राजसत्ता राजा चाहादैन तर जनता चाहान्छन्

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

राजा झन्झट मोललिन चाहादैन तर नेपाली जनताको चाहना मात्र हो किन कि प्रजातन्त्र गणतन्त्र लोकतन्त्रमा भ्रष्टाचारले सबै सित मिलेमतो गरी सकेको छ । भ्रष्टाचार नेताहरु चहान्छन् प्रमाण खोज्ने हो भने जंगबहादुर राणाले नेपालको राज्यसत्ता हातमा लिने बेलाको अवस्था र सत्ता छोड्ने बेलाको अवस्था कस्तो पाउनु भयो त्यस्तै आज नवप्रवेसी सत्ताधारीहरुको अवस्था २०५२ सालपुर्व कस्तो थियो आज सत्ताको पहुचमा जादा नवप्रवेसी नेता तथा कर्मचारीको अवस्था अध्ययन गरौ । देश प्रतिको माया विचित्रको हुन्छ । जंगबहादुर देखि बेलायत कि रानी खुसी भएर जंगलाई अत्यन्त प्रेमपुर्वक केही धन दिन खोज्यो जंगले भन्यो हामी हिन्दु राष्ट्रका नेपालीहरु लिने नभई दिने मात्र हौ भन्दा चकित परिन र जंग सित फोटो उपहार मागिन जुन आज बकिङघम दरवारमा शालिक बनाएर राखेकि छन् ।
त्यस्तै नेपालमा भुकम्प गएको बेला भुटानले नेपाललाई केही सहयोग दिन खोज्यो जंगबहादुर मार्फत् तर हामी समक्ष छौ पुनः निर्माण कार्य हामी आफै गरिहाल्दछौ बरु तपाईलाई चाहिन्छ भने म दिन्छु भनेको घटनाले नेपालको प्रतिष्ठा स्वाभिमान कति उचो राख्न खोजेका रहेछन तर हाम्रा वर्तमानका महामहिमहरु कृश्चियन धर्मको प्रचार प्रचार र संस्थागत
गरी दिए वाफत पुरस्कार लिई रहेका छन् । बालुवाटारबाट विदा लिई २।३ दिनसम्म प्रधानमन्त्री स्वयम होटलमा बास बस्नु पर्ने वाध्यता आउदा नेपालीहरु अत्यन्त दुखित भएका छन् लिएको एकलाख डलर फिर्ता गराउन चहान्छन् नेपाली स्वाभिमानी जनता ।
विदेशीले दिएका प्रजातन्त्र सद्धामहुसेन र इराकी जनता कुनै बेला अमेरिकाको प्यारो बनेको सद्धामहुसेन अमेरिकाकै कारण किन अपदष्त हुनु पर्यो ? भन्ने कुरा ईराकी ईतिहास बोलिरहेका छन र बोली रहन्छन् पनि । विदेशी बुई चढेर सत्ता हत्याउन जती सजिलो छ त्यतिकै उसको हस्तक्षेपबाट मुक्त हुन कठीन पनि हुन्छ ।
नेपालको कुरा गर्दा भुटानका राजाले भारतिय सरकारको मास्टरप्लान गुरुयोजनामा सघाउदै गयो तर नेपालको राजसंस्थाले गुरुयोजना स्वीकार्न सकेन राजा त्रिभुवनले बाध्य भएर स्वीकार गरी राणाहरुको जहानिय शासन हटाई प्रजातन्त्रको बहाली भयो । प्रजातन्त्र ल्याउनमा भारतले मदत गरेपनि आफु अनुकुल बनाउन चाह्यो । राजा त्रिभुवनले बाध्य भएर प्रजातन्त्र ल्याउन भारतको सहयोग लियो तर राजा महेन्द्रले स्वीकार्न नसकेकोले राजा महेन्द्र भारतको नजरमा र नबुझेका नेपालीको नजरमा पनि खराब तर त्रिभुवन राम्रा राजा मान्यो ।
भारतले पनि राजसंस्थाका अधिकार कम गरी जनताले पाउनु पर्ने थियो तर त्यस्तो गर्न नसकि मार्ने काम भयो । अज्ञात अपराधीद्वारा राजा ज्ञानेन्द्रले त खुलेआम भनिदियो कि नेपाली जनतालाई मारेर मैले राजा हुनु छैन भनी खुलस्त भनिदिए । आज राजाले यो राज्य व्यवस्थालाई स्वीकारी आफुले गृहस्थी सादा जीवन विताई रहदा परिवार सित बसेर खादा हिन्दा, बोल्दा, हास्दा समेत रिस टिप्पणी गर्ने प्रमुख नेताहरु किन खायो किन हासे भनेर रीस गरी रहेका छन् ।
प्रसँग निर्मला पन्तको हत्यासँग निर्मला पन्त बलात्कारपछि हत्या गरी उखुबारीमा फालेको प्रहरी र जनताले पायो, हत्या भएको दिनरात भारी वर्षा भएकोले बाढीयुक्त बारी थियो, अझै भिडियोमा हेर्न सकिन्छ । हत्याराको पत्ता लाग्छ सावित बयान दिएको खबर हमेशा सुनिन्छन् तर बलात्कार कहानेर कुन ठाउँमा कसको घरमा गरेका हुन र त्यसपछि हत्या कुन ठाउँमा गरेर त्यहाँ उखुबारीमा लास फाल्न सहयोग गर्ने को को हुन् त्यो नबताएसम्म हत्यारा र बलात्कारी मै हु भनेर वा मैले हामीले कम्मर सम्मको बाढी, पानी भरिएको उखुबारीमा बलात्कार गरी हत्या गरेका हौ कोही भन्छ भने त्यो झुट हुनेछ । हत्यारा भन्दा पनि हत्या र बलात्कार गरेको ठाउँ घरको पत्ता लाग्नु पर्यो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *