शहरको निर्माण, बाणिज्य (ब्यवसाय र समृद्धीमा निकै असर पर्यो । उता काठमाण्डौ उपत्यकादेखि पश्चिम गण्डक क्षेत्रमा हिन्दु राजाहरुका चौबिसे साना (ठुला राज्य थिए र यसै कारणले तिनलाई सामुहिक रितीले चौबिसे राज्य भनिन्थ्यो । यिनमा पाल्पा, तनहुँ, लम्जुङ्ग, गलकोट, पर्बत, नुवाकोट, पुन, गरहुँ, रिसिङ्ग, घिरिङ्ग, ढोर, गुल्मी, मुसिकोट, ईस्मा, प्युठान, भिरकोट, धुर्कोट, अर्घा, खाँची, सतहुँ, कास्की र सल्यान ।
कर्णल कर्कपेट्रीकका अनुसार यसरी कर्नाली प्रदेशमा बाईसी राज्यहरु जुम्ला, जाजरकोट, छाम, अछाम, रुकुम, मुसीकोट, रोल्पा, मालनेटा, बलिहाङ्ग(बझाङ्ग), दैलेख, सल्यान, वाङ्ग्फी, जहारी, कालागाङ्ग, गर्भकोट, गुटुम, गजुर, धर्मा थिए । यसैगरी ह्यामिल्टोनको एकाउण्ट अफ नेपालका अनुसार मलेबम, गलकोट, रुकुम, मुसीकोट, जाजरकोट, वाम्फी, गाजल, धर्म, जहारी, सातताला, मालनेटा, सल्याना, दाङ्ग, छिल्ली(ईबाईसे राज्यहरु थिए भनेका थिए । यिनले सात ताला सात साना–साना खण्डमा बिभाजित भएको अनुमान गर्दै दुल्लु र दैलेख, अथवा बिलासपुर र डोटीलाई पनि आफ्नो यसै सुचीमा दर्ता गरेका छन । यसरी बाईसी–चौबिसी राज्यको क्रमबद्ध ईतिहास अधावधी बिवादपुर्ण र अल्मलिएको भएतापनी पछि पृथ्वीनारायण शाह र उन्को उत्तराधिकारीहरु द्वारा यो र कोशी क्षेत्रका राज्यहरुको एकिकरण भएर बर्तमान नेपाल राष्ट्रको निर्माण गरेका हुन भन्ने तथ्य यी तिहासको एक महत्वपुर्ण दस्तावेज हो ।
ग्यातब्य रुपमा बुझ्दा, काम दत्तसेनको हत्यापछि पुर्बबिजयपुरको राजगद्धीमा कर्णसेन बसेका थिए । उनी पहिले चौदण्डीका राजा भएका र त्यसलाई गोरखालीहरुले जितेकोले उन्को अवस्था कमजोर नै देखिन्थ्यो । ईस १७७४ मा गोरखालीहरुले बिजयपुरमा आक्रमण गरे, कर्णसेनकि बिधवा रानी र उन्को पाँच बर्षका छोरा भागेर ईस्टईण्डिया कम्पनीको शरणमा पुगे । उता हेमकर्णपछि उनका छोरा दिग्बन्धनसेन मकवानपुरे राजा भए । ईन्कै पालामा पृथ्वीनारायण शाहले मकवानपुरमा आक्रमण गरे । फलतः १७६२ ई देखि मकवानीसेन बँसको समाप्ती भयो ।
लगभ गई १७४३ तिर नुवाकोट आक्रमण गर्न गएको गोरखाली सेनाले सार्है नराम्रो हार बेहर्नु परेको थियो । तत्पस्चात काशी तिर गई आफ्ना दोश्राशसुरा अहिमान सिहको सहायताले उताको हाथहतियारहरु सँग्रहित गर्न थाले । काशीबाट फर्कना साथ पृथ्वीनारायण शाहले नुवाकोट उपर दोश्रो पटक आक्रमण गर्ने प्रवन्धमा लागे । यस प्रकार आफ्नो आन्तरिक र बाह्य सुरक्षाको सारा प्रवन्ध मिलाई सकसँबत १६६६ (१७४४ई) को भाद्र महिनामा पृथ्वीनारायण शाह उपत्यकाको पस्चिमी प्रवेशद्वार नुवाकोट बिजय गर्न हिँडे । यस फौजको नेतृत्व स्वयँ पृथ्वीनारायण शाह र कालुपाँडेले गरिरहेका थिए । यसरी नुवाकोटमा सफलतापछि उन्को हिम्मत पनि बढेर गएको थियो । यता काठमाण्डौका राजा जयप्रकाश मल्ल, नुवाकोट यसरी शत्रुको हातमा गएकोले चुप लागेर बसेनन । उनले पाटनको सहायताका साथ काशीराम थापाको नेतृत्वमा गोरखालीहरुलाई लखेटन एक फौज पठाए । परन्तु गोरखालीसँगको युद्धमा उन्को पराजय भयो । केहि कालखण्डपछि पुन पृथ्वीनारायण काठमाण्डौ उपत्यकालाई घेरामा हाल्न दत्तचित्त भए । फर्फिङ्ग, बाँडेगाउँ, चापागाउँ, ठेचो, सुनागाउँ, बल्खु, सतुङ्गल, खोकना आदि नाकाहरुमा क्रमश उन्को कब्जा हुँदै गयो । आखिर माई१७५७ को जेठ महिनामा गोरखाली फौजले किर्तिपुर उपर घमासान आक्रमण गर्यो । दुरदर्शी र राजनिती कौशल कालुपाँडेले यसै युद्धमा बिरगती प्राप्त गरे । पृथ्वीनारायण शाह यस पराजयले दुखित भए । तर उन्ले हार मानेनन, मकवानपुर माथिको बिजय पस्चात किर्तिपुर उपर दोश्रो पटक आक्रमण गर्ने शुर गरे। दोश्रो आक्रमणमा भाईको आँखा शत्रुको बाणले बिक्षिप्त भयो । पछि कतिपय सामदाम डण्दभेद गरि अन्तत्वगत्वा किर्तिपुर गोरखालीहरुकोअधिनमा आउन सफल भयो । किर्तिपुरपछि २५ सेप्टेम्बर १७६८ ईको मध्यरात्रीमा काठमाण्डौ पनि सजिलै गोरखालीहरुको कब्जामा आई पर्यो । कार्तिक शुक्ल एकादशी १७७१ ईको दिन पृथ्वीनारायण शाहले भादगाउँ उपरपनि आक्रमण गरेर राजा रणजित मल्ललाई बँदी बनाए । यता पाटनका राजा तेज नरसिँहमल्ल पनि उन्को अधिनमा आईसकेका थिए । काठमाण्डौ उपत्यकाका तिनै राज्यमा बिजय पस्चात उनी पस्चिम तिर बिजय गर्न कुच गर्ने योजनामा लागी हाले । कतै बिजय र कतै हारहरु बेहोर्दै उन्को हौसलामा कुनै कमि र निरासपन देखिएन ।
पृथ्वीनारायण शाहको ब्यक्तित्व र महत्वः
पृथ्वीनारायण शाह अत्यन्त महत्वाकाँक्षी थिए । एक सामान्य नागरिक झैँ पृथ्वीनारायण शाहको कार्य (राशीको मुल्याङ्कन गर्नु उन्को प्रती अन्याय हुन्छ । उनी अठारौ शताब्दीमा नेपालको निमित्त एक ऐतिहासिक आवश्यकता थिए । ई तिहासकार बालचन्द्र शर्माका अनुसार,
भारतमा अग्ररेजी शक्ती खण्डमण्डलेश्वरहरुको अस्तित्व लोप गर्दै प्रतिदिन अगाडी बढीरहेको थियो । यस अवस्थामा पृथ्वीनारायण शाहलेआफ्नो सैनिक बिजयद्वारा हिमालय अँचलाकार जवाडाहरुको समष्टीकरण गरेर एक नुतनरबलवान शक्तीको स्थापनाको श्रीगणेश नगरेको बहेयसखँडको निजी अस्तित्वको रक्षा कुनै हालतले सम्भव थिएन । पृथ्वीनारयण शाहले नेपाली राष्ट्र र राष्ट्रियताको जग बसाले । यसैले, हामी पृथ्वीनारायण शाहलाई नेपालको ईतिहा समायुग परिवर्तकको आसनमा राख्न सक्दछौँ । उन्को शेषपछि बहादुर शाह लगायतको पनि एकिकरणको सन्दर्भमा उत्तिकै योगदान देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *