बैतडी बिमानस्थलको निर्माण सुधार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–कृष्ण बहादुर चन्द(समाजसेवी, पुर्व कृषि अधिकृत,पाटन न.पा. वडा नं. ६ पाटन गाउँ बैतडी)
पृष्टभुमिः नेपालमा २००७ साल पछि २०१४ सालमा तत्कालिन राजा महेन्द्रबिर बिक्रम शाहदेबबाट नेपालको पैदल भ्रमण गरि सिंगो देश हिमाल, पहाड र तराईलाई समष्टिगत रुपमा बिकासको गतिमा लैजान सदईच्छा गरेअनुसार बिदेशबाट र नेपाली बिज्ञ तथा समेत अगुवाई र पहलकदमीबाट २०१८ साल बैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्ला बनाएर घोषणा गर्नु भएको थियो । तत्कालिन श्री ५ को सरकारको पञ्चबर्षिय योजना अन्तर्गत पहाडी जिल्लाहरुमा साना स्टल बिमानस्थल निर्माण गरी हवाईसेवा उपलब्ध गराउने योजना भएपछि पञ्चवर्षिय आधारभुत नीतिगत योजना अनुसार बैतडी जिल्लाको पाटनमा २०३० साल जेष्ठ महिनामा समेत कार्य सम्पन्न भएको थियो । मजदुरबाट स्थानीय औजार प्रयोग गरी २०३२ साल देखि निर्माण कार्य प्रारम्भ भै २०३५ सालमा बिमान चल्ने भए पछि २०३५ साल फाल्गुन गते प्रथम उडान भएर सेडुल अनुसार हप्ताको १ दिन प्रथमतः बैतडी महेन्द्रनगर र नेपालगन्ज त्यसपछि बैतडी धनगडी नेपालगन्ज त्यसपछि बैतडी महेन्द्रनगर नेपालगन्ज अन्तमा २०५० साल बैतडी नेपालगन्ज काठमान्डौ केही महिना चलेर त्यस बखत देखि हप्तासम्म बिमान सेवा बन्द भएको अबस्था छ । त्यस बखत नेपालमा नेपाली कांग्रेसको एकमना पुर्णबहुमतको सरकार
थियो ।
हाल धेरै जिल्लाहरुमा बिमान सेवा बन्द भईरहेको अबस्था अनुसार हाल बैतडी जिल्लामा रहेको पाटन बिमानस्थलको निर्माण काम स्तरोन्नती र कालोपत्र गर्न २०७४ सालदेखि निर्माण व्यवसायी कम्पनिले काम पाएको र २०७५ आसाडसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको केही कारणले हुनसकेको हाल निर्माण काम चलिरहेको अबस्था छ तर कहिले सम्पन्न हुन्छ भन्ने निश्चित समय किटान नभएपनि ५० प्रतिशत जतिकाम भएको अनुमान गर्न सकिन्छ तर बिमानस्थलको काम गुणस्तर बन्नुपर्छ भन्ने जनताले चाहेका छन ।
बैतडी जिल्ला प्राकृतिक सम्पदाले पुर्ण, धार्मिक मठमन्दिर र सांस्कृतिक संरचनायुक्त रहेको ताल तलैया, ऐतिहासिक प्राकृतिक गुफाहरु, पुरातात्तिक धरोहरा रहेको पबित्र शिखर देबस्थल र खपरेदैत्य मारेको प्राचिन ठाँउ तथा रमणीय स्थलहरुको साथै कृषि क्षेत्रमा उल्लेखनिय बिकास गर्नका लागि उपर्युक्त हावापानी र जमिन छ । जिल्लामा प्रमुख भौगोलिक क्षेत्रहरु क्रमशः पुर्चौडी क्षेत्र, च्वागड क्षेत्र, तल्लोस्वराड क्षेत्र र मध्यबैतडी पाटन क्षेत्र समेत यी ४ वटै क्षेत्रको मध्य भागमा पर्ने पाटनमा रहेको बिमानस्थलबाट क्षेत्रका जनता हवाईसेवाबाट लाभान्वित हुनका साथै दशरथचन्द लोक मार्ग तथा पाटन पञ्चेश्वर सडक यातायात पनि बिमानस्थल रहेकै स्थानबाट चलिरहेको र जिल्ला प्राय सडक सञ्जालसंग जोडिएको अबस्था छ ।
जिल्लामा भएका हवाई सेवाबाट नागरिक आवागमनको सुबिधामा मात्रै निर्भर नरहे जनताको जीवनोस्तरमा सुधार ल्याउन यस्तो सेवाबाट जिल्ला क्षेत्रको बिकास गर्नमा ठुलो टेवा पुग्ने बिश्वास गर्न सकिन्छ । त्यसर्थ उत्पादनशील व्यवसायमुलक उद्यमशील योजना सञ्चालन गर्नमा सम्बन्धित स्थानीय सरकार र निकायहरुको ध्यान जानु पर्दछ । कृषि र पर्यटनको क्षेत्रमा बिकास गरिनु पर्छ, जनता सबैको ध्यान केन्द्रित हुन आबश्यक छ । बैतडीको पाटनमा
रहेको बिमानस्थल बन्नुमा जनतासंग प्रत्यक्ष सरोकार रहेको एक महत्वपुर्ण घटनालाई पनि स्मरण गर्न उचित र सान्दर्भिक हुन जान्छ । त्यो के भने मुल पाटन गाउमा रहेको पाटन सेराखेत २५०० रोपनी रहेको जग्गामा हवाई सेवा बिभागले पुर्वबतबाटै बिमानस्थल निर्माण गर्न योजना, डिजाईन र ईष्टिमेट बनिसकेको अबस्था अनुसार सर्भे गर्न भनी नक्सा अनुसार सर्भेटीमबाट सर्भेको काम पुरा गरी फर्कनै अबस्थामा तत्काल राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व
गरी राख्नु भएका यहालाई पाटन सेराखेतका जग्गावाला व्यक्तिहरुबाट पाटन सेराखेतमा भएको बिमानस्थल सबैको कुरा राखे र यहा स्वपं सम्बन्धि पाटन क्षेत्रमै पुगी जनता र सर्मेटीमका बीचमा समस्या समाधान गर्ने तर्फ पहल कदमी गुर्नभयो जसअनुसार पाटन सेराखेत ९ मौजाका जग्गावाला जनताहरु ठुलो कष्टकरदायी पिडा र मार्काबाट जोगिन गउ, त्यसबखत मुआब्जाको प्रावधान पनि न्युन क्षतिपुर्ति पनि न्युन पाउनलाई पनि झनझर हुने यावत दुःख जनतामाथि आईपर्ने थियो ।
हाल बिमानस्थल भएको प्रति जग्गा जुन २०१४ सालमा स्व.राजा महेन्द्रबाट पैदल सवारी भएका बखत पाटनलाई बिकास क्षेत्री घोषणा गरेकै अनुसार सो जग्गा क्षेत्र रहेको तर आसपासका गाउँले जनताहरुले भाग हिस्सा गरी अपनाउने गरेको अबस्था थियो ।
यदि पुर्व प्रधानमन्त्रि ज्युले सरकारको काम सबै पुरा भैसक्यो । अब बिरोध गर्नु, बदर गर्नु अप्ठ्यारो हुन्छ भनी पक्ष जस्तो गरी दिएको भए जनता ठुलो मार्कामा पर्ने तथा उठीबास हुनुपर्ने स्थिती हुन्थ्यो, तर त्यसो भएन ।
बैतडीको बिमानस्थल निर्माण काम २०७४ चैत देखि शुरुभएको र १२ करोड बजेट खर्च हुने जसमा ५९० मी. लम्बाई र चौडाईको १ चौथाई भाग २५ मी. मात्र (Runway) र पार्किङ (Parking) सम्मको ठाउँ –एप्रोन) कालोपत्र पीच हुने र हवाई ग्राउण्डको सतहदेखि ४० से.मि. गहिराईबाट ड्राई कंक्रिट (Dryconcrete तह अनुसार भएर ५ से.मि. मात्र टपलेअर क्रकिड मिक्स कालोपत्र गरिने आधारभुत योजना रहेको छ ।
यसका अतिरिक्त बिमानस्थल तारजालीबाट घेरिने, गेमनवाल, मेशनरीवाल र नालीको निर्माण कार्य गरिदैछ । बिमानस्थल निर्माण कार्य जगदम्बा चाङमिला र गल्वा यी तीनवटै निर्माण सेवाहरुको संयुक्त रुपमा सहकार्य रहेको जसमा जगदम्बा निर्माण कं.का ठेकदार अमर बिष्ट मुख्य व्यक्ति रहेको हाल बिमानस्थलको निर्माण काम ठेकेदार दान सिंह रावलले गर्नु भएको छ समयबतः २०७६ बैशाख, जेष्ठसम्ममा बिमानस्थलको सम्पुर्ण काम पुरा हुनसक्ने छ भन्ने कुरा समेत नागरिक उड्डयन प्राधिकरणका स. योजना प्रबन्धक Asst. Project Manager समबृद्धि श्रेष्ठबाट बुझिएको छ । तत्कालिन द्धन्दरथ माओवादीबाट ध्वस्त बिमानस्थलको टावर त्यधबच र भौतिक संरचना पुनर्निर्माणको काम हवाईसेवा बिभागबाट हुन बाकी रहेको अबस्था छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *