धर्म निरपेक्षता र धर्म परिवर्तन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–कृष्ण बहादुर चन्द (समाजसेवी, पुर्व कृषि अधिकृत
पाटन न.पा. वडा नं. ६ पाटन गाउँ बैतडी)
धर्म निरपेक्षताको उत्पत्ति युरोपमा भएको हो मध्यकालीन युगमा युरोपमा सधै राज्य र चर्च बीचमा धार्मिक द्वन्द्व र लडाई भईरहने राज्य सञ्चालनमा कसको बर्चस्व रहने तथा राज ठुलो कि चर्च ? भन्ने लडाई लामो समयसम्म रह्यो यस अबस्थामा सन् १६४८ मा बेलायतको वेष्ट फलिया westphalia मा भएको सन्धि अनुसार राज्यले शुसासन र भौतिक आवश्यकता परिपुर्ती गर्ने र चर्चले आध्यात्मिक बिकास गर्ने निर्णयलाई धर्मनिर्पेक्षताको सुत्र मानियो जस अन्तर्गत ईश्वर र स्वर्गलाई बिश्वास गरिदैन र यसको सिद्धान्त हिन्दु, मुस्लिम, र बुद्ध धर्म भन्दा बिल्कुलै फरक र यिनका बिरुद्ध छ अंग्रेजीमा धर्मनिर्पेक्षलाई Secularism भनिन्छ ।
धर्मनिर्पेक्षले जातजाती भाषा भाषी धर्म संस्कृति, भेषभुषा, खानपानमा भिन्नता क्षेत्रियता आन्तरिक भिन्नता र मौलिकतामा खललता र मतभेद सृजना गर्दछ । नेपालमा २०६३ साल जेष्ठ ४ गते मध्यरातमा पुनस्थापित संसदले प्रतिनिधिसभाको घोषणा २०६३ का नामबाट गर्यो र घोषणाको दफा ८ मा नेपाल धर्म निर्पेक्ष राष्ट्र हुनेछ भनिएको छ । केही महिनापछि नेपालको अन्तरिम संविधान (२०६३/९/४) ले स्वतले नेपाललाई धमनिर्पेक्ष राष्ट्र घोषित गरियो । नेपालको एकिकरण भएपछि १०४ वर्षको जहानिया निरकुंश राणा शासन हटाउन नेपाली जनता र राजा सहित मिलेर नेपाली कांग्रेसको अहम भुमिका रहेको प्रजातन्त्रमा बिश्वास राष्ट्रियता तथा मौलिक आ आफ्ना धर्म संस्कृति, रहनसहन, भेषभुषामा, भाषाभाषीको महत्व कायम राख्ने र बिश्वास गर्ने, बिकासको नारा देशव्यापी रुपमा प्रसार गर्नु एवं बी.पि. कोईरालाबाट प्रतिपादित गरेको समाजबाद उन्मुख भएर तदनुसार कार्य गर्दै जाने भनिएको नेपाली कांग्रेस प्रजातन्त्रको पुनर्बहाली पछि २०४७ साल यता २०७४ सालसम्म २७ वर्षको अबधिमा २४ वटा सरकार बनि सकेको र सब भन्दा बढी अर्थात् ७५ प्रतिशत जति नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन भएको र ३ पटक बहुमत प्राप्त गरेको तथा २०४८ को प्रथम बहुमतको सरकार समेत आफ्ने कारण ३ बर्षमै ढल्न गयो, जसका कारण देशमा अस्थिरता, भ्रष्टाचार मौलाएको, मुलुकले शुसासन नपाएको, संस्कृति संरकार र ईतिहासको उपहास भएको जस्तो अबस्था भोग्नुपरेको यथार्थता प्रष्ट छ ।
हाल नेपालमा ७६१ सरकार बनी सकेको अबस्था छ ७ प्रदेश रहेको नेपालमा प्रतिप्रदेशलाई १०७ भन्दा बढी सरकारहरु भागमा पर्दछन्, यसैले अब सकरात्मक
परिवर्तन र जनताको दुःख, कष्ट गरीबिपन दुर हुन्छ भनिएको छ । संघीयता अनुसार ३ सरकारसंग जनताको सम्बन्ध हुन्छ ।
राष्ट्रिय धर्म सभा–
नेपालको अन्तराष्ट्रिय उद्देश्य अनुसार बैदेशिक सनातन हिन्दु धर्मको अबछिन्न परम्परा कायम राख्न २०६५ सालमा स्थापना भएको संस्था हो । नेपाललाई सनातन धर्म सापेक्ष, हिन्दुराष्ट्र बनाउन राष्ट्रिय भावनाको बिकास गराउन दृढसंकल्प गरेको छ । छैटौ सताब्दीमा पशुपतिनाथको मन्दिर स्थापना भएको हो । उन्नाईसौ शताब्दीमा बिधर्मिहरुबाट बचाउन “अस्ली हिन्दुस्तान” नेपाललाई भनिएको छ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायणशाहले एकिकरण गरेको देश नेपाल बनेको र हामी नेपाली भएर आज गर्ब गरेका छौ । दिब्य उपदेशमा पृथ्वीनारायण शाहले नेपाललाई सबै जातजातीका फुलबारी हो भनेका छन । धार्मिक स्वतन्त्रता अनुसार हिन्दु धर्म सहनशीलता र धार्मिक स्वतन्त्रतामा आधारित छ र यो एउटा उदार धर्म हो किनभने बाध्यता र अनिवार्यता छैन यथार्थता हिन्दुधर्मका सिद्धान्त नै “सर्बधर्मसत्रभाव” हो तर हिन्दु धर्मका बिरुद्ध कुनै पनि कृयाकलाप गरिनुहुदैन । बैदिक साहित्य र धर्म तथा बेद सनातन धर्म हिन्दुधर्मको मुल आधार हो । विश्वको सबै भन्दा पहिलो ग्रन्थ बेद हो भन्ने कुरामा बिज्ञहरु सबै एकमत छन् । यसैले बेदलाई बिज्ञानको पनि बिज्ञान हो (Bed is science of science) भनिएको छ । ऋखवेद बिश्वकै प्राचीन ग्रन्थ हो । हिन्दुहरु बिश्वका ९९ देशहरुमा छरिएर बसेका छन् सन् २०१० मा अमेरिका कांग्रेसमा प्रस्तुत गरेको रिपोर्ट अनुसार १२७ देशहरु धर्म सापेक्ष राष्ट्रहरु छन् । धर्ममा आधारित शासन व्यवस्था गर्न राष्ट्र २ छन् ईस्लामिक गणतान्त्रिक ईरान र भेटिकन सोटी क्याथोलिक धर्म राज्य हो । pope प्रमुख मानिन्छ । ६७ देश धर्मनिर्पेक्ष छन् । देशभक्त नेपालीका लागी बिषम स्थिती र प्रतिकुल प्रभावबाट मुक्त हुन सुधारका लागी हामी नेपालीहरुले नै नेतृत्व बर्ग, राज्यका कृयाशील अंगहरु तथा पे्रस जगत एवं राष्ट्रभक्त नेपाली स्वयबाट अग्रसरता गर्नु पर्दछ अर्थात् असल काम र भावनाको बिकास र गलत प्रबृति, मानसिकता र कार्यलाई निरुत्साहित गर्दै जानु नागरिकको आदर्शता र जिम्मेबारी हुन आउँछ ।
ईमेज च्यानल त्ख् संग ब. पत्रकार होमनाथ दहालः सम्बाद
मिति २०७२।४।२८ गते बिहान
प्रसारण गरिएको । मिति २०६३ साल जेष्ट ३ गते राजनैतिक दलको बैठक बसेको जसमा सितातामाङ लगायतका नेता ब्यक्ति सहभागी थिए । सिता तामाङले प्रस्ताब राखेका जसमा धर्मनिर्पेक्ष भन्ने विषय र सवाल नेपाली जनतासंग गहिरो प्रत्यक्ष सम्बन्ध राखेको बिशेष गहन बिषय र सवाल छ, प्रतिकुल पार्ने किसिमबाट निर्णय गर्न नहुने कुरा उठाएको बैठकमा त्यस बखत कुनै निर्णय नभएको तर भोली पल्ट २०६३ जेष्ट ४ गते बैठकमा नेपाल धर्मनिर्पेक्ष देश घोषणा गरियो । मिति २०६३ साल जेष्ट ३ गतेको बैठकमा नेता दिलेन्द्र प्रसाद बडु र ईश्वर पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो भनिएको छ । कान्तिपुर टीभीसंग २०७४।११।२३ गते ३ पीएम बजे सरोकार कार्यक्रममा राजनीतिक बिश्लेषण भुमाराम खनाल जयुले भन्नु भयो । संबिधानबाट हिन्दुशब्द हटाईयो भने के हिन्दु घटेका छन त ? र हिन्दु धर्म नमान्ने छन् त ? मिति २०७४।१२।१३ गते संघिय समाजबादी पार्टीका स. अध्यक्ष
राजेन्द्र श्रेष्ठले धर्म निर्पेक्ष भनेको धार्मिक सवतन्त्रता हो भन्नु भएकोछ । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोईराला ज्युले मिति २०७४।१२।९ गते काठमाडौँमा भएको श्रीमद भागवत महायज्ञको धार्मिक कार्यक्रममा नेपालमा धर्मनिर्पेक्ष भएको ठीक छैन । संबिधानमा सच्याउनु पर्दछ भन्नुभएको छ । २०७४ चैत्र ६ गते युरोपियन युनियन यीयुले चुनाब पर्यवेक्षण सम्बन्धि बारेमा दिनु भएको प्रतिबेदन सम्बन्धित बिषयबारे मुल्याङ्कन नगरी नेपालको संबिधानका अन्तरबस्तुबारे टिकाटिप्पणी कमि कमजोरी देखाएर नमिल्ने कुरा सिमा नाघेर जसरी खस आर्यलाई संबिधान भन्दा बाहिर राख्नु पर्छ भन्ने जस्ता अभिव्यक्ति राखी प्रतिबेदन प्रकाश गरेको कुरा प्रति नेपाली समाज र राष्ट्रभक्त नेपाली नागरिक घोर भत्र्सना र आपत्ति गर्दछ । ईयू को यस्तो अधिव्यक्तिमा नेपालको सार्वभौम र मौलिकतामाथि आघात पुगेको छ ।
नेपाललाई धर्मनिर्पेक्ष गर्नु भाषा सम्बन्धि राजनैतिक दलका स्वार्थ पुर्ति लगायत इयु युरोपियनबाट नेपालको सामाजिक स्तरमा बिकास कार्यक्रमका नामले आर्थिक सहयोग गर्नु नेपालका ग्रामिण भु–भाग लगायतका स्थानमा जनस्तर क्षेत्रमा स्वेच्छाचारी किसिमबाट आर्थिक गतीबिधी सञ्चालन गर्नुको अबस्थाले के देखाउछ भने नेपालको मौलिक निती कमजोर आर्थिक अनुशासनको कमि दिर्घदृष्टि नभएको देशमा शुसासन Good Governance को कमि परराष्ट्र नीति सबल र सक्षम नहुनु निस्तेजको राजनीति व्याप्त भ्रष्टाचार ऋयचचगउतष्यल का गतिबिधिको परिणामले नेपाल आज यो स्थितीमा पुगेको मान्न सकिन्छ । हाल नेपालमा बिशेष गरेर १०/२० वर्षका केटा केटीहरुलाई धर्म परिवर्तन गराउन क्रिशियन धर्मको प्रचार प्रसार गराउने कार्यमा संलग्न गराईएका छन् र ब्यापक खुला रुपमा नेपालका कुनाकन्दरा गाउँ, टोल, शहर जताततै निर्बाद रुपमा धर्म परिवर्तन गराउने गतिबिधी र चर्चनिर्माण, प्रचार सामग्री बितरण लगायतका कार्य सञ्चालन भईरहेका छन जसले गर्दा नेपाल परधर्म र परनिर्भरताको प्रतिशत बृद्धिको प्रगति हासिल गर्दैछ र पछि राष्ट्र र राष्ट्रियता समाप्त हुन्छ जसको मुख्यकारण भ्रष्टाचार र निर्पेक्षता हो । यस्तो दुर्दसा ल्याउन बिकशित गर्न, निम्त्याउनमा योगदान दिनेमा मुख्य कारक राजनैतिक हल र सम्बद्ध व्यक्ति मुख्य बिशेष हुन । बर्तमान अबस्थामा राजनीतीमा जे पनि गर्न हुन्छ भनने कुभावनाबाट प्रेरित भएर नैतिकता, दायित्व, जिम्मेवारी, निष्ठता तथा कर्तव्यको ख्यालै नगरी जुनसुकै निर्णय गर्न सकिन्छ भन्नेराज्य सञ्चालन र नितिनिर्माण कर्ताका कार्यशैलीबाट नेपाल र राज्यशक्तिका श्रोत र जनताको सर्वोच्चता तथा नागरिकलाई सबल र सक्षम परनिर्भरतामा कमि, स्वरोजगार बिकशित गर्ने कुरा र संविधान सभाबाट निर्माण गरिएको नेपालको संबिधानले परिकल्पना गरेको छ के नेपाली जनताले कुशलतापुर्वक अनुभुति गर्न पाएका छन् त ?
नेपाली जनतालाई आन्दोलनमा सरिक गराईयो संघियता, गणतन्त्र, धर्मनिर्पेक्षता सबै थोक प्राप्ति भयो भनिएको छ तर आज नेपालमा रहेका ४५ प्रतिशत युवामध्ये ३५ प्रतिशत भन्दा बढी युवा मात्रै बिदेशी भुमीमा कडा शासन गर्ने मुलुक खाडी देशहरुमा कठिन अबस्थामा आफ्नो श्रम बिबेक विक्रि गरिरहेका छन् भने नेपालमा निम्न आय गरिव निमुखा जनताको जीवनयापन झन कष्टकर हुदै गईरहेको अबस्था छ र भ्रष्टाचार अनियमितता, कुशासनको प्रभावमा बृद्धि भईरहेको सुधारोन्मुखी नभएको अबस्था छ । नेपाललाई कमजोर तुल्याउन धर्म, भाषा, जाती तथा क्षेत्रीयता जस्ता कुरामा प्रहार गरी आघात पुर्याउने काम भएको छ । यथार्थमा २०६२।६३ को आन्दोलन के का लागि थियो त ?
निरंकुशता, सामन्त बिचार त्याग्नु तर कुनै ऐतिहासिक संस्थालाई होईन, राज्यमा शुसासन Good Governance कायम गर्ने, धर्मनिर्पेक्षता होईन स्वाभिमानी र समृद्धशाली जनता तुल्याउन, जनतालाई सार्बभौम र देशलाई भ्रष्टाचारमुक्त बनाउन, नेपाली समाजमा खलल् नपार्ने, प्रत्येक नेपालीमा
राष्ट्रबादको भावना जागृत गराउने, देश निर्माण र बिकासमा जनताको संलग्नता र भुमिकाको स्थान उच्च राख्ने, देशका नागरिक र युवाशक्तिलाई बिदेश पलायन push factor हुन बाट रोक्ने, स्वदेशभित्रै उद्योगधन्दा, कलकारखाना, पर्यटन, कृषि लगायत प्रबिधिको बिकास गरी Full Factor बाट कृयाशिल क्षमताको बिकास गरी रोजगारी सृजना गरी जनतालाई सक्षम र आत्मनिर्भर तुल्याउने, भेदभावरहित समतामुलक समाज निर्माण गर्ने, राजनीतिक दलबिशेष भै निष्पक्ष, स्वतन्त्र हुनुपर्दछ,
राष्ट्रको चौथो अंग पनि दलबिशेष संकुचित बिचार नराखी निष्पक्ष र स्वतन्त्र हुन पर्दछ, तिब्ररुपमा हुनलागेको धर्म परिवर्तन रोक्नु पर्ने, राष्ट्रिय चिन्ह, पोसाक र राष्ट्रभाषा नेपाल र नेपालीको बृहत्तर हित र चाहनामा कुठाराघात नहुनेगरी राष्ट्रको सम्मान र स्वाभिमान कायम गरिनु पर्दछ । राष्ट्रियता असंलग्न परराष्ट्रनिति र पञ्चशीलका सिद्धान्त अनुरुप राष्ट्र सञ्चालन गरिनु पर्दछ । अंग्रेजले शासन गरेको हुदा भारतलाई ब्रिटिश समराज्यबाद भनिएको आफ्नो शासनबाट अंग्रेजले हट्नुपर्दा अब्यवस्थित किसिमबाट भारतमा धर्मनिर्पेक्षको बिउ रोप्ने काम भएको थियो जसले गर्दा भारत India धर्मनिर्पेक्षको रोगबाट मुक्त हुन सकेको छन् बिकाशिल अबस्था भएपनि निर्पेक्ष Secularism बाट भारत धार्मिक द्धन्द र आन्तरिक मतभेद तथा गरिबीपनको अबस्थामा ग्रसित छ । तथ्यमा आधारित के पनि छ भन्ने नेपालमा जसरी कृषि क्षेत्रलाई GMO–Genetic Madigied Crganism को रुपमा प्रभाव पारिदैछ, कमजोर गरिदैछ, त्यसैगरी नेपालको मौलिकता, धर्म, संस्कृति, रहनसहन, खानपान, बोली, भाषालाई ग्लोबलाईजेसन र परिवर्तनको नामबाट सकारात्मक बिकासको प्रतिफल प्राप्त गर्नु पर्नेमा बिकृत रुपमा परिपोषित हुनुले यसमा नीतिगत तथा कार्यगतको सुधार हुनु आबश्यक देखिन्छ । संविधान सभाबाट संबिधान निर्माण र अपनत्व ग्रहण गर्नमा नेपाली जनताको बिशेष भावनात्मक र दायित्व रहने भएकाले ठुलो धनराशी सुझाब संकलन गर्न सुझाबबेली, देशभरि खटिएका र नेपाली जनताले नेपाल हिन्दुराष्ट्र रहीरहनुपर्ने र नेपाल धर्मनिर्पेक्ष हुनु हुदैन भन्ने सुझाब ८० प्रतिशत भन्दा बढी नेपाली जनताले लेखेर, टिपाउर दिएकामा बिपरित परिणाम भएको र नेपाली जनतालाई ठेस पुग्ने काम भएको, जनतामा भ्रम सृजना गरिएको जगजाहीर छ, नेपाली जनताको भावना कुण्ठित गरिएको अबस्था छ । यसमा चिरस्थायी किसिमबाट सुधार गरिनु आबश्यक छ । बिजिकरण एचष्खबतष्नबतष्यल का नामबाट देशमा फस्टाएका उद्योग कलकारखानाहरु खतम पारिए, बिदेशी संघ संस्थाका नाम र मार्फत् तथा उत्तरदायित्व सुम्पिने जस्ता नीति अबलम्बन गरिदा स्वदेशी र मौलिकता ह्रास भई बिकास नाममात्र र ढकौसला बन्न पुगेको यथार्थता प्रष्ट छ । नेपालमा भ्रष्टाचार र अनियमितताले कंशको रप लिईसकेको अबसथा छ, यसको निवारण गर्न दिलाई गर्न हुदैन । हाल कृषि क्षेत्रमा मात्रै हेर्ने हो भने नेपालमा भारत लगायत अन्य देशहरुबाट ३५ अर्ब भन्दा बढीको खाद्यान्न मात्रै आयात गरिन्छ, यसै गरी दाल, तरकारी, मासुजन्य, तेल अन्य दैनिक उपभोग्य तथा लत्ताकपडा कस्मेटिक लगायत जस्ता अन्यसामान आयात गरिन्छ जबकी पञ्चायतकालमा चिनी हटौडा कपडा, जुट, छालाजुत्ता जस्ता सामान स्वदेशमै उत्पादन र उपभोग गरिन्थ्यो भने धान चामल खाद्यान्न समेत निर्यात गरिन्थ्यो । यसो हुनुको मुल कारण भनेको अब्यबस्थित नीतिनिर्माण, मौलिकताको ह्रास, भ्रष्टाचारको ब्यापकता, स्वेच्छाचारिता, बिना नीति र नैतिक कर्मको राजनीति आदि ।
आज नेपालमा राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता, अखण्डता र मौलिकता माथि आँच आउने नेपाली जनतालाई फुटाउन कमजोर बनाउने, सदियौ देखिको नेपाली समाज बिचको भाईचारा, सदभावमा खलल् पार्ने, मारकाट गराउने जस्ता पनि गलत काम व्यवहार भैरहेका छन् यसका पछाडी नेपालका राजनीतिज्ञहरुको राज्य सञ्चालनमा गलत नीति, बिदेशी एनजीओ संघ र संस्थाहरुबाट आर्थिक स्वार्थपुर्ति गर्ने र आफ्नो देश भित्र नितिनिर्माण तह र राज्य संचालनका अंगहरुमा बिदेशी संघ संस्थाको परामर्स, हाली मुहाली रहने यहाँसम्मकी स्वतन्त्र न्यायपालिकामा समेत आर्थिक सहयोग प्राप्त गरिने र त्यस्ता संस्थाहरुले पनि आफ्नो किसिम अनुसारको गतिबिधि गर्ने गरेको हुदा दियो बोलेर न्यायालय खोज्नु पर्ने स्थिती बनेको छ ।
बिगत समयको स्मरण गर्दै पुर्व प्रशासक डा. द्धारिकानाथ ढुङगेल ज्युले भन्नुभयो सर्वोच्च अदालत Supreme court का पुर्व न्यायाधीस रत्नबहादुर बिष्ट र अन्य केही पुर्बन्यायाधीस ज्युहरुबाट न्याय क्षेत्रको महत्व, आदर्शता र गरिमा उच्च राखेको तर २०४७ साल देखि क्रमशः यो क्षेत्रको गरिमा र छबीमा कमि हुदै जादा आज न्यायापालिका क्षेत्र जरजर अबस्थामा पुगेको छ । यस्तो हुनुको मुल कारण बाह्य शक्तिको हस्तक्षेप पद नियुक्तीमा भागबण्डा, भ्रष्टाचार र नैतिकहिनता मुख्यकारण हुन् ।
हामी हाम्रोपन मास्दै गएका छौ, मौलिकता गुमाउदै जानु बाध्यको प्रभावले नेपालमा समस्या सुलझिन नदिन उल्झन बनि राखोस भन्ने गरेको, उत्पादन गर्नुको सट्टा अर्काको लहलहमा, प्रलोभन नपर्ने धर्म, संस्कृति माथि आघात पुग्ने काम हुदै गरेको अबस्था छ यसैले आफ्नो परम्परा कायम
राख्दै राष्ट्रिय महत्वका आधारबाट देश अगाडी बढ्नु पर्दछ ।
धर्म, भाषा, जाती र क्षेत्रियताका आधारबाट स्वायत्त प्रदेश अर्थात देश बनाउने भन्ने जस्ता विखण्डन विचार पनि उठ्ने गर्छन जुन नेपालमा अस्थिरता, उल्झन वनिराखोस भन्ने पश्चिमा र केही अन्य संघका आवद्ध देशहरुको चाहना रहि आएको छ । यसो भएमा जसरी १९७१ म पाकिस्तानबाट भाषाकै कारण छुट्टिएर पुर्वी पाकिस्तानलाई बंगलादेश घोषित गरिएको छ । अन्य देश पनि छन, स्पेनबाट कोटलिन छुट्टिन लागेको छ । कुनै देशलाई कमजोर पार्नुछ भने त्यहाँको मौलिकता, धर्म, संस्कृति, भेषभुषा, जानजाति, क्षेत्रियतालाई उचाल्ने र बसाल्ने गरि दिनु र विकासको नामबाट आर्थिक प्रलोभनमा पार्ने गरेको हुन्छ । २०४७ सालदेखि नेपाल पनि यस्तै भूमरीमा परेको छ, यसबाट उम्कन जरुरी छ ।
नेपाललाई ई.स. २०२५ सम्म इसाईहरुबाट नेपालका धार्मिक मठ, मन्दिरहरु ध्वस्त हुने गरी योजना बन्न थालेको र नेपालीहरुको धार्मिक मौलिक संस्कार नै गुम्ने खतराको अवस्था हुन सक्ने, इयु युरोपियन युनियन संघले नेपालमा इसाईहरुको प्रतिशतमा बृद्धि हुदै गएको अवस्था हुँदा राज्य संचालनका प्रत्येक अंगमा आरक्षणको व्यवस्था गरिनु पर्दछ भन्ने कुरा प्रकाशमा ल्याएको छ ।
गृहमन्त्रीज्यूबाट अगाडी भन्नु भयो देशमा व्याप्त भ्रष्टाचारको कहाली लाग्दो प्रभाव चोरी तस्करी जस्ता कार्य भईरहेकोबारे तथ्य कुरा नेपाली जनतामा जानकारी खुलासा गर्नु महत्वपुर्ण र
सराहनीय काम हो, वहाँलाई हामी जनताका तर्फबाट हार्दिक धन्यवाद छ । भ्रष्टाचारलाई अनियमितता, ढीलासुस्ती, चोरी, कालोबजारीलाई निरुत्साहित र निर्मूल गर्नमा वहाँले कडाईका साथ कदम चाल्नै पर्दछ । राज्यका सबै अंगहरु संघ संस्था, नागरिक समाज, बुद्धिजिवी देशप्रेमी जनता, मिडिया, राज्यको चौथो अंग पत्रकार जगतले खुलेर सकारात्मक किसिमबाट सहयोग गर्ने पर्दछ ।
स्मरण रहोस् २०४७ सालपछि प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला आफु घुस खादैनथे तर उनको नेतृत्वमा बनेका सरकारहरुका सरकारहरु असफल हुनुमा एक मुख्य कारण भ्रष्टाचार पनि हो । नेपाली कांग्रेससँग नेपालमा भ्रष्टाचार भयो भन्ने पनि हिम्मत छैन ।
वर्तमान सरकारको अर्थमन्त्रीज्यू, सामान्य प्रशासन मन्त्रीज्यू, पर्यटन मन्त्रीज्यूहरुबाट पनि देशमा भईरहेको वर्तमान अवस्था, स्थितिबारेमा वस्तुभव तथ्य कुराहरु नेपाली जनता समक्ष राख्नुले नेपाली जनतालाई देशभित्र गए गरेका अवस्था स्थितिबारे जानकार गराई दिने काम गर्नु भयो । उहाँहरु सबै धन्यवादका पात्र हुन, सच्चा राजनेता भै काम गरुन नेपाली जनताको हार्दिक शुभकामना छ ।
सरकारमा बसेका जिम्मेवार पदाधिकारीहरु बाट बेला बेलामा भइरहेका काम कारवाहीबारे सत्य तथ्य खुलासा र प्रकाश गर्नु नेपाली जनतालाई जानकारी गराउन राम्रो उत्तम कुरा हो भने विग्रेको अवस्था, स्थितिमा सुधार ल्याउनु र विकास निर्माणमा आशातीत परिणाम आउनु, वित्तीय अनुशासन कायम गर्नु, कर्मचारी प्रशासनमा सुधार र भ्रष्टाचार तथा राजनीतिबाट मुक्त गरिनु, शिक्षा क्षेत्र समेतलाई राजनीति र भ्रष्टाचार मुक्त बनाउन, देश र जनताको
हितका लागि बनेको बाम गठनबन्धनको सरकार सफलताको दिशातर्फ उन्मुख हुनै पर्दछ ।
नेपाल सरकारबाट २०७४ चैत्रमा गरिएको सार्वजनिक विदा सम्बन्धी निर्णयमा नेपाल निर्माण भएको ऐतिहासिक दिवस, प्रजातन्त्र प्राप्ति तथा मुख्य नेपालका धार्मिक पर्वबारेका विदा छुट्न गएकोमा पुनरविचार गर्नु पर्ने आम नेपाली जनताको मत रहेको यथार्थता छ । कानुनी राज्यको अवधारणा बमोजिम र देश सुहाउदो राज्यको कार्यशैली Working culture सकारात्मक किसिमबाट सञ्चालन गरी देश विकास गर्नु पर्दछ । राष्ट्रिय नीति कागजमै सिमित रहने हो भने त्यसको कुनै अर्थ हुदैन । नेपाली जनताले भन्दै गरेका छन् “जुन जोगी आए पनि कानै चिरेका” भनाई नहोस् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *