युवाहरुलाई अध्ययन सामग्री हुनसक्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

२००५ सालमा जन्मेकोलाई २००७ को क्रान्ति देखेको याद छैन, २०३५।३६, ०४५।४६ को क्रान्ति अथवा आन्दोलनको बारेमा २०२९, २०४४।४५ मा जन्मेकालाई पनि उक्त आन्दोलन तथा २०५०।५१ मा जन्मेकालाई २०५२ मा सुरु भएको मावोबादी आन्दोलनको शसत्र द्धन्द र २०६२।६३ को १९ दिने आन्दोलनको बारेमा ५९।६० सालमा जन्मेकालाई के थाहा । ईतिहास लेखिएला तर त्यो ईतिहास लेखिए पनि सही हो वा गलत भनेर दाज्नको लागि म मेरो आँखाले देखेको ईतिहास बन्न लागेको तथ्यका केही अंशहरु प्रकाशित गर्न गएको छु र झुटा भएमा तुरुन्त सार्वजनिक गरी सहि तथ्य प्रकाश पार्नमा मदत मिल्नेछ ।
एउटा सानो तथ्य वेली विस्तार लगाउन गएको छु यदि मेरो उमेर भन्दा बढी उमेरका मित्रहरु यो संसारका प्रतिनिधि र अनुसन्धानका सामग्री हुन । यदि कोही खोज गर्न चहान्छन् भने १४।१५ सालमा म स्कुल जाने भएछु, तर स्कुल थिएन । खास गरेर भारत पिथौरागड अस्कोटका युवाहरु स्कुल खोल्न नेपाल पस्दा रहेछन वा शिक्षक नपाएर बोलाउदा रहेछन् भन्ने कुराको अध्ययन गर्दा बोलाएर पनि आउदा रहेछन तर आफै पनि आउने गर्दा रहेछन् । ई.स. १९९३ भन्दा पुर्व डोटीको स्कुलमा शिक्षण गरीरहेका रामदत्त अबस्थीलाई बझाङ भोपुरको सत्यबादी हाई सकुल संचालन गर्न बझाङी राजा जयपृथ्वी बहादुर सिंहले लगेर गएका रहेछन । आज उनको शालिक भोपुरमा राखेका छन । म पनि सानै थिए त्यतिबेला बैतडीको पुर्चौडी क्षेत्रको गोरा काला गाँउले चिनिने गोरा गाउँ र महर गाउँको बिचमा पर्ने साङडीको बेरवाटा, साङडी पिपल साङडीमा अस्कोटको युवक आएर विद्यालय संचालन गर्न आए । केटाहरुलाई जम्मा गरी खुला चौरमा विद्यालय संचालन गर्यो । त्यस समयमा एक ठाउँमा स्थिर नरही कुनै बेला नदि किनारा कुनै बेला चौरमा बालकहरुलाई अ आ, क ख दुना बाह«खरी, सवा, ड्यौडा, ढाम, पौनै चिठी, तमसुक पढाउने काम सम्म गर्यो हालाकी त्यहाबाट ३।४ घण्टाको दुरीमा डम्बर बहादुर बमले २००४ सालमा स्वीकृति ल्याई डिलेश्वरी आधार हाईस्कुलको स्थापना गरी सकेका थिए, तैपनि साना विद्यार्थी टाढाबाट त्यहा पुग्ने सामर्थ थिएन । एउटा सम्झना छ २०१५ सालको आम निर्वाचनमा तल्लादेहीमा कटौजपानी, विज्यपुर र तल्लादेही एरियाको मतदान केन्द्र रहेछ, त्यहा मतदान भएको दिन मेलाको जस्तै उत्सब भएकोले केटाकेटी, बुढा सबै गएका थिए । म र मेरा साथीहरु पनि गएका थिए बाकी सम्झनामा छैन डा.के.आई सिंहको चुनाव चिन्ह धानको बाला रहेछ त्यसमा भोट दिनु भन्ने प्रचार सुनेका थियौ ।
त्यो बेला भन्दा पुर्वको जनजीवन तर्फ पनि बिचार गर्दा म ९।१० वर्षको हुदा बुवाको साथमा म पिथौरागढ गए हाम्रो घरमा घुम्ती पसल भएकोले मेरो झोलामा ५।७ किलो मिसिरी राखी दियो बोकेर घर पुर्याए आउन जान ५।६ दिन जति लागेको थियो गाडी पिथौरागढसम्म मात्र पुग्दथे त्यो पनि कच्ची सडक । २।३ गाडी के.एम.ओ. का मात्र थिए । गाडीमा स्पेशल प्रथम श्रेणी, द्धितीय र तृतीय श्रेणीका सीट र भाडा थियो । नेपालीहरुको बाटो भरी घुईचो लागेको हुन्थ्यो, बझाङ, बाजुरा, अछाम र डडेल्धुराका केही जनताको बजार
पिथौरागढकै थियो । बाटो बाटोमा खाना पकाउने चुलाहरु साना साना धर्मशालाहरु थिए । साथै सामल लगेर नै जाने गर्थे, नुन लगायतका घरेलु सामग्री खरिद गर्न जादा बाटोमा जादा कही ओराडहरु थिए भने कही रुखहरुको फेदमुनी रात विताई पिथौरागढमा पनि जसबाट सामान किन्यो उसैको पसलको बरण्डामा रात विताउथ्यौ, जतिसुकै जाडो भएपनि मण्नी कम्बल व्यापारीले दिन्थे भारी बोक्ने डोकाकै सहारामा रात विताउने गरेको र हामी जस्ता पिथौरागढका बालबालिका स्कुल गएको देख्दा मनमा कस्तो कस्तो पिडा बोध हुन्थ्यो । हामी कहाँ जुत्ता चप्पलको चलन थिएन जुता चप्पल नलगाएर नै यात्रा गर्थे भने कुनै कुनै ठाउँमा त भूलहरुले स्थानीय छालाका जुत्ता बनाएका हुन्थे तर थोरैले लगाउथे ठालुहरु, मुखिया तालुकदारहरु सित मात्र जुत्ता थिए भने सामान्य गाउँमा थिएन । म स्वयमले पनि कक्षा आठमा पुग्दा मात्र चप्पल कपडाको जुत्ता लगाउन सुरु गरेको थिए । जुत्ता चप्पल बेगर ५÷६ दिनको टाढाको बाटोमा पनि हिडेको सम्झना आउछ । एक दिन म स्वयम पिथौरागढ जादै थिए ठाउँ ठाउँबाट राजा हेर्ने भनेर मानिसहरु बैतडी गईरहेका थिए त्यस बखत मुगु मुस्ताङ, दार्चुला हुदै राजा महेन्द्रको भ्रमण बैतडीमा पनि भएको रहेछ ।
राजा महेन्द्रको बैतडी भ्रमणको बेला पानीको हाहाकार हुँदा सोतीगाडबाट तुरुन्त पाईपद्वारा पानी ल्याउनु भनेर पाइपको लागी बजेट निकासा गरी भारतको पिथौरागढबाट काँधमा पाईप बोकी बैतडी पुर्याई पानी आपुर्ति भएको थियो । ती पाइपहरु व्यारेकको पुर्वी (काठा) पहरमा देखिएका छन् । हेर्दा आज सम्म पनि चादी जस्तै चम्केका छन् ती न्क्ष् पाईपहरु देशदर्शनमा राजा महेन्द्रले जे देखे त्यो यस देशको भाग्योदय हो । पहाडमा टनाटन गाउँभरी जनताको बसोबास थियो खाना लाउन नपुग्ने दुःख देख्दा पहाडका जनतालाई दीर्घकालिन सोचका साथ तराई झर्न सुझाव दिए । (म्यानमार) वर्मामा रहेका प्रवासी नेपालीहरुलाई पनि नेपाल ल्याई घरबास बनाई दियो जो बाध्य भएर बर्माबाट आउनु परेका थिए । त्यही सुनेर हाम्रो घरबाट पनि बुवा काकाहरु मदेशमा बस्न २०२२ साल झरेका हुन तर गर्मी मलेरिया आदीले गर्दा बस्न नसकी विजुली कार्यालय भानुचोक देखि उत्तरतर्फको जमिन काटफाड गरी छोडेर गएपछि निशुल्क अरु बसेका हुन । त्यो बेलाको अवस्था कठिन थियो निशुल्क पाएको जग्गामा पनि सबै बस्ने आट गर्दैनथे वनजंगल झाडीहरु सफा गरी बस्ने बेला पानी तथा रासनको अभाव थियो तैपनि महाकालीबाट पानी बनबासा खटिमाबाट चामल ल्याएर यहाँ महेन्द्रनगरमा बसोबास गरेको कुरा बताए । यहाँ बस्नेहरुका नल्का थिएन कुवाहरु थिए कुवामा कोतरवाला रुखको टोटकाहरु राखी कुवाको सुरक्षा गरेका थिए । त्यो बेलामा मैले आउन नकसे पनि २०२७ सालमा आए त्यसबेलामा मैले मेरो घर परिवार तथा गाउँलेलाई महेन्द्रनगर आउन अनुरोध गरे आएनन् । पुनर्वास एरियाको अध्ययन राजा महेन्द्रले गरेर त्यहाँ बस्ती वसाएको जमिन भारत भित्र पसेकोले सरदारहरुको कब्जा हुने ठानी त्यस क्षेत्रमा पुर्वी पहाडी क्षेत्रबाट झर्लाङ्गी तामाङ बलियो निडर जातीलाई ल्याई पुनर्वास गराई ११ महिना सम्म पौष्टिक आहार, रासन दैनिक अण्डा दुध खुवाएर आवाद गर्न लगाएका थिए । मैले पनि २०२८ सालमा अंचलाधीश टेकबहादुर राईमाझी सित जग्गा माग्दा अरुको झै ठाउँ छान घर परिवारलाई तिम्रा काकाहरुलाई बोलाई ४÷४ विगाहाका दरले छुट्याउन लगाई दिन्छु बस भनेका थिए काकाहरु भु.पु. भारतीय सैनिक थिए उनीहरु आएनन् तर बैतडी बुड्डा र दैलेखबाट आएका पुर्व सैनिकहरुलाई अंचलाधीश कार्यालयकै अगाडी लाईन लगाएर परिचय मागी करिव एक सय जनालाई बेलौरी र पुनर्वासको बौडरमा बारबोर बन्दुक राख्न इजाजत पत्र समेत दिई तिन तिन विगाहको दरले बैवाहमा जग्गा दिएको थियो ।
मलाई पनि आमथलामा २ विगाह जग्गा नापजाँच गराई फिल्डबुक तयार पारी दिएको थियो । पुर्जा पाउने बेलामा अंचलाधीशको कुरा मन नपरी सुब्बा जयदेवले अंचलाधीशको बारेमा राजासित माननीय लबरु रानाथारुद्वारा कराउन लगाई अंचलाधीशलाई सरुवा गराई उनले गरेका काममा के रहेछ भनि राजाले सर्वज्ञराज पंडितको अध्यक्षतामा विशेष दौडाहा खटाई छानविन गरी दिएको जग्गा बदर गरेकोले मैले पनि छोडी दिए । त्यो बदर भएको जग्गा यदि आफैले कमाई राखेको छ भने पुर्जा दिने भन्ने नियम ४०÷४१ सालमा बन्यो । मैले पनि मेरो जग्गामा गई हेर्दा त्यहाँ एकजना दलालले मेरो हो भनेर ११ परिवार गरिव जनतालाई बेची सकेकोले बसोबास गर्नेहरुको अनुरोध र अवस्था हेरी बल गर्न सकेन । मैले २०२९ सालमा अन्नेत्रै किनी सकेको थिए । २९÷३० सालसम्म महेन्द्रनगरमा जहाँ बस्ने मनलाग्यो त्यहाँ बस्न मिल्दथ्यो ।
महेन्द्रनगर नगर विकास समितिले आवसिय क्षेत्रमा रु ९१११३ सय रुपिँया र क श्रेणीमा ६ हजार, ख मा ४ हजारमा १००÷६० को घडेरी पाईन लागेको थियो । आवासिय क्षेत्रमा त्यो बेलामा एक घर पनि थिएन । बजारको दक्षिण तर्फको पुरै क्षेत्रमा सालको जंगल थियो त्यो जंगलमा कटान लगाई सालको जंगल काटी बस्ती बसालेको हो, त्यसैले त्यसलाई अझै कटान भनिने गरिन्छ ।
अव सडक तर्फ जाँदा बनबसाको पुलदेखि महेन्द्रनगरसम्म सडक बनाउन माटो भरान भईरहेको थियो तर महेन्द्रनगर पुर्व तर्फ केही निर्माणको सुरुवात थिएन । २०२८ सालपछि राजमार्गको सर्वे गरी जंगल कटान गरेको थियो । यो अवस्थामा २०२८ सालसम्मको यहाँको अवस्था हो त्यसपछिका गतिविधि छोटो रुपमा म युवाहरुको अध्ययन र जानकारीको लागि निरन्तर लेख्दै गर्नेछु र चित्रण गर्नेछु । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *