राणाहरुले राजसंस्था र देश दुवै बचाए

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आजसम्म नेपाली जनताको कानमा राणाहरुलाई नराम्रा मात्रै भन्ने गरेको कुरा पुर्यायो, जनता राणाहरुको विरोधमा उत्रिए वा उतार्यो । हामी नेपाली जनता जतिबेला जो बलियो देखियो उसकै गुणगानमा मस्त रहने विश्वास गर्ने इमान्दारी जनता निरिह हामी जसले जे सिकायो जे भन्यो त्यही मान्ने । राणा बदमास हुन भन्न लगायो सबैले बदमास नै हुन भन्ने सुईकार्यौ तर राणाहरु बदमास थिएनन्, त्यो त मानव प्रवृति भित्र पर्दो रहेछ । त्यस्तै थिए राणा शासनको कार्यसैली एकनाश हुदैन हरेकको काम गर्ने शैली अलग अलग हुन्छ, युरोपियनहरु र हाम्रो सैली अलग थियो । जंग बहादुर राणाले शासन सत्ता हातमा लिए पनि राजनीति शास्त्रमा विद्यावारिधी गरेका थिएनन् । बरु उनको जीवनको अन्तपछि अरुले उनको जीवन लिलामा विद्यावारिधी गरेका होलानत्यो आफ्नै ठाउँमा छ । जस्तो संसारजति बेला जस्तो छ उस्तै हुन्छ समाज । ऐलानी राजनीतिक सिमानाको आवाद गरी नेपालको निर्माण गर्ने बेलामा यदि जंग बहादुर पृथ्वीनारायणका साथमा भैदिएका भए वीर बलभद्र कुँवर, भक्तिथापा, अमरसिंह थापा जस्ता वीर योद्धाहरुलाई कम बल पुग्ने थिएन उनीहरुले त बहादुर शाहको साथ पनि दिने मौका पाएनन् । राणा खलकहरु तथा राणा सरकारले आफूसँग भएको जे जति बुद्धि थियो सबै खियाएका थिए जस्तो जवाना उस्तै शासन गरे त्यो अलग कुरा हो तर राणाहरु जो पनि स्वाभिमानी इमान्दार थिए उनीहरुले नेपालको राजसंस्था पनि जोगायो नेपाल पनि जोगायो । राष्ट्रभक्त राणा सरकार तथा राणाहरुले नेपाल निर्माता पृथ्वीनारायण शाहको आजसम्म गुणगान गाई सत्य तथ्य कुराको सम्मान गरेकै छन । बरु आफू मेटिए पनि पृथ्वीनारायण शाहका सन्ततीहरुलाई बाचई राख्यो भने दरबाररुपी जेलभित्र नजर बन्दमा राखे पनि नेपाल र नेपालको राजसंस्था बचाई राख्ने क्रमको श्रेय राणा सरकार तथा राणाजीहरुलाई नै जान्छ । नत्र भने काखमा सुतेको राजसंस्थालाई मार्न के बेर लाग्दथ्यो । जसरी आज जनताले विश्वास गरेका विश्वासीहरुबाट जनताको धनमाल हाकाहाकी लुट्ने काम भएको छ त्यस्तो गरेको पाईएन । अर्को कुरा राणा शासनमा राणाहरुको जहानिया शासन भए पनि गरिव र अन्यायमा परेकाले गोरखामा समेत न्याय नपाएपछि उनी न्याय दिन्थे उनको कयौं घटनाहरु छन् देशका सबै अंग अदालत या न्याय क्षेत्रबाट हराएका कहि न्याय नपाएका अवला नारी पुरुषहरुले राणा प्रधान मन्त्रीबाट न्याय पाएका छन्, सम्झदा अचम्ब लाग्छ उनको न्यायको शैली । आज निर्मला पन्तको बलात्कारपछि हत्याको प्रमाण खोज्दैछन् हरायो नदीले बगायो भन्दछन् तर राणा सरकार सामु अपराधी सप्रमाण स्वयम हाजिर स्वईच्छाले भएका घटनाहरु छन् ति घटना दन्त्यकथा होईनन् । भारतमा प्रधानमन्त्री जवाहरलाल नेहरुको षडयन्त्रमा परेको राजसंस्थालाई पनि बाचाई राख्नमा राणाहरु सफल भएका छन् । फिरंगीहरुलाई देश निकाला गर्नु पर्दछ देश डुबाउछन भन्ने पृथ्वीनारायण शाहको वाणीको पुर्ण पालना गर्दथे । बल्लब भाई पटेल गोखले जस्ताहरु त देश खाई रहेका थिए । पशुपति कै कृपाले बाच्न गयो ।
सुगौली सन्धीमा नेपालले गुमाएको बाकेँ, बर्दिया, कैलाली, कञ्चनपुर जंगबहादुर राणाले युरोपियन शासकहरुबाट फिर्ता ल्याए अधिराज्यभरी जंगे पिल्लर राखी नयाँ नेपालको सिमाना राख्यो । तैपनि हामीले उनलाई राम्रा भन्न सकेनौं । राणाहरुबाट न नेपालको इतिहास मेटियो न राज संस्थाको इतिहास मेटियो । राणाशासनले समेत बचाई राखेको इतिहास कम्युनिष्ट र कांग्रेसले मेटाई रहेको तथ्य हामी सबैको सामु छ । जनतालाई फुल्याई फकाई गरेर देशका जनताको साँझा सम्पत्तिको लुटपाट पनि हामी सबै सामु छ । हाम्रो मनसाय हो कानुन राज्य कायम रहनुपर्दछ भन्ने हो । पृथ्वीनारायाण शाहले राज्य एकिकरणको बेला भन्ने गरेका थिएन देशमा फिरंगीहरुलाई न आउन दिनु, फिरंगीहरु आएमा देश बर्बाद गर्दछन्, देश विदेशको चंगुलमा जान्छ भन्ने कुरालाई समेत ध्यानमा राखेका भएपनि जब १९४७ मा भारतलाई अंग्रेजले फिर्ता गर्यो त्यसपछिका दिनहरुमा नेपालमा प्रजातन्त्र ल्याउने बहाना गरेर नेहरुजीले राजा र राणा दुवैलाई दल्ली बोलाएर नेपालमाथि षडयन्त्रका तानाबुनाका साथमा मैत्री नामको सन्धी १९५० सम्पन्न गर्यो । त्यो सन्धीबाट आज फिरंगीहरुलाई बल पुगेको महसुस गरेको देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *