क्रिसमस पर्वको अर्थ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालमा पनि इसाई अनुयायी ३० लाख भन्दा पनि बढी भएछन् । १२ हजार चर्च अझ बृद्धि हुदै गएका समाचार निरन्तर आईरहेको सान्दर्भमा क्रिसमस डे पनि धुमधामले मनाईएका सञ्चार माध्यमहरुबाट सुनियो यस पर्वको अर्थ खास गरी नेपाली समाजमा के हो त भनि हामी सर्वसाधारणमा जिज्ञासा उठ्नु स्वभाविक भएको हुनाले समय सन्दर्भलाई दृष्टिगत गरी अभिव्यक्त गर्ने प्रयास हो ।
इसा मसीह (जेसस क्राइष्ट) लाई इसाई अनुयायीहरु भगवानको रुपमा सम्झन्छन् तर इसाई नभएकाहरुले के सम्झने भन्ने प्रश्न उठ्नु पनि स्वभाविकै हो । वस्तुतः महामानवहरुको श्रृङ्खलामा येशु लगायत कृष्ण, बुद्ध यी सबै स्तुत्य छन त्यति मात्र होइन मुस्लीमहरुका पैगम्बर मोहम्मद, सिखहरुका दश गुरुहरु, रैदाश चमार, संत कवीर, मीरा वाई विवेकानन्द, रामकृष्ण परम हंश, ओशो रजनीश शिवपुरी बाबा यी तमाम मानवका अत्यन्त विकसित रुप हुन, किन त्यसो भएको होला, किन यिनी पुज्य भएछन् ? यसको जिज्ञासा स्वभाविक छ अन्तश्चेतनाका पवित्रद्वार भित्र प्रवेश गरी प्रकाश पुञ्जलाई प्रत्यक्ष आत्मसात गर्न सफल भए प्रभु कृष्णबाट गीतामा आज्ञा भएको छ ।
“मेरा तिम्रा जन्म धेरै वितेका छन् परन्तप” जानेको छु सबै मैले जान्दैनौ तिमीले सपै बासुदेवको स्वरुप धेरै जन्मपछि प्राप्त हुन्छ येशुको अर्थ र मनका अवस्थाहरुलाई बुझ्न जरुरी छ । ४ अवस्था हुन्छन् भनि तत्व दर्शीहरुले बताएका छ ।
मुर्छित, अर्ध मुर्छित, सामान्य र असाधारण Xlon Consious, Sul consious, Normal consious, super consious. । महामानवहरु Super consious अर्थात मनको उच्चतम विन्दु समेत पार गरी प्रकाशमान भएका हुन । त्यसैले जुनसुकै पन्थ जातजाति, समाज र राष्ट्रको भए पनि उच्चतम अवस्थामा पुगेका मानव सबै स्तुत्य र पुण्य हुन । यिनलाई कथित धर्मका नाममा वर्गिकरण गरी घृणा र द्वन्द्व फैलाउने दानवीय प्रवृति मानवतामा कलंक हो, दुर्भाग्यवश धर्मका नाममा भएका हत्या हिंसा क्रुरता र दानवीय प्रवृत्ति सर्वाधिक र खतरनाक रहेको ऐतिहासिक तथ्य हो यसमा तर्क वितर्कको कुनै गुन्जायश छैन हुन सक्तैन सत्रौं शताब्दीमा इसाई र मुस्लिम बीचमा धर्मकै नामले भएको द्वन्द”Crushed” का नामले कुख्यात छ । आज विश्वमा आतंकवादको कालो छाया व्याप्त छ यो पनि धर्म कै नाममा इस्लामिक आतङ्कवाद भनि चर्चित भएको छ । तेस्रो विश्वयुद्धको आधारभूमी बन्दै गएको छ । यी धर्मका प्रवर्तकहरुले प्रकासको दिव्यरुप देखे अनुभूत गरे पश्चात दिव्य बचन दिए, दुर्भाग्यवश अनुयायीहरुले दुरुपयोग गर्दै आफ्नैै किसमले व्याख्या र अर्थ बुझाउन लाग्ने इसाईहरुमा कैथोलिक, प्रोटेष्टेण्ट आदि विभाजित रुप जस्तै इस्लामीहरुमा सिया सुन्नी बोहरा दाउद आदि पन्थ खडा भए बौद्धहरुका महायान हीन यान, सिखहरुमा निहङ्ग निरंकारी आदि जस्तै हिन्दुहरुका ३३ कोटी देवता भने झै त्यति पन्थ समुदाय खडा भए सन्यासीहरुमा नागा आदि ३ खडा छन । यी सबै छत्र धारण गर्दै राजशी जीवन घर गृहस्थिका तमाम विकृति भित्र्याउन तल्लिन छन् । यी महाधीशहरुका आफ्नै मठ आश्रममा आनबान र शानका साथमा दुनियादारीमा लिप्त देखिन्छन्, स्वामी, बाबा आदि नाम धारण गर्दै पुजनीय संझाउछ, कतिपय ढोगी नराधमहरु सन्यासीका भेषमा यौन हिंसा ठगी आदि गर्ने अपराधमा लिप्त हुँदा जेल जीवन पनि विताई रहेका छन् ।
मुस्लिमहरुमा महिलालाई दाशीको रुपमा सम्झने मन लागे जति विवाह गर्ने ३ तलाक भन्दै छोडी दिने मुताहा विवाह भनि अल्प समय भोग गरी छोड्ने जस्ता कुकृत्य सामान्य जस्तै छन् ।
इसाई पन्थका प्रवर्तक प्रभु जेसस क्राइष्ट भगवानकै अवतार दिव्य पुरुष थिए उनका दिव्य बचन मोक्ष दायीनी थिए दुर्भाग्यवश त्यसमा लागेका मठाधीश पादरीहरुका दुष्कृत्य यौन दुराचार बाल यौनाचारका हजारौ घटना अपराध प्रकाशमा आएका छन, सर्वोच्व धर्मगुरु पोप स्वयंले चेतावनीको स्वरमा अपराध गरेकोमा पश्चाताप गर्न निर्देशन दिए, यी बाहेक पनि चर्च निरस जस्तै निर्जिव बन्न पुगे, के होला त यसको कारण ? महान येशुको मौलिक ज्ञान समय क्रमले नासिदै स्वार्थ लोप्त वर्गले आफू अनुकुल समाजमा झुठो प्रतिष्ठा जमाउन गलत आपराधिक रुपान्तरण गरेको हुनाले अर्थको अनर्थ हुन गयो, गरीव मुलुक र मानिसहरुलाई प्रलोभित गर्दै कथित धर्म प्रचारकका नाममा नव सम्राज्यवादको जग बसाउने धृष्टता गरे, हालै सम्पन्न पेशिफिक सम्मेलनमा त एकनाथ ढकाल भन्ने व्यक्तिले दक्षिण कोरिया कि मेडम मून हाकलाई येशुको छोरी भन्दै सम्पुर्ण नेपाल राज्यका प्रतिनिधिहरुलाई पवित्र जल छर्केर शुद्ध पार्दै अरबौंका रकम खर्चेर शत्मी प्रदर्शन गरे जुन बामपन्थि अस्त्विकै लागि कालकुट हुदैछ । जेसस क्राइष्टले त्यसरी प्रकाश पुञ्जको अनुभूत गरेका थिएनन्, गुलावको सुगन्ध फैलाउन केही खर्च वा प्रचार गर्न पर्दैन, मिसावट गरी स्वार्थ शिद्ध गर्न खोज्दा अमृत पनि वीष समान हुन्छ । क्रिसमस पर्वको पावन अवसरमा प्रभु येशु मसीह प्रति नमन हुदै त्यसलाई विकृत नपार्न सादर बन्दना छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *