कृषक तरकारी खेती तर्फ उन्मुख

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, १४ पौष
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रका स्थानीय कृषिक तरकारीखेती तर्फ उन्मुख भएका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुनेभएपछि उनीहरु तरकारी खेती तर्फ उन्मुख भएका हुन् ।
निकुञ्जबाट आउँने जंगली जनावरले अन्यखेती सखाप पारिदिने भएपछि उनीहरु तरकारी खेती लगाउन थालेको बताएका छन् । भीमदत्त
नगरपालिका–१४ बनकट्टीका स्थानीय कृषक तुलसीराम रानाले डेढदशकदेखि तरकारी खेती गरेको बताए । उनले विस २०६१ सालदेखि तरकारी खेती गरेको बताए । उनका अनुसार शुरुवातमा करेसाबारी जस्तै एक कट्टामा मात्रै तरकारी खेती गरेका थिए ।
तत्कालिन अवस्थामा जिल्ला कृषि विकास कार्यालयबाट तरकारीखेती तालिम लिएर तरकारीखेती शुरुवात गरेका थिए । उनले अहिले निड्स नेपाल कञ्चनपुरको सहयोगमा १२ कट्टा जमिनमा तरकारी खेती गरेका छन् । निड्सले तालिम र तरकारीखेतीका लागि सहयोग गरेपछि तरकारी खेती गर्न लागेका हुन् । रानाले खुर्सानी, काउली, बण्टा, गोबी, खिरा लगायतका तरकारी उत्पादन गरेका छन् । उत्पादन गरेका तरकारी महेन्द्रनगर स्थानीय बजारमा बिक्रि वितरण गर्दै आएका छन् । कृषि रानाले सिँचाई र जंगली जनावरबाट हुने नोक्सानी रोक्नदिन माग गरेका छन् ।
बार्षिक डेढ लाख बचत हुने गरेको उनले बताए । निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले अनुकुलन एक्स परियोजना अन्र्तरगत जिल्लाभरीका ६ हजार ६०० घरधुरीले व्यवसायीक तरकारी खेती गरेको बताए । उनका अनुसार तरकारी पटेक क्षेत्र विस्तार गरेर खेती गरिएको छ । एक विगाहदेखि पाँच विगासम्म तरकारी खेती गरेका कृषकले एकदेखि ५लाख रुपैयासम्म जम्मा गर्दै आएका छन् । निड्स नेपाल कञ्चनपुरले भीमदत्त र शुक्लाफाँटा नगरपालिका संचालिक योजनाको संयुक्त अनुगमन समेत गराएको छ । प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, महेश दत्त जोशी, लाल बहादुर खडका, मान बहादुर सुनार, कुलबिर चौधरी लगायत जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्ग, प्रधानमन्त्री कृषि आधुनिकि
परियोजना प्रमुख टिकाराम थापाले अनुगमन गरेका छन् । अनुगमन गर्दै प्रदेश सासंदहरुले परियोजनाबाट प्रत्यक्ष लाभ लिएको बताएका छन् ।
प्रदेश सभा सदस्य मान बहादुर सुनारले भीमदत्त नगरपालिका १४ मा जंगली जनावर नियन्त्रणका लागि तारबार र सिँचाईका लागि व्यवस्था गर्न पहल गर्ने प्रबिद्धता जाहेर गरे ।
यस्तै अर्का प्रदेश सभा सदस्य महेश दत्त जोशीले शुक्लाफाँटा क्षेत्रका किसानका लागि अनुदान एव मेसिन खरिदका लागि पहल गर्ने बताउदै
सहकारीमा आबद्ध हुन किसानलाई आग्रह गरे । सहकारीमा आबद्ध भएसंगै किसानलाई विभिन्न रातह,उपकरण एवं समाग्री उपलब्ध गराउन सहजहुने बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *