देश नयाँ परिवर्तनको मार्गमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

क्याउरवेस्ड दल सत्तारुढ छ । दुई तिहाईको प्रचण्ड बहुमत प्राप्त हुँदा जे पनि गर्न सक्षम छ । तर दुई धारको भए विनास पनि त गर्न सक्छ, आगोले ताप दिन्छ खाना पाक्छ त्यही भष्म पनि गर्ने क्षमता राख्दछ । मानव देहमा प्याप्त उर्जा तटस्थ हुन्छ सकारात्मक दिशातर्फ गए कृष्ण बुद्ध बन्दछ कुनै रत्नाकर डाकु कुख्यात देहधारी थियो, सकारात्मकतातर्फ गएको हुनाले महर्षी बाल्मीकीमा रुपान्तरित हुन गए । त्यसैले को असल खराब भनेर सदाकालको लागि परिभाषित हुन सक्तैन, वर्तमान कथित ने.क.पा. एक व्यक्ति के.पी. शर्मा ओलीको प्रभा मण्डलबाट नेपाली जनमानसमा लोकप्रिय बन्यो, साम्यवादी सोच नभएका म जस्ता प्राणीहरु समेत उनका प्रशंशक समर्थक बन्यौ दुर्भाग्य सर्वशक्तिमान भए पश्चात यत्तिको दम्भ र अहङ्कार उनमा पलायो जसले समग्र व्यक्तित्वलाई रुपान्तरित गरी दिएको छ । महर्षि बाल्मीकिको ठीक विपरित हुन जानु दुर्भाग्यपुर्ण लागेको छ ।
अतिदर्पेहता लङ्का
अति माने च कौरबा
अति दाने बलीर्धड्
अति सर्वत्र बर्जितम
हुन त शपथको समेत ईश्वरको नाम लिन घृणा गर्ने सम्माननयि ओलीज्यूलाई नीति श्लोक पुराण भागवतका वर्णनहरु उपहाँस र त्याज्य नै होलान तर आजको दिनसम्म उनको उचाईको ग्राफ निम्न विन्दुमा पुगेको छ । सल्लाहकार मण्डलका चतुरहरुका लागि दुहुनो गाई नै फेला परे जस्तो लाग्छ । हुनु पर्ने त यो थियो कि साम्यवादी सत्ता सर्वश्रेष्ठ भनि शिद्ध गर्ने सुनौलो मौका थियो, सत्तामा नहुँदा समेत आफ्नो प्रभाव समाजमा अस्तित्व बोध गर्ने गराउने क्षमता आज हराएर गएको छ । स्वयम् ओली आफ्नै दलले प्रतिरक्षा नगरेको गुनासो गर्दै अरिङ्गाल झै जाई लाग्न आह्वान गर्छन जुन सबै विषय उखान टुक्कामा रुपान्तरित हुन पुगे ।
एशिया पेशिफिक सम्मेलन हिन्दु राष्ट्र बनाउने अभियानमा रहेका वर्गका लागि एउटा उत्साहजनक मसाला हाथ लागेको छ । ओलीको राष्ट्रप्रतिको समर्पण निष्टा समाजमा विश्वशनयिता धराशायी हुन गएकोमा र्तक नै गर्नु परेन । ऐन नियम संविधान भन्दा माथि सम्राटको तहमा पुगेको दम्भ र अहङ्कार उनकै दलका अधिकांशका लागि पाच्य भईरहेको छैन । खुलेरै विरोधमा लागेका दैनिक क्रियाकलाप छिपाएर लुक्न सक्ने विषय नै रहेन । दलको एकिकरण देखावटी मात्र भएको
छ । पुर्व एमाले प्रचण्डलाई स्वीकार्ने प्रश्न नै रहदैन उनको छवि समेत रसातलमा पुगेको सहजै अन्दाज गर्न सकिन्छ । प्रतिपक्षीले यसबाट यथेष्ट लाभ लिन सक्ने राम्रो मौका थियो तर कांग्रेसमा अधिकांश मपाई भएकाले शेर बहादुरका पछि हाथ धोएर लागेका छन् किनभने पुरानो शेर बहादुर रुपान्तरित भइसके त्यो राष्ट्रनायकको कथित छवि आजका दिनमा केवल “खराब पति” बन्नमा केन्द्रित हुन गएकोले सिन्दुर जात्रा हुने उनकै गृह जिल्ला डडेल्धुरामा अपमान तिरस्कारमा रुपान्तरित हुदैछ । परिवर्तन हामी आम सर्वसाधारणको लागि आएकै रहेनछ । वीपीको अनुयायी नभए पनि उनका वाणी देशमा प्रजातन्त्र उदय भएपछि पार्टीमा सुकिला लुगा वालाहरुले कब्जा गर्नेछन्, भन्ने पुर्वानुमान अक्षरंश पुष्टी हुदै गएको छ ।
कमिसन जे मा पनि चाहियो सबैको एकसुत्रयि एजेण्डा त्यही बनेको छ, नियुक्ति समय बढुवा ठेक्का पट्टा जे मा पनि भागबण्डा भएका दृश्य अनुमान मात्र नभई स्वत् पुष्टी भई रहेका छन् । सेना र अदालत जेनतेन बाचेकोमा त्यहाँ पनि डरलाग्दा समाचार क्रमशः बाहिर आई
रहेका छन् । २ पटक प्रधान न्यायाधीशमा सिफारिस संसदबाट अस्वीकृत हुँदा समेत निर्लज्ज स्वाभिमान रहित भएर पदवीमा बसेका दृश्य मेरा लागि विश्वास नै गर्न नसकिने भएका छन् । अवका प्रस्तावित राणाजीका विषयमा स्वयम् सर्वोच्व अदालतको फैसलामा नितान्त अप्रिय आदेश सहजै देख्न सकिन्छ । उनैसँगका कोमलनाथ शर्मा महेन्द्रनगर पुनराबेदन अदालतबाट धुरु धुरु रुदै पद त्याग्न बाध्य भए । राणाजी साहशपुर्वक डटी रहदा कसैको केही लागेन । आटिलो दुसाहस भए जे पनि संभव रहेछ हामी जस्ता आत्मसम्मानलाई महान सम्झने “धोपा”हरुका लागी हर्वर्ट स्पेशन्सरको क्गचखष्खब िया तजभ तष्ििभकत अर्थात बलियाले बाच्न सक्ने सिद्धान्त अनुरुप गुमनामिमा जानु पर्ने हुन्छ यसको अर्थात कथित स्वाभिमान शब्द निर्धाको सम्पत्ति हुने हुँदा यसको स्थान डस्टवीन तोकिएको हुन्छ भनि घटनाक्रमले पुष्टी गरी रहन्छ । अरबौंका रकम रवान पचाउन पनि दुसाहस क्रुरता आत्माको बलात्कार धुर्तता र क्षमताले मात्र संभव हुन्छ जसमा यी खुबी हुदैनन् । त्यसले हामी जस्तै अरण्यरोदन मात्र पाउँछ ।
यी तमाम पृष्ठभूमिमा आज नेपालमा शासन छ भन्ने सम्मको अनुभूति आम सर्वसाधारणलाई हुन सकेको छैन । जताततै अराजकता छाडा प्रवृत्ति हावी भएको छ । कर्मचारी आन्दोलित छन् प्रहरीको मनोवल गिरेको छ । घुसखोर बाहुबलीहरुका लागि नेपाल स्वर्ग भएको छ । जे काम पनि निष्टा इमान्दारीपुर्वक हुन्छ भनि कसैलाई विश्वास छैन करोडौंको संख्यामा वैदेशिक दासत्व स्वीकारे पनि नेपाल छोड्न बाध्य भएको
वातावरण बनेको संविधान ऐन कानून कितावहरुमा सिमिति हुँदा यो स्थितिमा दुवै पडोसी समेत अप्रशन्न भएपछि त्यो मार झेल्न यी ब्वाँसाहरुका लागि संभव नहुँदा अझ परिवर्तन स्वतः स्फुर्त रुपमा व्याप्त हुने आधारभूमी बनी सकेकोले प्राप्त उपलब्धि भन्ने लवज निसन्देह उखान टुक्का बन्न धेरै समय लाग्ने छैन । परिवर्तन निश्चित भए पनि त्यसपछिको समय सुखद नै होला भन्ने ग्यारेन्टी छैन, आखिर मनोबृति त नेपाली नै हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *