कर्णालीवारीको भागमा सुप विश्वविद्यालय

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, ७ पुस
यहाँका जनताले विश्वविद्यालयको लागि जुन आशा र भरोसाले विद्यालय माग गरेका थिए, ठीक आज उल्टो भएको छ । सुपका जनता निराश भएका छन् । जुन किसिमले माग राख्दै सशक्त आन्दोलन गरेका थिए ठीक उल्टो प्रतिफल प्राप्त भएको छ । विश्वविद्यालयले यहाँका जनतालाई न्याय दिने हो । न्याय दिने न्यायकर्ता उत्पादन गर्ने हो, डाक्टर इन्जिनियर उत्पादन गर्ने हो तर दुःखको कुरा के छ भने त्यसको विरुद्धमा गएर यहाँका प्रमुखहरुले अन्याय, अत्याचार, भ्रष्टाचार गर्न सिकाई राखेको छ । स्वयम आफैमा भ्रष्ट बनेको छ तरपनि एक विद्यालयको हेटमास्टर बदमास छ भनेर स्कुल भत्काउनु हुदैन । तर हेडमास्टरलाई काबु गर्ने पर्छ लाईनमा ल्याउनै पर्छ । यी भ्रष्टहरुलाई तह लगाउनै पर्छ कसले लगाउने ?
जे जति भ्रष्टाचार गरेपनि सुप विश्वविद्यालयको माथिल्लो निकाय को हो यहाँका जनतालाई थाहा छैन । विद्यालयले गरेको भ्रष्टाचारको बारेमा कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतले सुप विश्वविद्यालय र महेन्द्रनगर नगर विकास समिति उपर कुनै कारवाही गर्न सकेको छैन । भित्र भित्रै के गरेको छ जनतालाई थाहा हुने कुरा भएन तर जनतालाई थाहा हुने गरी न महेन्द्रनगर नगर विकास समिति विरुद्ध कारवाही भएको छ न सुप विश्वविद्यालयका भ्रष्ट पदाधिकारीमाथि कारवाही भएको छ । उल्टै विद्यार्थीहरुले दुःख पाएको छ । साँझा सम्पत्ति जलाएका छन् । विश्वविद्यालयले कुनै कर्मचारी शिक्षक प्राध्यापक लगायतका कर्मचारी भर्ति गर्दा राजनीतिक पार्टीहरुको भागबण्डामा सार्वजनिक सुचना प्रकाशित नगरेरै आफ्ना नातागोतालाई र पार्टी कार्यकर्ताहरुलाई भर्ना गरेको छ गरिराखेको छ र गर्दैछ । सुप विश्वविद्यालयको मुख्य कार्यालय ७ नम्बर प्रदेशमा भएपनि यी भ्रष्टहरुको बैठकहरु काठमाडौंमा गएर बस्ने गरेको छ । एक नम्बर र दुई नम्बर पदाधिकारीहरु ९० प्रतिशत समय काठमाडौंमै विताउछन् । सानोदेखि ठूलो भ्रष्टाचारसम्मका योजनाहरु उतै बन्ने गर्दछन् । यहाँका विद्यार्थीहरु पहाडी क्षेत्रबाट महेन्द्रनगर, धनगढी, टिकापुर लगायतका क्षेत्रमा आई सुप विश्वविद्यालयहरु अन्तर्गतका क्याम्पसहरुमा पठनपाठन गरिराखेका छन् । सबैभन्दा पुरानो सिद्धनाथ बहुमुखी क्याम्पसको अवस्था दयनीय रहेको छ । नीति नियम छैन केवल केही भ्रष्टहरुको कालोकर्तुतले गर्दा आज विद्यार्थीहरुले आफ्नो अध्ययन छोडेर आन्दोलन गरीराखेको छ । किन आन्दोलन भयो भन्ने बारेमा समेत कसैलाई वास्ता छैन भने कुन निकायको के औचित्य ?
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा नातावाद, भ्रष्टाचार र आफन्त भर्तिकेन्द्र बनाएको भन्दै ईन्ट्रीग्रेटी फोरमले रिले अनसन थालेको छ । ईन्ट्रीग्रेटी फोरमका अध्यक्ष चन्द्रदेव बडूले विश्वविद्यालय ध्वस्त पारिएको भन्दै रिले अनसन थालिएको बताए । सुप विश्वविद्यालयको मुल गेट छेउको सरस्वती मन्दिरमा उनीहरुले रिले अनसन शुरु गरेका थिए । ‘सुप विश्वविद्यालयको शैक्षिक बेथिति बिरुद्ध हाम्रो अनसन थियो, ‘उनले भने, ‘अहिलेसम्म कुनैपनि निकायबाट हाम्रा माग सम्बोधन भएका छैनन् ।’ खुला प्रतिस्पर्धाका आधारमा योग्य, दक्ष शिक्षक कर्मचारी भर्ना गरिनुपर्ने माग अघि सार्दै थालिएको रिले अनसन निरन्तर जारी राख्ने अध्यक्ष बडूले बताए । उपकुलपति डा. भूषण श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदा समेत कुनैपनि निकायबाट विद्यार्थीले अघि सारेका माग बारे सम्बोधन नभएको भन्दै उनले दुखेसो पोखे । विद्यार्थीको आन्दोलनका कारण सुप विश्वविद्यालयको पठन पाठन समेत नियमित हुन सकेको छैन् । बिहानैदेखि आन्दोलन, विश्वविद्यालयमा तोडफोड, आगजनी, प्रर्दशन, भाषणबाजी बिरोधका कारण नियमित पढाई नभएको स्वम विद्यार्थी नै बताउँछन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा मनोमानी गर्दै आफ्नो एकलौटी ढङ्गले शिक्षक तथा कर्मचारी नियुक्त गरेका छन् । सुप विश्वविद्यालयका प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले कर्मचारी शिक्षक बिना सूचना तथा विज्ञापन आफ्नो मनोमानी ढङ्गले आफ्ना नातेदारहरुलाई मात्र भर्ती गरेको आरोप विद्यार्थीहरुको छ । शुक्रवार देखि आन्दोनलत विद्यार्थीहरुको मागको सुनुवाई नगरेपछि विद्याथीहरु झन सशंकित भएका छन् । जबसम्म अवैधानिक तरिकाले नियुक्त गरिएकाहरुलाई खारेज गरेर स्वच्छ प्रतिस्पर्र्धाबाट कुसल र सक्षम व्याक्तिलाई नियुक्त गरिदैन तब सम्म आन्दोलन जारी रहने बताएका छन् ।
यस्तो आन्दोलन गर्दै जाने हो भने विद्यार्थीहरुले कतिवेला पढ्ने उनको भविष्यको बारेमा कसले सोच्ने ? यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हेर्ने र कारवाही गर्ने अधिकार छ भने यो पनि ठूलो भ्रष्टाचार हो । भ्रष्टाचार भनेको सेवाग्राहीबाट १०/२० रुपिँया गरेर २ घण्टा ढिलो हुने कामलाई अगाडी गरिदिनु मात्र होईन जसले कामलाई भ्रष्ट गर्छ त्यो नै भ्रष्टाचार भएकोले भ्रष्टाचार नै सम्झेर सुप विश्वविद्यालयमाथि कारवाही गरियोस् भन्ने यहाँका विद्यार्थी अभिभावक तथा अन्य जनताको भनाई रहेको पाईन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *