स्थानीय तथा प्रान्तिय सरकारको अदूरदर्शिता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हामी अचम्बित छौं नेताहरु भ्रष्टाचारमा किन रमाउछन र जनतालाई दुःख दिन किन चाहन्छन् ? समयमा कुनै काम नगर्ने जनतालाई भ्रममा किन
पार्छन ? सांगठित अपराध किन गराउछन, ऐन विरुद्ध गरेका कामको किन कसरी समर्थन गर्छन । कर्मचारी मिलन केन्द्र महेन्द्रनगरको पश्चिम तर्फ साना व्यापारी खोका छाप्राहरु बनाई बसी रहेका व्यापारीहरु सानो पुजीवाला भएकाले आफै भवन बनाउन जग्गा किन्न नसक्ने र भवन समेत बनाउन नसक्ने खालको ४०/५० हजारको व्यापार गरी बस्नेहरुको लागी यस क्षेत्रमा व्यापारिक भवन न.वि.स.ले बनाई सबै साना ठूला व्यापारीलाई अटाउने गरी १÷२ हजार वा ४/५ सय कोठा भएको व्यापारिक भवन बनाई त्यसमा खास व्यापार गर्ने खोका छाप्रावालाहरुलाई अवश्यकता मुताविक कोठा न्यूनतम शुल्कमा दिई व्यापार गर्न किन हौसला दिएन ? त्यस बारेमा त्यस्तो सुझाव हरेक व्यक्ति संस्थाहरुले पनि दिएका प्रमाणहरु अझै छदैछन । न्यून पुजी भएका खोकाछाप्रावालाहरुले सरकारी जमीन त ओगटेका थिए तर भवन बनाउन सक्ने पोजिसनमा थिएनन् । हामी किन भन्छौ भने देखिने गरी त्यस्ता खालका बजेट व्यापार देखिदैन तसर्थ आज भूमाफियाहरु मार्फत त्यो जमिनमा तेस्रो पक्षले सरकारी जग्गामा अनधिकृत तरिकाले भवन निर्माण कार्य धमाधम भइरहेको छ । जुन नगरमा मनपरी तरिकाले जनताको साँझा सम्पत्तिमा सिमित व्यक्तिहरुले अनधिकृत रुपबाट लुटपाट गरिराखेका छन् त्यसको विरुद्धमा नेपालका कुनै पनि राजनीतिक पार्टी किन गएन ? नक्सा पास नगराई किन नगरपालिका स्थानीय सरकार र प्रान्तीय सरकारले भवन निर्माण गराउन लगायो ।
साझा सम्पत्तिको लुटपाट हुँदा कोही व्यक्ति पनि कोर्ट फि राखेर मुद्दा लडदैन आज फलाना फलानाको निवेदन परेकोले हटाउनु भन्ने विज्ञप्तिहरु जारी किन गरी राखेका छ । नेताहरु ठाउँ ठाउँमा भाषण गर्दैछन कि वर्तमानको सरकार फेल गराउनको लागि सिडिओले कारवाही गरि दिएन भन्ने गरी रहेका छन् । कस्तो लाजमर्दो कुरा गर्छन राती राती नेताहरु अवैध गैरकानुनी अमिन ओभरसियरलाई फिल्डमा ल्याई खामा खुट्टा डिमारकेशन गरी सडक र पसलको एरिया छुट्याई डिजाइन गरी दिने अनि एक गैर कानूनी गैर सरकारी संस्थाद्वारा अनधिकृत रुपबाट वितरण गर्न लगाई भवन निर्माण गराउन लगाउनु, नगर विकास समितिमा भन्न जादा हामीलाई थाहा छैन सिडिओलाई थाहा होला भन्न लगाउनु के जायज हो ? आज अवैध निर्माण भएका संरचना एक महिना भित्र भत्काएर लैजाने भन्ने सूचना जारी भएको छ बनाउने र बनाउन लगाउनेलाई त थाहा होला तर हामीलाई थाहा छैन त्यस कारण स्थानीय सरकार र प्रान्तीय सरकार नगर विकास समितिले वैध र अवैध संरचनाको पहिचान हुने निसानी निर्माण भएका हालसम्मका सबै भवनमा नोटिस लगाई सर्वसाधारणलाई जानकारी गराई दिनु पर्ने (हाम्रो) अर्थात जनताको माग रहेको छ ।
आज निर्मला पन्तको हत्या र बलात्कारका प्रमाण मेटाउने काम गरेझै यो मुद्दामा पनि भएको छ । रोकथाम साझा सम्पत्तिको संरक्षण गर्ने काम कसको हो संरक्षण किन गरिएन यी सबै माथी साँझा कारवाही हुनुपर्ने हाम्रो माग छ । जनताको साँझा सम्पत्तिमा रेखदेख नगरी लुटपाट गर्न लगाउने जो कोही माथि साँझा सामुहिक कारवाही हुनु पर्दछ । राजनीतिक दलका नेताहरु प्रान्तीय सरकारका पदाधिकारीहरु माथि पनि कारवाही हुनु पर्दछ, किन भने उनीहरुकै पार्टीका कार्यकर्ता, महेन्द्रनगर निर्माण समितिका अध्यक्ष भई मनमानी व्यक्तिगत तरिकाले रेजर्फ राखेको जमिन वितरण गरी महेन्द्रनगरको गुरुयोजनामा बज्रपात गरेको छ । यो ठाउँ जस्ताको त्यस्तै जनतालाई फिर्ता गर्नु पर्यो नगरपालिका या अन्य सरकारी संस्थाको हक छैन केवल ३ करोड जनताको साँझा सम्पत्तिको कर्मचारी, नेताहरुले मिलेर दुरुपयोग गर्ने अधिकार छैन यी सबधैलाई कारवाही हुनु पर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *