सार्वभौम जनताको परिभाषा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हिन्दु दर्शनको महत्वपुर्ण दस्तावेजमा रहेको भागवत पुराणमा कतिपय प्रसंगहरु अध्यात्मिक मात्र नभएर भौतिक पारलौकिक तत्व पनि गहिरो रुपमा प्रतिकात्मक अभिव्यक्तिहरु प्रसस्त देख्न सुन्न सकिन्छन्, कथानक धुन्धुकारीको प्रेतयोनीबाट उनकै धार्मिक भाई गोकर्णले मुक्त गरेको प्रसंग सुरु भई कालजयी वर्णनहरु तरंगित पार्छन । ठाउँ ठाउँमा भागवत सप्ताह लगाउने प्रचलन सर्ववितित छ । विषय वस्तु मानस पटलमा राजा हरिश्चन्द्रले पुत्रेष्टी यज्ञबाट वरुण देवतालाई प्रशन्न पारी पुत्र पाए तर बरदान पाउने बखत शर्त पनि थियो । निश्चित समय पश्चात त्यस पुत्रको बली गर्नुपर्ने अर्थात केही समयका लागि मात्र राजाले पुत्र सुख पाउने थिए, समय पुगेपछि वरुण आई पुगे राजाले बरदानमा फेरबदलको आग्रह गरे त्यसमा पुत्रको साटो अर्कै बालक बली गर्न छुट मिल्यो, प्राचीन समयमा मानव बलीको चलन रहेको थियो, राजाले रकम लिएर बली गर्न बालक खरीद गर्न आफ्ना सेवकहरु लगाए एक जनाका ३ छोरा रहेछन् ती मध्ये एउटालाई विक्रि गर्न मन्जुर भएर दरबारमा पुर्याईयो त्यहाँ जेठो छोरा बाबु तिर कान्छो आमा तर्फ गयो, माहिलो कसैको भएन विक्रिको लागी त्यही सौपियो, बालकको नाम “शुनीशेफ” थियो अव त्यसको बली भएर यज्ञ पुर्ण हुने स्थिति आयो बली गर्नै लाग्दा बालक डरले चिच्यायो त्यस क्रन्दनबाट बरुणलाई दया जागेर मुक्त गरी यज्ञ सम्पन्न हुन दिए । यज्ञ पश्चात शुनीशेफलाई कहाँ जान्छौं के गर्ने भनि सोधियो, बालकका जवाफ मर्मस्पर्शी थियो ।
“हे सर्वज्ञ समाज हो भन तिमी”
कस्को म छोरो भए”
जसले जन्म दियो ती आमाबुवाले विक्रि गरे किन्नेले बली गरी हत्या गर्नकै लागि भए पनि रकम तिरेका थिए तर बरुणले प्राण बचाए यसरी “शुनीशेफ”का जन्मदाताको अर्थ रहेन । प्रारम्भिक भूमिका वर्तमान नेपाली समाजमा घाम जत्तिकै छर्लङ्ग प्रमाणित भएको अनभूति भई रहदाँ सान्दर्भिक लागेर लेख्न र मनका चित्कार अभिव्यक्त गर्न बाध्य भए कोही बाम कोही दक्षिण कुनै नौकर शाह नेता, पदवीधारी मर्दासम्म पनि गाट र व्यर्थको मान, खाडीको घामले मृत्युवरण गर्न समेत बाध्य भएका लाखौं पनि होईन करोडौं सार्वभौम जनता दाश दशीको लोम हर्षक कथा र व्यथा जसलाई सुन्ने अनुभूति गरी दिने वारिस छैन । तिनका रेमिटेन्सबाट ब्याँसाहरुको शानोशौकतमा खर्च हुन्छ जो मुलुक भित्रका सार्वभौम जनता छौं कतै भोकमरी, बाढी, भूकम्प, घोर दयनीय अवस्थामा बाहुबलीहरुका धाँक धम्की र त्रासले बाच्न बाध्य छौं । नाम त हामी सार्वभौमहरुकै गोश्वारा रुपमा आउने गर्दछ त्यसैबाट अन्तरराष्ट्रिय भीख प्राप्त हुन्छ जसलाई हानथाप गर्दै केही सय व्यक्तिका तिजोरी भरिन्छन् । जुन ब्वासाँको भागबण्डामा तलमाथि भयो कि पोल खुल्न थाल्छ । भूकम्प पीडितलाई आएका सामग्री बाडुला देशको चामल कुहिएर खाडलमा हालियो, २० करोड बढीका जस्ता पाता २ वर्ष भन्दा बढी समयदेखि वीरगंज भन्सारमा कबाड हुँदै छन् । केही हजार खाने भ्रष्टाचारी परिभाषित हुने तर लाख होईन करोडका सीमा नाघेर अरबौंको लूट निरन्तर सुनिन्छन । यसलाई राज्यले पनि स्वीकार्छ । ऐन कानून संविधान यिनका लागि कुनै अर्थ राख्दैन । कितावमा भए पुग्छ, खाद्य औषधी शिक्षा सम्मानपुर्वक बाच्न पाउने भनि किताबमा भए पर्याप्त छ अब त गर्भवति महिलाको उद्धार गर्न परे हेलिकोप्टर सेवा दिने अरे, वायडबडी मात्र किन ? लाउडा धमीजा एनसेल कर छलीको कथाहरु निरन्तर आउछन् त्यसरी सुसुचित हुने अधिकार भए अरु केही हुनु पर्दैन । एउटा सहसचिव स्तरको कर्मचारी ६२ अरब लिन सफल भएछ । मुद्दा लाग्दा सर्वोच्व अदालतको बृहतपूर्ण इजलाशबाट बादी प्रत्यक्षीकरणको आदेश जारी भएर केही नगर्न अख्तियार, विशेष अदालतलाई निर्देशित भयो, म त भन्छु “चावास” सह सचिव महानिर्देशक नेपालको सार्वभौम जनता भनेका तिमी हौ, आदेश दिने वाला वीर हुन, एनसेल प्रकरणमा पनि पचासौं अरबका कथा छन् देश बाहिर रकम लग्न देउ भनि आदेश दिई अव सर्प गएपछि लठ्ठीले रेखा हिर्काउने काम हुदैछ । सुन तस्कर पक्रने दावेदारहरु र कथित तस्कर धमाधम सम्मानपुर्वक पद बहाली समेत गराउने आदेश गर्ने सबै सार्वभौम जनता नै हुन ।
कञ्चनपुरकी बालिका निर्मलाको बलात्कार, हत्या गर्ने “बुख्याचा” खडा गर्ने काम एसपी मात्र किन अब त आईजीपी समेत चर्चामा आईसके “दैवो दुर्वल घातक” यस्तै घटना बारा पर्सा ललितपुरमा भएछन् ३ जना बलात्कारी पक्रिए आजै सञ्चार माध्यममा सुनियो त्यहाँ पनि प्रमाण नष्ट गर्ने काम कानूनका रक्षकहरुबाट भएछन्, हुँदा हुँदा त सेनामा समेत घुस भ्रष्टाचार जाली किर्ते प्रमाणपत्रको छाया जनरलसम्म पुगेको पढ्न पाईयो, न्यायको पवित्र आसनलाई कलंकित पार्दै अदालतहरुलाई दुर्गन्ति पार्ने आपराधीहरु निर्भय बनेका सुनिन्छन्, अजामील ब्राहणको कथा लोमो छ तर त्यो दुष्टको कान्छो छेरा नारायणप्रति आशक्ति थियो मर्न लाग्दा नारायण बोल्दा यसका दूतहरुलाई कुटेर विष्णुका दूत विमानमा राखी पापीलाई वैकुण्ठ लगेको भागवत कथा झै शक्तिमा पहुँच हुने श्रेष्ट व्यक्ति सार्वभोम जनताको परिभाषा भित्र पर्छन हामी तीन चौथाई “शुनीशेफ” सार्वभौम जनताको कुनै “बरुण” मुक्तिदाता भएर आउला कि ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *