राष्ट्र निर्माता पृथ्वीनारायण शाह (सन्दर्भ एकता दिवस)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बडा महाराजाधिराज पृथ्वीनारायण शाहको नेपाल एकिकरण त्यो समयको इतिहासको विषय हो । जुन समयमा आधुनिक राष्ट्र राज्यहरुको निर्माणको थालनी भएको थिएन । तत्काल विस्मार्कको नेतृत्वमा पर्सियाले सुरु गरेको जर्मनीको एकिकरण र पिडमन्ट एवं सोर्डनियाबाट थालिएको इटालीको एकिकरण, झण्डै एकशय वर्ष अगाडी नेपालको एकिकरणको इतिहास पृथ्वीनारायणबाट भयो ।
प्रथम फ्रान्सेली राज्यक्रान्ति अमेरिकी स्वतन्त्र संग्रामको दश वर्ष पुर्व अंग्रेजी कमाण्डर किन्लकलाई पृथ्वीनारायण शाहले सिन्धुली गडीमा पराजित गरी यो देशको एकिकरण सम्पन्न गरी सकेका थिए । यो समय औद्योगिक युगको सुरुवात मानिन्छ ।
सामाजिक विकासको प्रारम्भिक चरण हेर्दा तत्काल संसारमा धार्मिक वा जातीय साम्राज्यको बोलबाला थियो । राज्य विस्तार वा एकिकरणलाई मात्र सर्वश्रेष्ठ राजनैतिक धर्म मानिन्थ्यो केवल शक्तिशाली राज्यहरुले मात्र राज्य सिमाना, आफ्नो प्रभुत्व विस्तार गर्ने सामर्थ राख्दथे । तत्कालको समाज विकासको सापेक्षतामा राज्य विस्तार एवं निर्माण सबै भन्दा उपयुक्त रुप थियो । वडा महाराजाधिराज पृथ्वी नारायण शाहले नेपालको एकिकरण यस्तो राज्य (गोर्खा) बाट सुरु गरे जुन गरिव तथा श्रोत साधन शक्ति सेना, धन वैभव सबै श्रोतहरुबाट विलकुल निरिह थियो जुन भौगोलिक दृष्टिकोणबाट पनि अत्यधिक विकट राज्यका रुपमा थियो । पाल्पा कान्तिपुर भने शक्तिशाली सांस्कृतिक विकसित राज्यका नामले चिनिन्थे केवल पृथ्वीनारायणको
विवेक एक्लो बुद्धि, आँट, कुटनीति रणकौशलताको प्रतिफलबाट एकिकरण प्रयास सफल भएको देखिन्छ ।
बाह्य अनुकुलता भनेको त्यस्ताका स–साना बाईसे चौविसे राज्यहरुका बीचको अन्तरविरोध भौगोलिक विकटता मात्र थियो । पृथ्वीनारायण शाहलाई आधुनिक वैचारिक आन्दोलनबाट हेर्दा प्रथम बजार शास्त्री एड्म स्मीथ, साम्यवादी समाजका कल्पनाकार चाल्र्स फुरिय दार्शनिक कान्ट समकालिन मानिन्छन् ।
युरोपको वैचारिक क्रान्तिमा उथल पुथल गर्ने महान राजनैतिक चिन्तकहरु मध्येबाट जे.एस.मील. उपयोगिताबादका पववर्तक बेन्थम अमेरिकी स्वतन्त्रता संग्रामका जर्ज वासिङगटन र जेफर्सन जस्ता राजनैतिक हस्तीहरुबाट राजनैतिक चेतना अंकुरण हुने बेला यिनले आफ्नो एकिकरण अभियान सम्पन्न गरी सकेका थिए ।
उनी जन्मिदा मेन्टेस्वम, जोनलक, थोमस हब्स जस्ता आधुनिक चिन्तकका विचारहरुले आफ्नो रुप आकार ग्रहण गर्दै थिए । जुनसुकै विषय बस्तु घटना, पात्रहरुको बस्तुवादी मुल्याङ्कनको सन्दर्भमा पहिलो पक्ष भनेको तत्कालिन सामाजिक परिवेशको सापेक्षतामा घटनाहरुको अध्ययन घटनाको परिवेशमा हुन गएका कमि कमजोरीहरुको समिक्षा र वर्तमानको सन्दर्भमा परिमार्जन गर्नुपर्ने विषय बस्तु र वर्तमानसँग ति घटना विषय वस्तुहरुको औचित्यपुर्ण सरोकार
पर्दछ ।
पृथ्वीनारायण शाह साम्राज्यवादी भन्ने दुईथरी खलपात्र छन प्रथम जसले तत्काल अन्य राज्यहरुलाई कथित राष्ट्रभौम राष्ट्रका रुपमा अपव्याख्या गर्दै एकिकरणलाई तिनको सार्वभौम अस्तित्वहरुको प्रश्न सित जोडेर आत्म निर्णयको वकालत गर्ने गर्दछन् । सिधा अर्थ लगाउदा यो भाग नेपालको भू
राजनीति सित सम्बन्धित साम्राज्यवादको नेपालको विखण्डन नीतिसँग नाता जोडिएको देखिन्छ । यिनीहरुको उद्देश्य नेपालीहरुका माझ एकिकरणको इतिहासको धरोहरलाई समाप्त गरेर पृथकतावादको पहिरन लगाउने षडयन्त्र मानिन्छ ।
अर्का थरीहरु नेपालको विखण्डनको बहस पैरवी गर्दैनन् तर आधुनिक नेपालको निर्माण राज्यहरुको एक आपसी सम्झौताबाट नभएर आक्रमणको प्रकृयाबाट भएको हुँदा यो एकिकरण होइन पृथ्वी नारायणको विस्तारवाद हो भन्ने तर्क गरिरहन्छन् ।
यस अर्थमा हेर्दा तत्कालिन गोर्खालाई साम्राज्यवादी भनि व्याख्या गर्दछन् यस्ता तर्क उठाउनेहरुले घटनालाई तत्कालिन सन्दर्भ सित नगाँसेर आजको परिवेशका आधारमा हेर्ने मनोगतवादी अवस्तुवादी चिन्तनको सहारा लिएर व्याख्या गर्ने गरेको पाइन्छ ।
यस्ताहरुले अमेरिकाको उदाहरण प्रस्तुत गर्दै सम्झौताको जुन कुरा गरिरहेका छन् त्यो उपनिवेशवादी विरोधी राज्यहरुको शक्तिहरुका विरुद्धको साँझा संघर्षको प्रतिफल भित्र पर्दछ तर पृथ्वीनारायण शाहको समयमा यस्तो परिवेश नै थिएन यहाँका वाइस चौविसे ससाना राज्यहरु कसैका उपनिवेश थिएनन् न यि सार्वभौम राष्ट्रहरु नै थिए न त साम्राज्यवाद विरुद्ध उपनिवेशहरुको साझाँ आन्दोलनको इतिहास थियो । त्यसबेला केवल एकिकरणका सर्वाधिक उन्नत रुप भनेको राज्य विस्तार मात्र थियो ।
राष्ट्रिय एकिकरणको अवधारणालाई समय र परिस्थिति अनुकुल हुनेगरी केहीहदसम्म परिमार्जन गर्नुपर्छ भन्ने कुरा सान्दर्भिक हुन सक्छ किनकि केही सामन्ती मुल्य मान्यताहरुबाट संगठित गरिएको राज्यलाई सबै बर्ग समुदाय संस्कृति लिंग पिछडिएको क्षेत्रहरुका लागि समावेशी हुनेगरी राज्यमा सबैको हक हिस्सा पुग्नु स्वभाविक कुरा हो तर यस्तो अपेक्षा गर्दा विशेष ध्यानमा राख्नुपर्ने सत्य तथ्य के हो भने नेपाल राज्य संरचनालाई सुनियोजित रुपमा विभेदकारी बनाउने पृथ्वीनारायण शाह नभएर सुगौली सन्धी देखि हालसम्म शासन गर्दै आएकाहरु छन् यस्ता घुषपैठीया र छदमभेषी तत्व नै आजको चिन्ताको विषय हो ।
पृथ्वीनारायण शाहको बस्तुवादी बुझाईलाई विपरित दृष्टिकोणबाट हेर्ने केही कथित विद्वान भनाउदाहरुले उनको एकिकरणको अभियान भोग विलास, मोजमस्ती क्रुरता जस्ता विषयसँग जोडेर बदनाम व्याख्या गर्ने गरेको पाइन्छ । एकिकरणको समयमा भाईहरुले राज्य माग्दा “तेरो गर्दन लिन्या छु तर राज्य दिन्या छैन” भन्ने किसमका जवाफ र गोर्खाबाट काठमाडौं राजधानी सारेर देखाएको उदारता तथा विजित राज्यहरुमा त्यहाकै स्थानीयको जिम्मा प्रशासनिक कार्य छोड्नु र यो देशलाई सबैको साँझा फुलबारीको रुपमा हेर्नु एवं विशाल देश नेपालका लागि चिनीया र अंग्रेजसँग लडेका युद्ध हेर्दा भनाउदा बुद्धिजिवीहरुको कपोल कल्पित उन्माद मात्र हो भन्नुमा अत्युक्ति नहोला ।
वास्तविकता तर्फ हेर्दा उनले व्रिटिस साम्राज्यवादलाई नरोकेको भए नेपाल त के चीन, तिब्बतको मानचित्र वर्तमानको रहने थिएन । हिंसा, छलछाम, घाँत, प्रतिघात, युद्धमा हुने घटना हुन यस्ता कुराहरुलाई लिएर पृथ्वीको अवमुल्यन गर्न मिल्दैन उनी साम्राज्यवादका विरुद्ध लडी देशको अस्तित्व रक्षा गर्ने प्रमुख ऐतिहासिक पात्र हुन । सम्पूर्ण राज्य र समाजका पहिचान हुन्छन् मान्छेले नचाहेर पनि भुगोल, इतिहास प्रकृति, सांस्कृतिक तत्वहरुको भूराजनीतिक प्रभाव
हराएर जादैन ।
अतः नेपालको अस्तित्व परिचय सबै नेपालीको साझा राज्य निर्माणका लागि पृथ्वीनारायण शाहले खेलेको भूमिका सफल अवस्मरणीय देखिन्छ ।
विगतका शासकहरुले आफूले जाने देखेको र आफ्नो बलबुत्ताले भ्याएको ताकतले यो देश बनाए अव नेपाल कस्तो बनाउने भन्ने जिम्मा हाम्रो काँधमा आएको छ ।
नेपालको मौलिक अवधारणालाई परित्याग गरेर आलोचना गरेर मात्र हामीले चाहेजस्तो देश बन्दैन त्यसलाई स्वीकार गरी नयाँ नेपालको अवधारणा स्पष्ट हुनुपर्दछ । यसैमा देश र देशबासीको कल्याण हुन्छ ।
वडामहाराजाधिराज पृथ्वीनारायण शाह भ्रष्टाचारका विरोधी थिए र उनी घुस दिने र घुस खान्यालाई राज्यका शत्रु भनि ठान्थे । घुस दिने र घुस खान्या भनेका मुलुकका महान शत्रु हुन उनको जीउज्यान गयापनि पाप लागन्या छैन । उनको अत्यधिक समय राज्य
एकिकरणमै वितेको भएपनि उनी प्रशासनिक तथा कानुनी विषयको पनि निकै चासो राख्दथे । उनको दीव्य उपदेशमा पाइन्छ कि राजा राम शाहले बाह्यको रितिथिति पनि हेरीसक्या राजा जयस्थिति मल्लले बाह्यको थिति पनि हेरिसक्या यस्तै कयौं थिति बाधुला भन्ने मन सुबा थियो बुढो मर्यो भाका
सर्यो ।
राष्ट्र प्रेम तथा राष्ट्रियताका सन्दर्भमा हेर्ने हो भने उनी भन्दथे विदेशी महाजनहरुलाई देशभित्र हुल्यो भन्या मुलुकलाई कंङ्गाल बनाई छाड्न्या
छन् । यसैगरी औद्योगिक विकासतर्फ उनको नजर गहनतम थियो । गाउँ भएका ठाउँमा खाली भया गाउँलाई अलग्गै सारी खानीको विकास
गर्नुपर्दछ । देशभक्ति र राष्ट्रप्रेमका अटल राजा पृथ्वीनारायण शाह आफूभन्दा सहयोद्धाहरुलाई बढी महत्व दिन्थे । जस्तै म मर्यो भन्या देश डुब्न्या छैन, कालु पाण्डेय भर्यो भन्या देश डुब्ने छ ।
मेरा साना दुःखले आर्ज्याको मुलुक होइन चार जात छत्तिस वर्णको साझा फुलबारी हो भन्ने लाखौं दिव्य उपदेश र सो अनुरुप कार्यगरी विशाल नेपालको एकिकरण गरी नेपाल राष्ट्रको निर्माण गरेका हुन । नेपाल र नेपालीको मानस पटलमा उनी ज्यूदा जागाँ छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *