मिडियातर्फ नेताहरुको गुनासो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देशमा अन्याय अत्याचार हत्या हिंसा बलात्कार भईरहेको छ । नियन्त्रण हुनु पर्यो भन्ने कुराहरु मिडियाले बोल्दा राम्रा कुराको पनि कुरा गरी जस दिनोस भन्ने सन्दर्भहरुमा ध्यानाकर्षण हुँदा नेताहरुले राम्रो काम गर्लान भनेर निर्वाचित गरेकाले स्वतः जस पाई हाल्छन तर अन्याय अत्याचार भ्रष्टाचारको सुरुवात अनियन्त्रित हुन्छ भने त्यसको विरोध गर्नु भनेको नेता सरकारलाई सुमार्ग देखाउनु हो भन्ने कुरा सरकारी पक्षले बुझ्नु पर्दछ । रामो काम गरेमा जनताले पुनः छनोट गर्ने हो गुणगान गाएर मात्र कसैलाई फाइदा छैन । राम्रो काम गर्नु कर्तव्य हो ।

आज जनताले कराउने ठाउँ कहाँ ?
पंचायतकाल मात्र थिएन राजाको नेतृत्व थियो जनतालाई विश्वास थियो कि म सुरक्षित छु भन्ने । प्रधानले वा कसैले थिचोमिचो गरेमा सिडीओ सित र सिडिओले नसुने अञ्चलाधीश तथा उनले पनि नसुने राजा सित विन्ती पत्र हाल्दथे कारवाही गर्न सुनुवाई हुने गर्दथ्यो तर आज सुन्नेवाला कोही छैन । केवल पैसा खन्यायो भने सबैले सुन्ने अन्यथा कोही सुन्दैनन् । आज मरिसकेको जेष्ठ नागरिकको भत्ता मात्र होइन कि नयाँ प्रवेशी भत्ता पाउने एक व्यक्तिबाट तिन हजार सम्म कुनै कुनै ठाउँका वडा सचिवहरुले लिने गरेका छन् । गत अंकमा दिशानिर्देश कंचन साप्ताहिकमा प्रकाशित भएको थियो । बैतडी पुर्चौडी नगरपालिका वडा नं. १० का वडा सचिवको काम गर्ने प्राविधिक कर्मचारीले ११ जना बाट ३÷३ हजारले असुल गर्यो । नयाँ प्रवेशी भत्ता पाउने गजीदत्त अवस्थी लगायत ११ जनालाई गलत कुरा नगरपालिकाले दिन लागेको थिएन । ३ हजार दिएर मैले पाउने गराएको हु भनेर ८ हजारको भरपाई बनाई ५ हजार दिएको थियो तर त्यस्ता व्यक्तिमाथि कारवाही कसले गर्ने ? करवाही गर्ने अधिकारीले नगरी दिए कराउन को सँग जाने कसले सुन्ने ?
निर्मला पन्तको बलात्कारपछि हत्या भयो सन्तोषजनक नतिजा आएन खै सुन्ने ठाउँ कहाँ तलदेखि माथि सम्मको एकै लाईन जस्तो लाग्यो दिदी बहिनीको
घरमा गएको सबैले देखे तर दिउसो २ः३० बजे निस्केकी हो भनिएकी निर्मलालाई फर्केको देख्ने एक मानिस पनि छैन ।
चारैतर्फ भ्रष्टाचार भई रहेको छ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका सबै तहमा व्यापक भ्रष्टाचार मात्र होइन साना व्यापारीद्वारा काम गराएको पैसा भुक्तानी नदिई अलग्गै विल बनाई कर्मचारीले भुक्तानी लिईसकेको भन्ने सुनिन्छ देखिन्छ को सित भन्ने कसले सुन्ने । ५०/६० हजार भुक्तानी पाउनको लागि मुद्धा लड्ने हो भने वकिलले नै बहस पैरवी गरिदिए वापत लेखाई समेत ५० हजार भन्दा बढी खर्च हुन्छ भने यो पीडा सही तथ्य बुझ्ने खै को छ कसलाई सोध्ने ? विश्व विद्यालयबाट यस्तो भ्रष्टाचार हुन्छ भने अरु ठाउँको के कुरा गर्ने । माओवादीले बैंक लुटेको भन्दा झन पीडादायी सुप विश्वविद्यालयले गरेका हर्कतबाट साना व्यापारी आतंकित भएका छन.। यस्तो अन्याय अत्याचार त राणाकालमा पनि थिएन भन्दछन् भने यो पीडा को सित भन्ने ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *