युवाहरुलाई अध्यायन सामग्री हुनसक्छ- भाग २

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

२०२७ साल माघ १४ गते राजा महेन्द्र यस क्षेत्रको गतिबिधी प्रत्यक्ष बुझ्न र हेर्न महेन्द्रनगरको भ्रमणमा आए । शुक्लाफाटामा क्याम्प रह्यो । राजनितीक सामाजिक, प्रशासनिक न्याय जनताका सुख दुःख हेर्न सुन्ने क्रम चलिरहेकै बेला शुक्लाफाटा क्याम्पमा नै हर्टअटेक भई बाचेका थिए ।
राजा महेन्द्र देश दर्शन पैदल भ्रमणमा २०१४ सालमा बैतडी पुगेका हुन भने त्यसपछि पनि धेरै स्थानका जनता नेतालाई भेटी काठमाडौँ फर्केका हुन । २०२७ माघमा राजा महेन्द्रले आफ्नो ए.डि.सी. कर्नेल हिक्मत बहादुर विष्टलाई साथमा लगी सिंहपुरबाट नै वनबासाको पुलक्षेत्रमा गई नेपाल तर्फ आउने नहरको स्थान देखाई मागे चौतारीमा रुखहरु थिए ।
त्यही ठाँउबाट नेपाल लग्न नहरको स्थान पुल बनाउने बेला छोडेको हो भन्ने कुरा राजालाई भनेपछि लौ त्यसो भए चाडै नहरको सुरुवात गर्न भनेर आदेश दिएपछि २०२८ माघ भित्रै बेलायतको एक कम्पनिलाई डि.पी.आर. तयार गर्न दियो र तत्कालै रेखाङ्कन गरी २०२८ फागुन चैत्रमा नै बनबासाको पुल देखि गड्डाचौकीसम्मको रुखहरुको कटान भइ २०२९ देखि नहरको काम नै सुरु भएको थियो ।
मुलनहर गड्डाचौकी देखि सिसैयासम्म बिहारबाट कामदार मगाई ठे.ले अतिरिक्त समयमा समेत काम गराई युद्धस्तरमा काम चाल्यो प्रतिदिन हजार दुईहजार व्यत्ति टोकरीमा माटो भरी टाउकोमा राखी नहर निर्माण गरेका हुन । त्यसपछि नहर गाउ गाउमा लैजान
कोरियाको ज्म्ऋ भन्ने कम्पनिलाई ठेक्का दिई २०४२।४३ सालमा नहरको काम समाप्त गरेको थियो । साथै अत्तरियादेखि पाटनसम्मको सडक डबल कटिङ गरी नाली निर्माण गरी पीच गर्ने ठेक्का पनि उसकै भएकोले पाटनसम्म डबल कटिङ गरी नाली बनाई सकेको थियो ।
पीचको तयारी गरी रहेको बेला २०४५ चैत्र १० गते नेपाल भारतको व्यापार तथा पारवहन नाकाबन्दी भारतका प्रधानमन्त्रि राजीव गान्धीले गर्यो । यो नाकाबन्दीको कुरा अन्तराष्ट्रियसम्म पुग्यो अन्तमा नेपालले भारतका सिमावर्ती रेल्वै स्टेशनमा बनाएका नेपाली गोदामहरु हटायो नेपालका नेताहरुको माग बमोजिम बहुदलिय व्यवस्थाको पुनरवहाली भयो । २०४७ मा ने.का. को नेतृत्वमा अन्तरिम सरकार भयो । सन्तनेता कृष्ण प्रसाद भट्टराईको भारत भ्रमणपछि नाकाबन्दी खुल्यो । नाकाबन्दीको बेलाका प्रधानमन्त्रि मरिचमान सिंह श्रेष्टले नेपाली जनतालाई आत्मनिर्भर बनाउने प्रयासमा सागसब्जी लगाउ गाउँ गाउँमा मल बिउविजन उपलब्ध गराई सर्वप्रथम कृषि क्षेत्रलाई आत्म निर्भर बनाउने प्रयासरत भएकै बेलामा १८ महिना नेपाल भारतको नाकाबन्दि बेहोर्यो । नेपालको सीर उच्च राखेका थिए तै पनि हामीले उनलाई सम्झन सकेनौ ।
हो सबैलाई थाहा भईसकेको विषय २०४७ सालमा जसको सहयोगले नेपालमा बहुदलिय व्यवस्थाको सुरुवात पुनरवहाली गर्न नेपाली नेतालाई सहयोग गरेको हो । २०५२ मा फेरी उसकै षडयन्त्रले द्वन्द्व सुरु गरी ०४६ सालको परिवर्तन फिर्ता गरी ०६२।६२ मा नयाँ व्यवस्था दियो भनाईको अर्थ लडाकु तयार पारी नेपाललाई १० वर्षसम्म सताई अन्तमा “र” को रोडम्याप गुरुयोजनाको मध्य भागमा पुग्न सफल भयो “र” ले आफ्नो कर्तव्य सरकारलाई थाहा नदिई गोप्य तरिकाले काम गरेको पाउदा प्रिय दर्सनी ईन्दिरा गान्धी चकित परेकी हुन भने नेपाली पदाधिकारीहरुले यसको कार्ययोजना थाहा नपाउने त स्वभाबिकै हो ।
नेपालमा द्वन्द सिर्जना गर्न भारतिय क्षेत्रबाट भएको सहयोगको बारेमा सहयोग लिनेहरुले आभार प्रकट गर्नु कुनै ठुलो कुरा होईन । धेरै कामदारहरु भारतमा काम गर्न जान्छन् नेपालीहरु अन्तमा लाखौमा १।२ जनाले घरेलु कामदारमा जहा बसेका हुन उनकै घरकी छोरीलाई भगाई लाखौ धनरासी ल्याएका हुन्छन भने कोही परिवारमा मारेर धनदौलत लुटेर पनि ल्याएका घटना हामी थाहा पाउछौं ।
नमक हरामले नेपालको बेइज्जती गरेझै आज यहाँ भएको छ । सुगौली सन्धीमा गुमेको भूमि फिर्ता ल्याउने विस्तारवादको विरुद्धमा हाम्रो लडाई भन्नेहरुले भारतीय धन हतियार, तालिम प्राप्त गरी नेपालीका मुन्टा रेट्ने कार्य मात्र भयो । अझै यत्तिले पुगेको छैन उसको कुटनीति “र” को गुरुयोजनाले तिव्रता लिएको अनुमान सजिलै गर्न सकिन्छ ।
जहाँ रहेपनि एक कुरामा अटल रहनै पर्दछ । वर्तमानको राज्य व्यवस्थालाई स्वीकार नेपालीले गर्नुपर्छ तर जनभावना विपरित गरेका काम कुराहरुमा भने नेपाली कांग्रेसका नेता गिरिजा, देउवा र अन्य तथा राप्रपाका अध्यक्ष भनिएका कमल थापाको जस्तो भने गद्धारी गरी प्रचण्ड पथमा हिडने कुचेष्टा गर्नु हुदैन । प्रचण्डपथ होस् वा ज्ञानेन्द्र पथ जुन पथलाई आत्मसाथ गरेपनि किन ठिक छ भने यी दुवै स्वदेशी हुन यहाँहरुको नेतृत्व हामी स्वीकार गर्न सक्छौं तर नारायणहिटीको विकल्प दिल्ली दरबार हामी स्वीकार्न सक्दैनौं । दिल्ली सित लेनदेनको भूमिका हुन्छ तर प्रचण्ड, ज्ञानेन्द्र सित छैन । शाह वंशका सपुत प्राकृतिक राजा हुन् । ज्ञानेन्द्र शाह प्रचण्ड स्वयम नरसंहारका नायके हुन, जसले न आफ्नो दर्शन दिन सक्यो न अर्काको स्वीकार गर्यो केवल दिल्लीको आडभरोसामा नेपालमाथि अन्याय हिंसा नरसंहार गर्यो त्यही नरसंहारबाट नेपाली जनता डराएका हुन कुनै प्रेमले मानेका छैनन् । त्यसको रचयिता पनि दिल्लीका दूत गिरिजा नै हुन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *