भ्रष्टाचारमा शुन्य सहनशीलता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अत्यन्त चर्चित शब्द भ्रष्टाचार सुन्नमा डर लाग्दो देखिए पनि यो मायावी छ, जसरी संसारमा मायाजालले राष्ट्र अन्तरराष्ट्रिय ब्रहाण्ड नै डाकिए जस्तो अनुभव हुन्छ त्यसमा तत्ववेत्ता ऋषी मन भएका महापुरुष मानवहरुले विजय प्राप्त गरी मुक्त भएको सत्य हो । त्यस्तै मायाजाल यो प्रलयकारी भ्रष्टाचारले समाज राष्ट्र आक्रान्त छ । कतिपयका सुखी समृद्धिको एक मात्र उपाय यही मायावी शब्द नै बनेको छ । देशको कार्यकारी प्रमुखका नारा सुखी समृद्ध नेपाल भ्रष्टाचारमा शुन्य सहनशीलता उखान टुक्काका रुपमा लिइन थालेका छन् । नाटक मञ्चन गरिएझै कर्मचारीहरुले विहान हाजिरी गर्न अघि भ्रष्टाचार गर्दिन भनि शफथ खान पर्ने हास्यास्पद गतिविधि सञ्चार माध्यमहरुमा आएझै शफथ रुपी उर्जाले यो मायावीलाई मलजल गर्ने काम गरेको छ । यो भ्रष्टाचार भन्ने शब्द कण कणमा प्याप्त भईसकेको छ । यस्तो गर्नेलाई दण्डित गर्नपर्ने नियत्ताहरुको दावी स्वम् उनीहरुमा लागु गर्न नपर्ने जस्तै बनेको छ । नेपालको वर्तमान समय गणतन्त्र प्रजातन्त्र जनतन्त्र आदि नामले सम्बोधित गरिन्छ, देशमा साम्यवादी भनिएको शासन छ ।
सच्चा साम्यवादमा भ्रष्टाचार गर्ने थर थर काप्नु पर्ने हो तर जताततैको ब्रहमलुटले मञ्चन गरी रहेका दृश्य यसलाई मलजल गरी रहेका छन् । सिमित व्यक्तिहरुलाई मात्र मोहजाल पार्ने गरेको यो मायावीलाई ब्रहताकार दिनका लागि फैलावट गरिएको छ । सिंहदरबारको घेरा भित्र सिमित यो मायावी गाउँसम्म पुगी रहेको छिपाएर छिप्ने विषय रहेन अधिकांशको भाग पुर्याउन परिवर्तन आएको छरपष्ट देखिदै छ । चाहना आकांक्षाको परिपुर्ति भ्रष्टाचार बाहेक अंक बार सम्भव नै छैन भन्ने विषय निस्सन्देह प्रमाणित भई सकेको छ । त्ससैले यसको नाम र कामप्रति घृणा गर्नु वा डराउनु भनेको यसैलाई अपमानित गर्नु सिवाय अरु केही हुने होईन । अरण्यरोदन राष्ट्रप्रेम इमान्दारीता स्वाभिमानका शब्द जप्ने मुर्ख हुन वर्तमान परिपेक्षमा प्रसिद्ध दार्शनिक Herobert spencer sf] Survival of the tillest अर्थात जो सवभन्दा बढी फिट छ, बाच्न पाउने अधिकार उसैको मात्र हुन्छ भने झै यस मायावी शब्द लाभ बाट बन्चित हुतिहाराहरुले मात्र आदर्शका वाक्य बोल्ने गरेको हो कि भन्ने शंका गर्न पर्ने ठाउँ छ । जसले सक्तैन वा पोल खुल्दछ उ सर्वाधिक अनिफट छ । पेशा व्यवसायमा श्रेष्ट स्थान हासिल गरी सकेको राजनीति यस्तो अर्को शब्द छ जुन कम मायावी छैन । यसमा कुनै लगानी गर्न पर्दैन । शब्दजाल बुन्न सफल नायकहरुका झोले भए पनि प्रशसत भई हाल्छ । पढ्नु पर्दैन ऐन कानूनको प्रवाह गर्न पर्दैन यसको एक मात्र योग्यता कुनै काम नै नगरी यथेष्ट सम्पन्नता हासिल गर्न सक्नु हो । त्यसैले टुटेका चप्पल सिंहासनरुढ हुन सकेको एक मात्र अस्त्र भनेको नै भ्रष्टाचार रुपी दावानल नै हो तर बारम्बार यसको उच्चारण लेखी रहदा शब्दकै अपमान हुने भएकोले यसपछि मायावी मात्र संबोधन हुनेछ । चिल्ला गाला दिनहुका परिवर्तनकारी परिधान मीजाजका बोली शान बान शौकत ऐश्वर्यमय जीवनको दाता यही मायावी भएको हुनाले यो नै पहिचान मुक्तिदाताका रुपमा अबतरित छ ।
आश्चर्य लाग्दछ यसैको बढी चर्चा र उन्मुलनका कुरा गरिन्छन् साच्चै लागु हुने हो र यसमा शुन्य सहनशीलता गर्ने हो भने सिंहासनबाट धुलोमा झर्न बेर लाग्ने छैन । अव यस मायावीको करामत सर्वव्यापी भईसकेको छ । जनताको सेवा गर्ने नाममा प्रथम आफै सेवा गर्न जरुरी देखिन्छ त्यसैले सवारी साधन खरिद गर्न कमिसन खान तछाडमछाड, दोहोरो सुविधा नगरेका कामको पनि दाम राज्यबाट हाकाहाकी असुल गर्नु न्यायको सर्वोच्च आयम त्यागका दिन रुवाबासी गर्दै बेन्च तोक्नु, अयोग्य भए पनि प्राण गए पनि पदवी नछोड्नु जीवन प्रयत्न पदवीमा आसिन भईरहनु देउतालाई बली दिए झै अरुको बली गरेर भए पनि आफू सुखी र समृद्धि र सम्मानित हुन खाज्नु यहि त सुखी र समृद्ध नेपालको परिभाषा हुन गएको छ । आउदा दिनमा पनि यो क्रम बढ्दै जाने स्पष्ट हुदै गएको छ जो वीर हो उसले जे गरे पनि जोगिने र फीटेष्ट हुने कला जानेको छ, त्यही त मायावीको असली जीवनदाता हो । यस कलाबाट जसले ज्ञानगुन जानेन त्यसलाई यो दोधारे तरबारले समाप्त गर्न पनि बेर लगाउदैन । तर मायावीको मालिक हुनका लागि निर्लज्ज निर्मम स्वाभिमान रहित, अपराध गरे पनि उम्कन सक्ने लगायत योग्यता अनिवार्य छन । आम सर्वसाधारणका नाममा पुस्तौसम्मका लागि नवसामन्त र धनाड्य मायावीका गहना हुन, यस्ता नौटंकी प्रहसन शब्द विरुद्ध जान सक्ने सम्म सदाकाल नै रहलान ? यो यक्ष प्रश्न खडा भएको छ, छिमेकी चीनमा गुप्तचर प्रमुख आजीवन कैदबाट दण्डित भएका छन् तर नेपालमा विश्वका यस्ता घटना हुन सक्लान भनि कल्पना गर्न समेत कठिन छ । त्यही त शुन्य सहनशीलता र सुखी समृद्ध नेपालको परिभाषा होला ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *