के राजा महेन्द्रले भूमि गुमाएको हो ?








विद्वान हुँ भन्ने केही व्यक्तिहरु जस्तै अरुण कुमार सुवेदी र सुवेदी जस्ता केही व्यक्तिहरु हावाको भरमा कुरा गर्दा रहेछन् । उहाँको भनाई अडकलवाजी थियो पंचायत अर्थात आफ्नो कदम २०१७ पुस १ गतेको परिवर्तनलाई समर्थन गर्नको लागी कालापानी भारतलाई उपभोग गर्न दिएको हो भन्नु किन वाहित हो भने जव नेपाली नेताहरुले जवाहरलाल नेहरु सित प्रजातन्त्र मागे दियो उनले नेपाली नेता राजा राणा सितको सल्लाहले सबै थर बसी नेपालले प्रजातन्त्र प्राप्त गर्यो । २००७ सालमा मात्र किन राणा हटाउ अभियान चल्यो भने भारतमा अंग्रेज हटाउ अभियान चल्यो । केही नेपाली नेताहरुले भारत छोडो आन्दोलनमा साथ दियो भने अर्को कुरा थियो नेपाल भारतको मैत्री सन्धी गर्नुपर्ने थियो । अंग्रेज सित भएका सन्धीहरु सबै खारेज गरी नयाँ लागु गर्ने क्रममा सुगौली सन्धी पनि खारेज भयो । प्राकृतिक तरिकाले पनि त्यो भूभाग नेपालको नेपाललाई स्वतः फिर्ता भयो । त्यही आफ्नो भूलबाट भएको गल्ती सच्याउन षडयन्त्र तरिकाले राजा त्रिभुवनको सहयोगको लागी भनेर परराष्ट्र मन्त्रालयको सह सचिव स्तरको व्यक्तिलाई पीए बनाई वीपी लगायतका नेताहरुलाई नेहरुजीले भन्यो की यही राजाको पीएको सल्लाह मान्नु भन्यो ।
साथै भारतीय सैनिकहरुलाई नेपालको सुरक्षाको लागी भनेर उत्तरी सिमानामा राख्यो । केहीपछि त्यसकै सिलसिलामा कालापानीमा पनि राखिएको रहेछ । युवराज छदै राजा महेन्द्र तथा वीपीको सल्लाहले पुर्व देखि पश्चिम तर्फका सबै सैनिक क्याम्पहरु हटाई सके पछि राजामा जाहेर भयो कि कालापानीको क्याम्प बाँकी नै रहेछ भन्ने चाहेर राजालाई गरी सकेपछि राजा महेन्द्रले के उत्तर दियो भने “हाल चीन र भारतको लडाई चली रहेकोले केही समय पर्खौ मात्र भनेको रहेछ ।”
कालापानीबाट सैनिक हटाउ भनेपछि चीनको पक्षमा लाग्यो भनिन्छ कि भन्ने लागेर चीन भारतको युद्ध समाप्त हुने वित्तिकै त्यहाँको सेना पनि हटाउनु भनेका थिए । त्यसपछि नेपालीहरुलाई मिलाएर राजाको विरुद्धमा गई जनकपुरमा बम प्रहार भयो राजा महेन्द्र बाचे राजा चढेको जीपका सिट ध्वस्त भए । अन्तमा युद्ध समाप्त नहुदै राजाको स्वर्ग भयो । बाँकी कुनै पनि पक्ष विपक्ष नेताहरुबाट कुरा नै उठेन कुटनीतिक तवरका कुराहरु उठ्दा वास्ता गरेन टेरेन भारतीयहरुले ।अरुण कुमार सुवेदीले जुन झुट कुरा युवाहरुलाई दिन खोज्यो त्यो अत्यन्त आपत्तिजनक नै हो । व्यवस्था परिवर्तन त राजा महेन्द्रको आफ्नै मौलिक दर्शन थियो भारत र चीन दुवै देशमा नभएको अलग तरिकाले राज्य सञ्चालन गर्ने लक्ष्य अनुरुप निर्दलीय व्यवस्थाको सुरुवात गरे पनि बहुदलिय संविधानको मस्यौदा बनाउने क्रममा नै दियाला वंगलामा वहाँको हर्ट अटेक भएको हो भनिन्छ ।
नेपालको भूमि गुमाएको राजसंस्था राजाले नभई महाकाली टनकपुर सम्झौताको नाममा टनकपुर सन्धी गरी महाकाली पश्चिमको पुरै भूभाग जो सुगौली सन्धी खारेज भएको त्यसलाई विउझाउने काम गरी गुमाएको छ । त्यसको प्रमाण रवतीरमण खनालको पेज नं. २९२ मा आत्मकथामा पनि उल्लेख भएको छ ।







