राजनीतिक पार्टीहरु भ्रष्टाचार गर्दैनन् मात्र पार्टी सञ्चालन गर्न रकम जुटाउछन्

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

(बलदेव अवस्थी)
राजनीतिक पार्टीहरुलाई भ्रष्टाचार गर्ने मन लाग्दैन इमानदार बन्ने इच्छा गर्छन् तर आफुपनि बाँच्नु प¥र्याे पार्टीलाई पनि बचाउनु पर्छ भन्ने धारणा समग्र पार्टीहरुमा रहेको हुन्छ । यही पैसाको कमी हुदा राजनीतिक पार्टी खोल्ने इच्छावालाहरु पनि सक्दैनन् ।
भ्रष्टाचार देशको क्यान्सर हो । पृथ्वीनारायण शाहको भनाई अनुसार पनि घुस लिने र दिने दुबै राष्ट्रका शत्रु हुन् भनेका छन् । तैपनि नेपाल एकिकरण गर्दा उनलाई पैसाको आवश्यकता प¥यो । आफुले नमागे पनि नेपाल एकिकरणका सहयोगीहरुले स्वइच्छाले रु. एक कोष जम्मा गरी सैनिकहरुको तलब, ज्याला दिने र बन्दुक बारुद बनाउनमा खर्च हुने गर्दथे । अन्तमा १÷२ रुपैयाले गर्दा नेपाल एकिकरणको बजेट बन्यो । धेरै सैन्य कमाण्डरहरु बेतलबी थिए । उनलाई कमाउने भन्दा पनि निजि सम्पत्ति गुमाएर भएपनि नेपाल देशको निर्माण गर्न तर्फ लागेका थिए । त्यस बेला देशको निर्माणमा सहयोग गर्ने जो सुकैलाई विर्ता दिने चलन पनि थियो । अन्त सम्म त्यो विर्ता द्वारा हजारौ विगाहा, रोपनी जग्गा प्राप्त गर्ने व्यक्तिहरुको जग्गालाई पनि राजा महेन्द्रले सीमित क्षेत्रफलमा राखि दियो । ठूला जमिनदारको बाँकी जग्गा अधिग्रहण गरी २८ विगाहा र साधारण किसानलाई ४ विगाहामा सीमित राखेका थिए ।
कुनै पनि राजनीतिक पार्टीहरु भ्रष्टाचार गर्दैनन् । देश र जनताको हितमा काम गर्छन् तर देशभर छरिएर रहेका पार्टी कार्यकर्ता तथा पार्टी चलाउन, चुनाव लड्न ठूलो रकमको आवश्यकता पर्दछ । त्यो रकम कहाँबाट जुटाउने, जनता दिनुमा भन्दा पनि माग्ने आसमा हुन्छन् । त्यसपछि मात्र भ्रष्टाचार गर्ने विचारमा डुब्छन् नेता, अन्यथा कुनै चारा नै छैन । रकम पनि जनताले थाहा नपाउने गरी जुटाउनु परेको हुन्छ र उद्योगी व्यापारीबाट नचाहादै नचाहादै पनि पार्टी चलाउन, चुनाव लड्न पैसा संकलन गर्नुपर्छ । जनताको लागि काम गर्न घरबाट सातो सामल लगेर कोही जादैनन् । धन आर्जनका बाटा पनि पार्टीहरुले आफै खोज्छन् । सवारी साधन पैठारीमा एकद्वार प्रणाली गरेको छ । भारतमा भारु ८० हजारमा पाइने मोटर साइकल स्कुटर नेपालमा २÷३ लाख सम्मको मुल्यमा खरीद विक्री गर्ने काम भइरहेको छ । नेपालमा उत्पादन नभएको वस्तु विदेशबाट खास गरी सर्वसाधारणले भारतबाट घरेलु प्रयोजनको लागि ल्याउदा पनि महङ्गो भन्सार दरको भन्सार तिर्नै पर्ने हुन्छ ।
जब जापानका प्रधानमन्त्रीले केही वर्ष पूर्व ४२ लाख रकम लिएको स्वीकार गरेका थिए उनले भनेका थिए ‘त्यो रकम मैले मेरो लागि लिएको नभई पार्टी चलाउन पार्टीको लागि लिएको हुँ ।’ त्यस्तै २०४४÷४५ सालमा भारतका प्रधानमन्त्री राजिव गान्धीले हातहतियार खरीद गर्दा लिएको रकमले बेफोर्स काण्डको नाम बदनामले चुनाव हारी वि.पि. सिंह प्रधानमन्त्री भए । नेपालको हकमा लाउडा काण्ड भए र त्यस्तै भई रहेका पनि छन् । टनकपुर काण्ड गिरिजा बाबुको पालामा भयो, केवल पार्टीको खातिर सबै थोक हुदा रहेछन् । नेताहरुलाई देश भन्दा आफ्ना कार्यकर्ता स्थानिय नेताहरु प्यारा हुदा
रहेछन् । जनता पनि देशभक्ति भन्दा पार्टी भक्त भएको हामी पाउँछौं । नेपालमा मात्र नभई विश्वमा नै केवल मेरो पार्टी मात्र ठीक हो । अरु पार्टीहरु ठीक होइन भन्ने गरेको हाम्रो सुनाईमा आउँछ । यी हरेक ठीक बेठीक छुट्याउन नेपालमा धेरै राजनीतिक पार्टीहरु भएको कारणबाट छुट्याउन सक्ने अवस्थामा जनता रहदैनन् । ठीक बेठीक जे जसो भएपनि आफ्नो नेता अर्थात् आफु सरिक भएको पार्टी नेताले गलत गरेपनि गलत भन्न जनता चाहदैनन् । उदाहरण को लागि आफ्नो पार्टीको बहुमत छदाछदै गिरिजा प्रसादले संसद भंग ग¥यो, फेरि पनि जनताले नेपाली कांग्रेसलाई नै मत दिएपछि एमालेले सर्मथन छदाछदै संसद भंग ग¥यो र पुर्नबहाली भयो । त्यसको फल माओवादीहरुबाट देशमा द्वन्द चक्र्याे देश रकताम्य भयो, जनताको रुवाबासी भयो । त्यसपछि माओवादी पार्टीले सबै पार्टीको भन्दा बढी मत पाई सरकार बनायो । आपसी षड्यन्त्र खडा भए, प्रचण्डले सरकार छाडे, बाबुरामजी प्रधानमन्त्री भए । संविधान सभा भंग ग¥यो, पुनः निर्वाचन गर्न आफुले नसकी सर्वाेच्च अदालतका बहालवाला प्रधान न्यायाधीश संग चुनाव गरी दिनको लागि गुहार मागी उनलाई देशको बागडोर सौप्यो । त्यसपछि पनि संविधान बन्न सकेन । सबै पार्टी र जनताको सहमति नभएपनि ९० प्रतिशतको समर्थनको नाममा संविधान बन्यो । प्रचण्ड, देउवा, बाबुराम, केपी शर्मा ओली लगायतका ५÷६ जनाको सामान्य भनाईमा ५ सय ९० सभासदहरु मध्येकोले ताली बजाए । ९० प्रतिशत तालि पिटिए, संविधान बन्यो कार्यान्वयन हुन सकेन । २०७३ को मध्यान्न देखि कार्यान्वयनको प्रक्रिया अगाडी बढेको छ । ५१ प्रतिशत मधेशी जनताको सहमति छैन विद्रोही बनेका छन् । कुल मिलाएर नेपाललाई कुनै शक्तिले कहाँ लग्न खोजेको छ जनता अनविज्ञ छन् । नेताहरुलाई अलिकति थाहा भएपनि सही कुरा जनतालाई भन्न सकिरहेका छैनन् । देशको माया भन्दा सम्पत्ति बढाउनमा सबै लागेका छन् । देश भ्रष्टाचारमय बनेको छ । जनता आश्चय चकित मात्र भएका छन्, केही गर्न सक्ने अवस्थामा छैनन् किनभने सही नेतृत्व विहीन छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *