देशको स्वाभिमान सबैको साझा गौरव हो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाल र नेपालीको साँझा सम्पत्ति देशको स्वाभिमान हो । हरेक व्यक्तिको अलग्गै पहिचान हुन्छ र त्यस्तै विश्वसामु हरेक देशको आफ्नै पहिचान हुन्छ हुन पनि हो पहिचान बेजोड हुनु पर्दछ । विश्वसामु छुट्टै पहिचान बनाई स्वतन्त्र रहेको नेपाल आज परतन्त्रमा फसेको छ । हो रेमिटान्सको आवश्यकता सबै देशलाई पर्दछ । नेपाललाई मात्र हैन, रेमिटान्स आउछ भनेर विश्वका देशहरुमा गएर हामी, हाम्रो श्रीमती छोरीहरुद्वारा विदेशीहरुको घरेलु नोकरको रुपमा काम गराउनुमा हाम्रो स्वाभिमान रहदैन बरु गुम्छ । बरु २ माना खुर्सानी, १ माना भट्मास, १ किलो धान बचेर पनि विदेशी मुद्रा पाउन सकिन्छ । आफ्नो ठाउँको सुधार गरी धार्मिक तिर्थस्थललाई पर्यटकीय क्षेत्र सित जोडेर आर्जन गर्न सकिन्छ । रेमिटान्स केवल मुद्रा विनिमय मात्र हो । राष्ट्रको आम्दानी होईन व्यक्तिको हुन सक्छ । व्यक्ति अन्तमा उतै बस्दछ भने देशले एक कर्मठ लगनशील उद्यमी नागरिक गुमाएको मानि देश घाटामा जानेछ । अंग्रेजहरुको सामुन्यमा देशलाई स्वतन्त्रताबाट डुब्न नदिई बचाई राखेको भएपनि आज अप्रत्यक्ष देशले गुमालीको चंगुलमा परेको छ । त्यति मात्र नभई देशले चौतर्फी अपजस पाई हेलाको दृष्टि देशमाथि पर्न गएको छ ।
मेरा देशको नागरिकलाई सार्वजनिक काममा लगाई लोककल्याण पनि हुने तरिकाले मेरा नागरिकलाई रोजगारी देउ भन्नु त्यति अपराध होइन तर घरेलु नोकरको रुपमा राखी दिन हुन अनुरोध गर्दछु भनि नेपाली नेताहरु सरकारले भन्छ भने त्यो हाम्रो लागी मरेको दिन हुन आउने छ र आईरहेको छ । देशको इज्जत राख्न सक्यो भने हाम्रो इज्जत रहने हो अन्यथा देशको व्यइज्जती हुनेछ र त्यस्तो भए जतनले जोगाई राखेको इज्जतमा आगो लाग्नेछ । आन्तरिक कुरा गर्दा आज जनता माझ जे भई रहेको छ त्यो ठिक छैन देशमा भ्रष्टाचार भएको छ निर्माण काम गराउने कार्यालय हो तर दोष केवल व्यवसायीलाई मात्र जान्छ । निर्माण कामका डिजाईनर कस्ता छन र उनले गरेको डिजाईन कस्तो छ पुनः निरीक्षण गरेर मात्र गर्नु पर्दछ । डिजाईनरको गल्तीले व्यवसायीले आरोपित हुनु पर्दैन । सबैलाई जगजाहेर छ सबैको भागबण्डा गर्नु पर्ने अवस्थाको सिर्जना नेपालमा भएको छ ।
हालसालै आइएनजीओले नेपालमा गरेको भेटघाट र कार्यक्रम कस्तो थियो भन्ने कुरा दिनदिनै हेर्न सकिनेछ । यौटा सानो साधारण घटना निर्मला हत्याकाण्ड हेरौं कति सजिलो गरी आएको कठिन हुदै गयो । यो देशले वर्तमानमा कर्मनिष्ट भएर काम नगरी कम्युनिष्ट मात्र भएर काम गरेकोे कारण यो हवीगती भएको छ ।
विश्वका हरेक राष्ट्रले दिन दुई गुणाा रात चौगुणा भनेझै विकास निर्माण, उद्योधधन्दा, व्यापार, आविस्कार गरेर सौर्य मण्डलका विभिन्न ग्रहहरुमा पुग्ने तर्जुमा मिलाईराखेका छन् र विश्वलाई आफ्नो बजार बनाउन तम्सिरहेका बेला नेपाली नेताहरु विवेकहिन जस्तै भएर अबोध बालकझै यता जाउ वा उता भन्दै हरेक व्यक्ति देशले बहकाएको बहकावमा लागि देशमा भएका उद्योगधन्दाहरु विक्रि गरेर आफ्नो निजी स्वार्थपुर्ति गरी राज्य व्यवस्थामा विदेशीको पहुँच पुर्याई देशलाई एकदम न्यून आयस्रोतमा राखेको तर आन्तरिक उत्पादन सुन्य गराई विदेशी उत्पादन भित्र्याई विदेशी उद्योगपतिबाट कमिसन लिएर आफ्नो देशमा एकतर्फी विदेशी बजार बनाएको छ । जस्तै भारतमा भारतीय उत्पादन एउटा मोटरसाईकिल होस् वा एउटा गाडी त्यसमा कम्पनीको रेट भन्दा चार गुणा बढीमा नेपालीले किन्नु परेको छ । देशमा आपुर्ति हुने इन्धन खरिद गर्न पनि आफ्नो देशको उत्पादन भई विक्रिभएको बस्तुबाट आएको विदेशी मुद्रा नभई खाडी मुलुकका घरेलु कामदारहरुबाट प्राप्त भएको रेमिटान्सबाट आपुर्ति गर्ने गरिएको छ, जसको नाम बैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्स भन्ने गरिन्छ, यो नै सबैभन्दा ठूलो दुःखको कुरा हो । आफ्नै देशको कच्चा पदार्थमा आधारित निकासीजन्य उद्योगधन्दाहरु बरु बहुराष्ट्रिय कम्पनीद्वारा खोल्न लगाई त्यसमा काम गर्ने नेपाली मजदूरहरुलाई नै उपयोग गरेको भए विदेशी मुद्रा पनि आउने देशका युवायुवतीहरुले पनि रोजगारी पाउने भएकोले त्यतातर्फ नलाग्नुको दुःखद कारण के भने नेपालमा रोजगारी गर्ने नागरिकबाट कमिसन लिन नमिल्ने भएकोले पनि हुन सक्छ अथवा विदेशी गुलामी मन पराउने अधम प्रवृति पनि हुन सक्छ जे होस् दुःखद नीति नै मान्न सकिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *