जैविक पर्यटन मार्ग म्याराथन मार्च आज

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, १४ पुस
जैविक पर्यटन मार्ग म्याराथन मार्च आज हुदैछ । भीमदत्त नगरपालिकाको आयोजना हुन लागेको म्याराथनको सबै तयारी पूरा गरिएको छ । आज ८ बजेदेखि म्याराथन मार्च सुरु हुनेछ । भीमदत्त समृद्धिको आधार, पर्यटन, शिक्षा, कृषि र व्यापार भन्ने नाराका साथ आइतबार जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च हुँदैछ ।
‘भीमदत्त नगरपालिकामा पहिलो पटक प्रतियोगिता हुँदैछ, यो इतिहास हो, यसलाई भव्य र सभ्य बनाउने गरी तयारी गरेका छौ’ नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘प्रतियोगिता सफल बनाउन सबै क्षेत्रबाट सहयोग पाईरहेको बताए । प्रतियोगिता तयारी मूल समितिका संयोजक भीनपा सामाजिक विकास समितिका सभापति हरक सिह धामीले आइतबार विहान खुला मञ्चमा प्रतियोगिता उद्घाटन गरिने बताए । ‘विहान खुला मञ्चमा प्रतियोगिता औपचारिक रुपमा उद्घाटन हुन्छ’ उनले भने पूर्व मन्त्री संघीय
सरकारका साँसद घनश्याम भुसालले नेपाली एथ्लेटिक्सका महान पुरुष दक्षिण एशियाली खेलकूदका किर्तिमानी खेलाडी बैकुण्ठ मानन्धरको उपस्थितिमा उद्घाटन गर्ने भएका छन् ।
‘खुला मञ्चमा विहान निर्धारित समयमा उद्घाटन हुन्छ, त्यसको तयारी गरिएको छ’ उनले भने,‘उद्घाटनमा सहभागी हुन सबै नगरवासीमा आव्हान गर्दछौ ।’उद्घाटन कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल सहित प्रदेश साँसदहरु, राजनीतिक दलका नेता, सरकारी अधिकारी, जनप्रतिनिधि, खेलाडी, स्थानीय सहभागी हुने छन् ।
तयारी मूल समितिमको संरक्षक भीमदत्तका नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट संरक्षण र सह संरक्षक नगर उप प्रमुख सुशिला चन्द सिह छन् । तयारीका लागि १० उप समिति गठन गरिएका छन् ।
म्याराथनसंगै मार्च समेत राखिएको छ । मार्चमा १० हजार भन्दा बढी स्थानी सहभागी हुने अपेक्षा गरिएको छ । स्थानीयले म्याराथन मार्चका लागि नगरका विभिन्न स्थानमा स्वागत द्वार बनाएका छन् । म्याराथनमा विद्यार्थी, महिला र पुरुष सबै सहभागी हुन लागेका छन् । म्याराथन अन्र्तगत सबैभन्दा ठूलो २१ किलोमिटर खुल्ला पुरुष दौड प्रतियोगिता आयोजना गरिनेछ । यो दौड खुला मञ्चबाट सुरु भएर खैरेनी, तिलकपुर, जैविक मार्ग हुँदै ब्रह्मदेब बजारसम्म हुनेछ ।
अन्य दौड नयाँ तिलकपुरस्थि बैजनाथ माध्यमिक विद्यालयबाट सुरु हुने छन् । छात्र छात्राका लागि ५ किलोमिटर र महिलाका लागि १० किलोमिटर दौड राखिएको छ । छात्र छात्रा अन्र्तगत एक विद्यालयबाट ५ छात्र र ५ छात्रा गरी १० विद्यार्थीले भाग लिन पाउने छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयदेखि छैठौ स्थानसम्मका सहभागीलाई नगद पुरस्कार सहित पदक र प्रमाण दिने व्यवस्था गरिएको छ । यसमा पहिलोलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार, चौथोलाई तीन हजार, पाँचौलाई १ हजार ५ सय र छैठौलाई १ हजार नगद पुरस्कार राखिएको छ । महिलाहरुका लागि खुला १० किलोमिटर म्याराथुन प्रतियोगिता राखिएको छ । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार तथा पदक र प्रमाण दिइनेछ ।
प्रतियोगिता अन्र्तगत सबैभन्दा बढी पुरस्कारको पुरुष खुला हाफ म्याराथुन दौड प्रतियोगिता छ । यो दौडमा प्रथम हुनेलाई ३० हजार, द्वितीय २० हजार र तृतीयले १० हजार नगद पुरस्कार सहित पदक र प्रमाण पत्र पाउने छन् । महेन्द्रनगर बजारको खुला मञ्चबाट सुरु हुने दौड २१ किलोमिटरको हुनेछ । यसमा सहभागी हुनेले खुला मञ्च, भानुचोक, खैरेनी, नौलाखेत, बैजनाथ मावि नयाँ तिलकपुर हुँदै ब्रह्मदेबसम्म २१ किलोमिटर दौड्नु पर्नेछ । प्रतियोगिताको ब्रह्मदेब बजारमा समापन गरिनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *