देशको धर्म हुदैन तर देशको पहिचान हुन्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाल यौटा बिश्वमा नै विशाल राष्ट्र हो । विशाल राष्ट्रका नेताहरु बिराट हुनु पर्नेमा मतिहराम जस्ता भएका छन । नेपाली सिधासादा जनतालाई भ्रममा पार्ने देशको धर्म हुदैन भन्दै आएको कुरा सर्वत्र देखिएको छ । देशवासीहरुको धर्म हुन्छ तर देश जमीनको धर्म हुदैन तर जुन धर्मको बाहुल्यता छ त्यही बाहुल्यताले अंगालेको धर्म नै देशको धर्म हो ।
परापुर्वकालदेखि चलिआएको धर्म २०१९ को संविधान होस वा २०४७ को संबिधानले चली आएको हिन्दु धर्मको उपेक्षा गर्नु हुदैन भनेर नेपाली जनताका भावना समेटेर राखेकै हुन ति दुवै संबिधानमा । विश्वका देशहरुमा मुस्लिम तथा क्रिश्चियन राष्ट्र जीवित छन त्यहा अरु धर्महरुको बहुमत छैन भने अर्को कुरा विश्वयुद्धहरुको समयमा बिश्वबाट हर तरहले नेपाल पसेका २÷४ परिवार क्रिश्चियनहरुले नेपालको नागरिकता लिदैमा सबै धर्मको समान बाहुल्यता छ भन्नु नेपाली नेताहरुको भुल हुनेछ । जुन देशमा अल्पमतको सरकार बनाउने नियम छैन धर्ममा मात्र किन अल्पमतको, धार्मिक सरकार बनाउने । सरकार बनाउदा किन बहुमतको हुनु पर्ने ? अल्पमतको सरकार बनाए के हुन्छ । विश्वको पहिचानमा रहेको विश्वहिन्दु राष्ट्रलाई आज निरपेक्ष राष्ट्र किन बनाउनु पर्यो । जनताका मतबाट देश चलाउने कि क्रिश्चियन राष्ट्रहरुको धन मत निर्देशनबाट चलाउने ? धर्मको कुरा मात्र हैन समानताको कुरा पनि हो हामीले सम्पुर्ण देशवासी जो सुकै भएपनि एकनासले हेर्नु पर्दछ । यो विश्वजगत हरेक प्राणी, मनुष्यहरुको बसोबास छ, हरेक ठाउँ देशको अलग अलग पहिचान रहेको हुन्छ त्यही पहिचान खोज्न पृथ्वीलाई उत्खनन गरी पुरानो सभ्यताको पहिचान खोज्नमा विश्व लागि परेको छ । मक्कामदिनालाई मुस्लिम देशहरुको वा मुस्लिमहरुको तिर्थस्थलको रुपले विश्वमा परिचित भएको छ भने नेपाल, भारतको लुम्बिनी, बौद्धगया, रामेश्वर धाम, केदारनाथ, पशुपतिनाथ, बद्रिनाथ, अयोध्या, प्रयागराज लगायतका तिर्थस्थलहरुमा करोडौ जनताको एकसाथ उपस्थिती रही परमपिता परमेश्वरको अदृश्य दर्शन लिलाको खोजीमा हिन्दुमात्र हैन मनुष्यजाती नै भडकि रहेको हुन्छ । त्यस्तै मक्का मदिनामा पनि विश्वभरिका मुशलमानहरुको श्रदेय स्थल रहेको छ ।
त्यस्तै क्रिश्चियन राष्ट्रहरुमा पनि साझा चर्चहरु छन । सबै भन्दा पुरानो धर्म हिन्दु धर्म भएकोले हिन्दु बेद पुराणहरुबाट मुसलमानहरु प्रभावित भएर हिन्दुधर्मलाई नै आफ्नो माउ धर्मको रुपमा पनि ग्रहण गरि रहेका छन । विश्वमा सबै प्राणीलाई आफ्नै परिवार ठान्ने हिन्दुधर्म मात्र भएकोले यसको छत्रछायामा रहन मुसलमान पनि चहान्छन कुनै पनि मुसलमान आफ्ना धर्मको प्रचार गर्दैन हिन्दु पनि गर्दैन तर क्रिश्चियन धर्मावलम्बीहरु विश्वभरी आफ्नो प्रचार प्रसार गर्दै अरु धर्मावलम्बीहरुलाई आफ्नो धर्ममा प्रबेश गराउन दिलो ज्यानले लागि परेका छन । धर्म सबै समान हुन ईश्वर एउटा मात्र हुन भनेर कल्पना त हिन्दु मुसलमान, क्रिश्चियन सबैले गर्दछन । भारत ठुलो राष्ट्र छ त्यहा हिन्दुहरुको संख्या सबै भन्दा बढी छ र हरेक हिन्दु आफ्नो धर्मको पक्षमा ईमान्दारीका साथ लागि रहेका छन भने नेपालमा सम्पुर्ण हिन्दुहरु नै बढी छन तर गरिबीको कारणले मात्र नभई धार्मिक स्वाभिमान गुमाएकाहरुको पत्ता लगाई क्रिश्चियन राष्ट्रहरु खरिद बिक्री गर्ने खेल खेली रहेका छन । अधम धार्मिक अपराधि नेपालीहरु पेसाको लोभमा वेस्याझै फसेका छन । एक वेस्यालाई कुनै देश, जात, भातको वास्ता हुदैन केवल धनको आडमा आफ्नो जीवन दान लिने दिने काम गरेझै नेपालका साधारण मानिसदेखि नेता प्रधान मन्त्रि, पुर्वप्रधान मन्त्रिसम्मका व्यक्तिहरु होली बाईनले पबित्र बनी बहकावमा लागि देश र आफ्नो ईज्जतको परवाह नगरी क्रिश्चियन धर्मको फन्दामा फसि विश्व हिन्दु राष्ट्रको बेइज्जति हुने गरी अघोषित हिन्दु धर्म त्यागी समग्रमा नेपाललाई नै धार्मिक निरिह राष्ट्रको श्रीजना गर्दैछन । जसरी खुट्टामा बिझेको काडा काडाबाट निकाले झै नेपालमा नेपालीहरुबाट नै हिन्दुधर्म माथि आघात पुर्याउन लगाएको छ । जहा जो कमजोर देखिन्छ त्यस माथि क्रिश्चियन धमर्नवलम्बीहरु आक्रमण गर्दा रैछन भन्ने कुरामा प्रष्ट कसरी भए भने २०३९/४० साल तर्फ मेरो परिवार बिरामी पर्दा मैले उपचारको लागि भारतको पोलीगन्ज अस्पताल मझौलामा भर्ना गरे । २०/२५ दिन त्यहाँ उपचार गर्दा जो विस्तराबाट उठन सक्दथे विहान अस्पताल खुल्ने बेला डाक्टर सहितका सम्पुर्ण स्टाफहरु हमेसा (प्रार्थना) बाईबल पढ्ने बेला बिरामीहरुको पनि उपस्थिती गरिन्थ्यो र भन्दथे हे येसु हामीलाई चाडै निको पारिदेउ र हामीहरुलाई पनि बिरामीहरुको उपचार गर्ने सक्तिदेउ भन्ने गर्दथ्यो ।
यस्तै थियो जो मर्का र दुःखमा परेका थिए छन् । जस दिने पाउने तरिका अपनाउछन् क्रिश्चियनहरु गरिबी, हेपाई, बिरामीको पक्षमा रहेर सेवा गर्दछन केवल धर्मको लागि भारतको पिथौरागढमा १०० वर्षको लागि क्रिश्चियन स्वास्थ्य केन्द्र चन्डाक भन्ने ठाउमा रहेको थियो जब म कक्षा ७ मा पढ्दथे म १५/१६ वर्षको थिए । आमा बिरामी परिन र त्यहा उपचार गर्ने मेडम छन रोग निको हुन्छ भन्ने प्रचार थियो । आमा पनि अस्पतालमा ३।४ दिन बस्दा निको भैहाल्यो भनेर अधुरो उपचारपछि घर फर्किए । हुन पनि बिरामीको राम्रो सेवा गर्दा रहेछन । डडेल्धुराको पोखरामा पनि टीम अस्पताल थियो । त्यहा सबै बिरामीको उपचार गरिन्थ्यो । खासगरी महारोग टि.भीको राम्रो उपचार गर्ने गरेकि थिईन बिचमा उनले उपचार छोडेकोले अस्पतालबाट उनको घरमा मानिस पठाउन लगाई औषधी पनि खुवाएर फर्के । टीम अस्पतालमा सेवाको भावना जागृत गराएको देख्दा खुसी लाग्यो । यहि असोजमा चन्डाक पिथौरागढको टीम अस्पताल हेर्न गए तर अबधि पुरा भई सकेर फिर्ता गएछन । स्टाफहरु त्यस्तै पोखराको टीम अस्पताल पनि क्षेत्रिय अस्पतालमा परिणत गरी टीम हस्पिटल बन्द गरिएको छ । धर्मको कुरा गर्दा यो देशको धर्म हुनुपर्छ भन्ने होइन कि धर्म त हामी तपाईहरुको हो, केवत यही धर्मबाट विश्वमा पहिचान हुने माध्यम कसरी हो भने २०६२ साल पुर्व नेपाललाई बीबीसीले भन्ने गर्दथ्यो कि हिमालयको गोदमा रहेको विश्वमा एकमात्र हिन्दु राष्ट्रका विश्व हिन्दु सम्राट भनि सम्बोधन गर्दथे । जो मार्मिक थियो कि नेपाललाई विश्वमा दुई किसिमबाट चिनिएको थियो । एउटा सत्यतामा रहेका इमान्दारी नागरिक दोस्रो एक मात्र विश्व हिन्दुराष्ट्र, तेस्रो पहिचान सगरमाथा र लुम्बिनीको देश भनेर चिनिएर सम्पूर्ण नेपालीहरु गौरवान्वित थियौ । आज हिन्दुराष्ट्रको नाममालाई हटाएर धर्म निरपेक्ष गराई नेपालमा विकृति बाहेक के आएको छ । हिन्दु धर्ममा नारी पुरुषको परस्पर सम्मानजनक मिलन हुन्थ्यो भने आजको दिनमा त्यसलाई मेटाउने प्रयास गरी यदि आफ्नो धर्मपत्नीलाई आफ्नो काठामा सँगै रहेको बेला सहवासको लागि परस्परमा कुरा गर्दा यदि चरित्रहिन धर्मपत्नि रहेछ अर्थात मुर्ख पति रहेछ, विमारी अवस्था नभएर पनि समान उमेर र निरोगी रहेको अवस्थामा आफ्नो पतिलाई बलजफतीकरणी गर्न खोज्यो भनेर अदालतमा मुद्धा दिनु र अदालतले सभासदहरुले बनाएको ऐन नियम बमोजिम डेढ वर्ष देखि ५ वर्षसम्म कैद र रु १० लाख जरिवाना गर्नुको अर्थ के हो भने नेपाललाई चाडै जेरुसलम बनाउनु मात्र हो भन्ने हाम्रो मनसाय रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *