छाडा पशुचौपाया व्यवस्थापनमा अग्रसर

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २९ मङ्सिर
भीमदत्त नगरपालिका क्षेत्रमा रहे छाडा पशुचौपाया नियन्त्रण र व्यवस्थापनमा अग्रसर देखिएको छ । बागफाँटामा भौतिक संरचना निर्माण गरेरपुशु चौपायालाई व्यवस्थापन गर्ने कार्य अघि बढाएका छन् । तर कञ्चनपुर र कैलाली जिल्लामा छाडा पुशचौपाया व्यवस्थानमा चुनौती पनि उत्तिकै देखिएको छ । दुई हजार पाँच सय पशु व्यवस्थापन गरिएको
नगरपालिकाले जनाएको छ । भीमदत्त नगर छाडा पशुचौपाया व्यवस्थापन समितिका सदस्य शंकर बहादुर कुँवरले विभिन्न ९ वडामा छाडिएका पशु चौपाया व्यवस्थापन गरिएको बताए । उनका अनुसार २, ३, ४, ५, ६, ७, ११ र १९ नम्बर वडाका छाडा पशु चौपाया बाँगफाँटा खोरमा राखिएका छन् । ‘हामीले पहिलो चरण अन्तर्गत ८ वडामा रहेका छाडा पशु चौपाया व्यवस्थापन गरेका छौँ, ‘उनले भने, ‘अर्को चरणमा बाँकी ११ वडामा रहेका छाडा पशु चौपाया व्यवस्थापन गर्छौ ।’ भीमदत्त नगरपालिका ७ नम्बरका वडाध्यक्ष समेत रहेका कुँवरले तीन महिना पहिले एक हजार ५३ छाडा पशु चौयापा व्यवस्थापन गरिएको बताए । उनले घरपालुवा जनावर अनाधिकृत रुपमा छाड्ने र गोठमा लैजाने प्रवृति रोक्नुपर्नेमा जोडदिए । ‘घर पालुवा जनावर स्वयम्
घरधनीले व्यवस्थापन गर्नुपर्छ, ‘उनले भने ‘हामीले बाँकी छाडिएका पशु व्यवस्थापन गरिरहेका छौँ ।’ अनाधिकृत रुपमा घरपालुवा जनावर छाड्नेलाई समेत कानूनको दायरामा ल्याउने बताउदै उनँले दुध दिउन्जेलसम्म मात्रै घरमा पाल्ने र दुध दिन छाडेपछि बजारमा छाड्ने प्रवृतिका
कारण पनि छाडा पशुचौपायाको समस्या देखिएको उहाँको भनाई छ । यस्तै भीमदत्त नगर–९ ब्रम्हदेबमा समेत छाडा पशुचौपाया व्यवस्थापन भईरहेको छ । भीमदत्त नगर क्षेत्रमा छाडा पशु चौपाया व्यवस्थापन उन्मुख भईरहेको उनको दावि छ । छाडा पशुले किसानको खेतबारीदेखि राजमार्गसम्म सबैलाई हैरानी गरिरहेका बेला भीमदत्त नगरले छाडा पशु चौपाया व्यवस्थापनका लागि गम्भिर ढङ्गबाट पहल गरिरहेको उहाँले बताए । भीमदत्त नगरको नेतृत्वले समेत जनतासँग छाडा पशु चौपाया व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । सोही अनुरुप नगरमा काम भईरहेको अध्यक्ष कुँवरले
बताए । बजार क्षेत्रमा रहेका पशुचौपायाहरुले दिनहु बीच सडकमा हुने भएकाले सडक दुर्घटना हुने गरेको छ । यदि कञ्चनपुरका सबै स्थानीय तहहरुमा पशुचौपायको व्यवस्थापन गर्न सके सडक दुर्घटना न्यूनिकरण हुने स्थानीयको बुझाई छ । कञ्चनपुरका विभिन्न स्थानीय तहहरुले पशुचौपाया व्यवस्थापन गर्ने भन्दै लाखौं रुपिँया विनियोजन गरेर सकिसकेको भएपनि वास्तविक रुपमा अझै पशुचौपायाको उचित व्यवस्थापन हुन सकेको छैन । ढिलै भएपनि केही स्थानहरुका पुशचौपायाहरुको व्यवस्थापन हुने लागेकोमा स्थानीयमा केही आशा पलाएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *