बिरामी मरेपछि डाक्टरको के काम

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज देश भ्रष्टाचारमयी भएको छ, जनताको धनजनको कुनै सुरक्षा छैन । राष्ट्रमा रहेको जनताको सम्पति माथि लुटपाट भई रहेको छ । सार्वजनिक सम्पतिको कुनै वास्ता छैन । त्यसबारे कहाँ को सित पुकार गर्ने सुन्ने वालाकोही छैन, जसले जहा पायो त्यस्तै लुटेका छन । साझा सम्पतिको संरक्षण गर्नै पर्दछ, महेन्द्रनगरको मात्र पनि कुरा गर्दा रा.स.स.को भवन र स्काउटको भवन २०२८ सालमा अंचलाधिश टेकबहादुर राईमाझीले बनाउन लगाएका थिए, आज स्काउट भवनको अवस्था जस्तो छ त्यस्तै अवस्था थियो रा.स.स भवनको । रा.स.समा एउटा युवा कर्मचारी शेर बहादुर सिंहले जिम्मा लिएर आज कति सुन्दर निर्माण मर्मत सम्भार गरेको छ प्रसंसनिय छ भने स्काउट भवनको जिम्मेवार को हो थाहा छैन वैवारिसे भएको छ स्काउट भवन ।
त्यस्तै महेन्द्र स्मारकमा स्मारक तोडी शालिक बेपत्ता भएको १२।१३ वर्ष भई सक्यो पुनरनिर्माण गरिएको छैन, गत वर्ष भि.न.पा.का कार्यकारी डागीले र यहाको हेल्प नेपाल लगायतका संस्थाहरुको सहयोगमा मर्मत सम्भार भयो, फुल विरुवा रोपण गरी सुन्दर बनाएको छ तर राजा महेन्द्रको शालिकको अझै पुनरस्थापना गरिएको छैन त्यो पनि नेपाली जनताको सम्पति हो ।
महेन्द्रनगर नगर विकास समितीले राजमार्ग दक्षिण मुल सडक पुर्व ओपेरा जाने बाटो उत्तरको भु–भागमा साङ्गठनिक लुटपाट भई नयाँ भवन निर्माण गरेका छन र गर्दैछन । नक्सा पास कसैले पनि गराएको छैन न.वि.स.को बदमासीमा नगरपालिकाले पनि कसरी सहभागिता जनाएको छ भने नक्सा पास नगराई बनाउन दिएको छ कुनै रोक टोक नै भएन । यदि नगर बिकास समिति भन्दा मालपोत, शहरी विकासको प्रमुख प्रमुख जिल्ला अधिकारी, नगरपालिका, राजनीतिक पार्टीहरुका प्रमुखहरु सो समितिमा रहेका छन यति समुहको साझेदारी हुदाहुदै उक्त जग्गा अतिक्रमण गरी महेन्द्रनगरको गुरुयोजनामा नै आक्रमण भएको छ । समितिका सबै सदस्य चुप छन २० जना व्यापारीहरुले रोकथाम गरी गुरुयोजना बाचाई सार्वजनिक सम्पतिको संरक्षण गरियोस भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर तथा जिल्ला प्रशासनमा पनि निवेदन दिएका थिए त्यस्तै यही दिशानिर्देश पत्रिकाले कयौ पटक त्यसबारेमा समाचार, सम्पादकिय लेख जनभावना प्रकाशित गरेको थियो कसैले सुनेर कारवाही हुनुको सट्टा साङ्गठित अपराधको नाईके नियुत्ती गरी त्यही नाईकेद्वारा रिसिवत भ्रष्टाचारको धन, संकलन गरी सम्बन्धित सबै पदाधिकारीहरुले वितरण गरेर चुप बसेका होईनन् भन्ने कुनै आधार छैन, किनभने नगर विकास समितिमा एक जना मात्र नभई १०÷१२ जनाको समिति छ, यदि सम्पूर्ण समितिका सदस्यहरुले सही छाप गरेका छन् भने उनलाई समेत रित नपुर्याई जनतालाई किन ठग्यो र समितिको अध्यक्षले मात्र व्यक्तिगत हिसावले वितरण गरिएको हो भने निजलाई र निजले सहभागीता गराएको अन्य एजेन्टहरुलाई सार्वजनिक सम्पत्ति हिनामिना गरे बाफत त्यसको मुल्यांकन गरी के कति क्षति पुर्याईएको छ सोही आधारमा सांगठनिक अपराध गरे वाफत सम्पूर्ण टिमलाई र सहभागीलाई समेत कारवाही हुनुपर्ने जनताको भावना रहेको छ । जस जसले यहाँ अतिक्रमण गरेको यो क्षेत्र यिनीहरुको मात्र नभई यसमा सम्पूर्ण देशबासीको हक हिस्सा भएको हुँदा टेन्डर बडावढ अर्थात नगर विकास समिति स्वयम्ले व्यापारिक भवनहरु निर्माण गरी जुन व्यापारीले व्यापार गर्ने ठाउँ पाएको छैन त्यस्ता व्यापारीलाई दिनुपर्ने देखिन्छ ।
अव यी भवनहरुलाई भत्काएर मात्र पुग्दैन, कारवाही समेत गर्नुपर्छ । जस जसको संलग्नता छ त्यसलाई छानविन गरी वर्तमानको नियम कानून बमोजिम समेत कारवाही हुनुपर्नेमा ख्याल ठट्टा गरी अधिकार प्राप्त अधिकारीहरु डराईरहनुको अर्थ के हो किन कारवाही गरिएन, आज एक महिना भित्र भवन टहरा हटाउने भनि सार्वजनिक सुचना प्रकाशित भएको पाइन्छ त्यसमा कुन कुन भवनहरु कुन कुन घडेरीहरु अवैधानिक र वैधानिक कुन कुन हुन भनेर छुट्याउनु पर्ने पनि देखिन्छ । यसमा बदमासी गर्नेमा माओवादीको अध्यक्ष पनि छ, कांग्रेसको अध्यक्ष पनि छ, एमालेको अध्यक्ष पनि छ, राप्रापाको अध्यक्ष पनि छ, मधेशी पार्टीको कार्यकर्ताहरु पनि नगर विकास समितिका अध्यक्ष भएकै हुन्, कुन अध्यक्षको अध्यक्षतामा अवैधानिक बैठक बसी या नबसी साँझा सम्पत्तिको लुटपाट भएको हो, त्यसको छानविनको लागि उच्च स्तरीय आयोग गठन हुनुनपर्छ र त्यही आयोगले के कति वैधानिक र के कति अवैधानिक हुन भनेर किटान गरिदिनुपर्ने अर्को पाटो रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *