जेल चलान भन्दा सम्बन्ध विच्छेद राम्रो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हाम्रा विद्वान सभासद्हरु तथा अति विद्वान कानूनविदहरुले बनाएको ऐनहरुलाई हामी खराब छन भनेर अमान्य हामी गर्न सक्दैनौ । देशका हरेक नागरिकहरुले ऐननियमको पालना गर्नै पर्दछ । जवरजस्ती आफ्नी श्रीमतीसँग यौनसम्पर्क राख्ने अर्थात जवरजस्तीकरणी गर्ने श्रीमानलाई जेल चलान भन्ने समाचारहरु अधिक सुनिन लागेका छन् । हुन त हो पशुहरुको सिजन हुन्छ मनुष्य राक्षमी पाराका भईसकेको संकेत पाईन्छ । श्रीमतीलाई निको नहुने रोग लागेको छ भने लोग्नेले अर्को विवाह गर्ने छुट लोग्नेलाई थियो । यदि यस्ता प्रावधान छदै विरामी श्रीमती सित सम्भोगमा रमाउने पुरुष मनुष्य त कसरी भनौं राक्षसी प्रवृत्तिका हुन भन्न अवश्य सकिन्छ । जवरजस्तीकरणी कुन अवस्थामा गर्यो त्यसको अध्ययन मेडिकल हुनु पनि जरुरी छ, किन भने बराबर उमेरका स्वच्छ निरोगी दम्पत्ती छन भने इच्छा विरुद्धमा त्यस्तो कार्यमा सहभागी हुँदा खासै ठूलो असर नपर्नु पर्ने हो यदि पर्ने नै रहेछ भने लोग्नेको नाममा मुद्धा दायर गरी १–५ वर्षको लागि जेल तथा १०/१२ लाख जरीवाना तिर्नुपर्ने अवस्थामा लोग्ने पुग्ने हो भने ति दुई मिलेर बनेको जोडीको सम्बन्ध विच्छेद हुनुपर्ने बरु जरुरी देख्दछौं । यदि श्रीमती उमेर ढल्की सकेकी छ र यौनजन्य रोगी छ भने त्यस्तो अवस्थामा गरिव दम्पत्ति छ भने पनि सरकारले उपचार गराई दिनु पर्दछ र त्यस्तो विरामीको समयमा यौन सम्पर्कमा जानु नितान्त अपराध हो । सजाय र सम्बन्ध विच्छेद गराई श्रीमतीको जीवनयापन र उपचारको व्यवस्था लोग्ने वा सरकारले मिलाउनै पर्दछ । सँगै सस्ने बाचाँका साथ विवाह बन्धनमा गैसकेपछि मेरो इच्छा बेगर करणी गरेकोले जेल गरी पाउ भनी लोग्नेको नाममा मुद्दा दिई अलग जेलमा बसाल्नु युक्ति संगत छैन किनभने त्यस्तो घटनाबाट पारिवारिक तनाब हुनेछ र पारिवारिक जीवन नै वर्वाद हुनेछ । यदि महिलाको अवस्था विरामी छ यौनरोगी छ भने श्रीमतीको उपचार गराई रहनु पर्दछ । जवरजस्ती गर्नु हुदैन त्यस्तो विरामी अवस्थामा सम्पर्क जवरजस्ती गरेमा जेलमा राखी क्षतिपुर्ति दिने काम पनि ठिकै हो । विरामीको बहानाबाजी गरी पश्चिमी सभ्यताको हावा लागेर वा क्रिश्चियन धर्मावलम्बीहरुको नेपाली समाजमाथि आक्रमण गराउने गुरुयोजना थियो, छ र रहनेछ भने त्यो वाहियात हो । पाश्चात्य मुलुकहरुले आफ्नो धर्म, रितिरिवाज संसारभरी फैलाउने पर्यासरत रहेको होइन हामी भन्न सक्दैनौं । कुनै बेला पुरुषको इच्छा नहोला त कुनै बेला महिलाको इच्छा नहोला । त्यस्तो इच्छाको मिलाप बाह्य समाज वा न्यायालयले गर्न गराउन सक्दैन । न्यायमुर्तिहरुले त जे राज्यले कानून बनायो त्यसकै पालना गर्ने हो । श्रीमतीको अवस्था विरामी छ भने त्यसबेलामा लोग्नेले जवरजस्ती गर्न सक्दैन यदि गर्छ भने त्यो पशु हो । यदि इच्छा विरुद्ध लोग्नेले बलजफती जवरजस्तीकरणी गर्यो भने त्यसको कारण मेडिकल परिक्षण हुनु आवश्यक पर्दछ । यदि इच्छा नभएको समयमा जवरजस्तीकरणी गर्यो भन्ने सन्दर्भमा सम्बन्धित विषयगत डाक्टरको सिफारिसले मात्र मुछा चलाउनुपर्ने देखिन्छ । र न्यायकर्ताबाट सजाय दिने खालको नियम कानून परिमार्जन गर्न न्याय क्षेत्रबाट समेत सुझाव दिनुपर्ने समेत देखिन्छ ।
सुनिन्छ पाश्चात्य मुलुकहरुमा महिलाहरुलाई धेरै अधिकार क्रिश्चियन समुदायलाई रहेको भएता पनि मुस्लिम समुदायकी महिलाहरुलाई त्यति अधिकार प्राप्त छैन । तर नेपालको हकमा कहाँ कुन देशको रितिरिवाज देखासिकि भित्र्याउन खोजेको हो, यो बुझ्न सकिदैन जसरी घर भित्र सम्पूर्ण परिवारसित के कस्तो मेलमिलाप राख्ने र वातावरण राख्ने भन्ने कुराको जवाफदेही घरमुलीको हुन्छ । घरमुलीले पनि गाउँ समाजमा चलिआएको भन्दा अन्यथा गर्न पाउदैन । उहिले छोरीहरुलाई पढाउने चलन थिएन विस्तार विस्तारै छोरीको पढाईलाई छोरा सरहको बनाउने व्यवस्था भएको छ । यो अति नै स्वागत योग्य हो, घर झगडा ठूलै भएपछि अदालतमा न्याय माग्न जाने व्यवस्था रहेको छ । अन्यथा परिवारमा एकअर्काप्रतिको भरोसा र विश्वासमा चलेको छ । उसरी त घरेलु हिंसाहरु धेरै हुने गरेका छन् । बरु घरेलु हिंसाको बारेमा सरकारले बढी चनाखो हुनुपर्ने देखिन्छ । यदि श्रीमतीको इच्छा विरुद्ध लोग्नेले जान खोज्न भने पहिलो पटक सामान्य तरिकाबाट बरु न्याय क्षेत्रले भएपनि या स्थानीय निकायको सरकारले सम्झाउने गर्नुपर्दछ भनि बारम्बार श्रीमतीको इच्छा विरुद्ध कुनै काम कारवाही हुन्छ भने मात्र अदालती कारवाही गर्नुपर्ने हाम्रो राय रहेको छ । प्रकृतिले नै महिलालाई त्यत्तिकै लोग्नेको तुलनामा बढी संरक्षकत्वको आवश्यक पर्ने बनाई दिएको छ । त्यसकारणले पनि हरेक दम्पत्तीले समाज नविग्रने गरी सौहार्द वातावरणमा बस्नुपर्ने पनि देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *