कैलाशका नदीहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

शरदचन्द्र ओझा-
कैलाश पर्बत मानसरोवर ताल र राक्षस तालको समिपमा बिराजमान छ । यो प्रदेश एशियाको केहि लामा नदीहरुको श्रोत पनि हो । सिन्धु, सतलज, ब्रह्मपुत्र, कर्णाली तथा गँगाको उत्पत्ती यहिबाट भएको हो ।कैलाश मानसरोबर चार वटा धर्मको आस्थाको केन्द्र पनि मानिन्छ, ति हुन बोन, बुद्धधर्म, हिन्दू र जैन ।
सिन्धुनदी सिन्धुनदी एशियाको लामो नदी मध्येको एक हो । सिन्धुनदी मानसरोबर तिब्बतियन क्षेत्रबाट उत्पत्ती भएर भारत जम्मुकश्मीर लद्दाख क्षेत्र हुँदै पाकिस्तानको गिलगिट (बलिस्तानबाट दक्षिण क्षेत्र बग्दै अरब सागरमा मिसिन पुग्दछ । यो पाकिस्तानको सबै भन्दा लामो नदी पनि
हो ।
सिन्धुबाटै लद्दाखमा जस्काँर अनि तराई तिर अर्को चेनबजस्को पनि चार वटा उपनदीहरु झेलम, रवि, बेआस, सतलज बग्दछन । सिन्धुकै अर्को सहायक नदीहरुको रुपमा सयोक, गिल्गिट, काबुल, गोमाल, अनीकुररम पनि रहेका छन । सिन्धुउपत्यकाको उत्तरी पँजाब प्रान्त बसेको छ भने तलतिर सिन्ध रहेको छ । परापुर्व समयमा सिन्धु नदीको वरिपरी मानव सभ्यताको बिकास भएको ईतिहास छ । दोश्रो (तेश्रो शताब्दीमा नै शहरीकरणका साथै मानव सभ्यता बिकसित रुपमा पुगेको तथ्यहरु भेटिन्छ ।
रिग्बेदमा पनि सप्तसिन्धुको बर्णन रहेको छ । सिन्धुघाँटीको बिकास क्रममा गाँधाररसाउ भिराकोरोर बँसको त्यहाँ उदय भएको थियो ।
सतलज नदी
सतलज नदीलाई सँस्कृतमा शतद्रुम पनि भनिन्छ । पँजाबर पाकिस्तानमा बग्ने यो नदीलाई पनि लामो नदीकै रुपमा गनिन्छ । सतलजमा प्रशस्त बिद्युतत उत्पादन गरिएको छ । भाक्राड्याम १००० मेगावाट, १,००० मेगावाट करचमवाङटो, १,५३० मेगावाट नाथ्पाझाक्रीड्याम । सतलजले हिमाचल प्रदेश, पँजाब, जम्मुकश्मिर, राजस्थान र हरयाणालाई छोएको छ । तिब्बतको लाङ्क्न जाङ्बो भ्यालीलाई पनि मानव सभ्यताको बिकास भएको स्थानको रुपमा लिइन्छ । ग्रेटर नेपाल सँरचना अनुसार नेपालको सिमाना सतलज पारीसम्म पुगेको थियो, भारतको कुमाउँ जित्दै सतलज
पारीसम्म बिजय गर्न पुगेको गोर्खाली सेनालाई काँगडाका राजाले पँजाबका राजा रँजित सिँहको सहयोगले रोकेका थिए ।
ब्रह्मपुत्र नदी
ब्रम्हपुत्र एशियाकै एक महत्वपुर्ण नदी हो । यो नदी चिन, भारत र बँगलादेश हुँदै बग्दछ । मानसरोबरबाट उत्पत्ती भई यो नदीले तिब्बत हुँदै भारतको अरुणाचल प्रदेश, असम अनि बँगलादेशतर्फ आफ्नो गति सार्दछ । ३,८४८ किमीलामो ब्रमह पुत्र सिँचाई र जलमार्गबाट गरिने ढुवानीको पनि एक महत्वपुर्ण मार्ग बनेको छ । तिब्बतको बुराङ्ग राज्य अन्तर्गतको आँग्सी ग्लेसियरबाट उत्पत्ती हुने यस नदीलाई त्यहाँ यार्लुङ्गस्याङपो पनि भनिन्छ । मानसरोबरकै पवित्र स्थानबाट बग्ने यो नदी सामाजिक सदभावको एक महत्वपुर्ण स्तम्भ पनि मानिन्छ । बँगलादेश पुगेपछि ब्रम्हपुत्रसँग टिस्टा नदी पनि मिल्न जान्छ, नेपालको ईतिहासमा यसै टिस्टा नदीपारीसम्म हाम्रो राज्य रहेको उल्लेख पनि छ ।
कर्णाली नदी
५०७ किलोमिटर लामो कर्णाली नदी नेपालकै सबैभन्दा लामो नदी हो । कर्णाली नदी तिब्बत, नेपाल, भारतमा बग्ने गर्दछ । मुगु कर्णाली र हुम्ला कर्णाली पनि यसैमा समाहित हुने हाङ्गाहरु हुन । पश्चिम सेती (७५०मेगावाट), माथिल्लो कर्णाली (९००मेगावाट) तथा कयौँ अन्य जलबिद्युत आयोजनाहरु यसै महत्वपुर्ण नदीसँग गाँसिएका आयोजनाहरु हुन । यसै नदीको नामबाट प्रदेश ६ लाई कर्णाली प्रदेश भनेर नामकरण गरिएको छ ।
भारततर्फ प्रवेश गरेपछि यसलाई त्यहाँ घागरा नदी भनिन्छ । नेपालमा डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, सुर्खेत, बाँके, बर्दिया, कैलाली, अनि भारतमा अ्बेडक रनगर, आजमगढ, बाराबँकी, बस्ती, बलिया, बहराईच, देवरिया, गोँडा, गोरखपुर, सँतकबिरनगर, लखिमपुर, सितापुर, सिवान ईत्यादी स्थानहरु कर्णाली अनि घागरा काईर्दगिद बस्दछन । यसरी मानसरोबर र कैलाशबाट उत्पत्ती भई एशिया महादेशसम्म नै फैलिन सकेका हिमनदीहरुको पवित्रता साँकृतिक महत्वले यस महादेशको गरिमा बढाउनलाई महत्वपुर्ण स्थान ओगटेका छन । जल नै जीवन हो, जल सित सरोकार हुनु हामी मानव सभ्यताको महत्वपुर्ण पाटो हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *