चक्र व्यूहमा नेपाल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अब वास्तवमा नयाँ नेपाल बन्यो, पत्याउनै कठीन पर्ने गरी शाशकहरुका क्रियाकलाप एक पछि अर्को गर्दै प्रहसनमा रुपान्तरित हुन थालेका छन् । शासनतन्त्रले आफ्नो विश्वसनीयता गुमाई रहेको छ । यिनीहरुबाट आम सर्वसाधारणको भलो हुन सक्छ भनि कसैले पनि विश्वास गर्न छोडी सके ।
नेपाल र नेपालीको अस्तित्व रहन सक्छ भन्नेमा चौतर्फी शंका व्याप्त छ । क्रान्तिकारी साम्यवादी दावा गर्नेहरुले चमत्कार नै गर्लान भन्ने विश्वासका आधारमा घात भएको छ ।
राणाकालिन समयको चर्चा पुनरावृत्ति हुन लागेका लक्षण देखा पर्दैछन् । के.पी. शर्माओलीबाट नेपाल राष्ट्रको संरक्षण हुन्छ भन्ने विश्वासमा रहने म स्वयम पनि थिए । कुनै दलसँग आवद्ध नरहे पनि निष्ठावान नेपालीको नाताले भ्रष्टाचारमुक्त समृद्ध नेपालको कल्पना थियो, निस्वार्थ भावले अल्प समयमा अमर भएर जालान भनेको त यति सम्म पनि गिर्न सक्छन् भन्ने कल्पना समेत भएन आज, आएर स्वयम् आफ्नो र देशलाई खाडलमा पुर्ने काम भईरहेको छ देखेर आश्चर्य लाग्दछ । उखान टुक्काका अभियन्ता प्रहसनमा रुपान्तरित हुन पुगेका छन् ।
प्रसँग एसिया पेसिफिक सन १९८४ मा गठन गरिएको दिवंगत मूनको स्वघोषित जेसस क्राइष्टको अवतार दावी गर्दै क्रिश्चियनिष्टीमा नै अर्को शक्तिशाली केन्द्र विन्दुमा राखेर आफ्नै कथित धर्म प्रचारकको प्रणेता स्वयम कर छली मुद्धामा १४ महिना भन्दा बढी कैद अमेरिकामा भुक्तान गरेका उत्तर कोरियामा जाशुसीको अभियोगमा ५ वर्ष सजाय काटेका कम्युनिष्टहरुलाई शैतान भन्दै समाप्त पार्ने संकल्प गरेका विवादास्पद व्यक्तिको देहान्तपछि उनकै श्रीमती मेडम मून हाकले स्वयमलाई जेसस कि छोरी भनेर ठाउँ ठाउँमा प्रचार गर्ने आशिर्वाद दिने भनि संसारभर क्रिश्चियनिटीको धर्म
परिवर्तन गर्ने मिशन बोक्ने क्रममा कही ठाउँ नपाएर नेपालका कम्युनिष्ट प्रयोग गर्न सफल भएको देख्दा यत्तिसम्म पनि हुन सक्छ ? भनि चर्चित बन्न गएको विषयमा समीक्षा सान्दर्भिक र सामयिक लागेको छ ।
अफ्नै दलको बेठक समेत समयाभाव भनि स्थापित गर्ने केपी ओली सोल्टी होटलमा नै डेरा जमाएर संविधान विपरित एक लाख डलर बक्सिस समेत पाई दंग परेका होलान तर आशिर्वाद (Blessing) लिने १५०० मा शामेल हुन सकेनन् । परिवार दल खोलेका र हाल कम्युनिष्ट सहकार्यको दावा गर्ने एकनाथ ढकाललाई नेपालको संविधान नेपाली जनताबाट निर्वाचित सांसद सरकार सवलाई नचाई प्रहसनका पात्र बनाउन सफल भएकोमा ईश्या मान्दै बधाई छ ।
९ महिनामा अनेक चर्तिकला देखाउ आज भ्रष्टाचार संस्थागत मर्यादा अव यसको नाम परिवर्तन गरी मुक्तिदाता भन्दा फरक नपर्ला । गरिवीको रेखामुनि रहेको हामी सर्वसाधारणको मखौल उडाउने प्रहसनका पात्र रुपान्तरित गरी स्वयम् ब्रहमलुटमा राणाहरुलाई समेत मात दिने गरी यही बहुरुपीयनहरुका ताण्डव नृत्य देख्दा मर्न न बाच्नु भएको छ । यिनका रेट पनि लाखौं करोडौं होइन अरबौं भएछन् । जे काम पनि घुस नभई त्यसका लागि कौशल सिक्न विषयगत पाठ्यक्रम बनाउन आवश्यक भई सकेको छ । खाडीमा ज्यान फालेर पठाएको रेमिटेन्समा रजाई गरी १८ करोडका गाडी शान शौकत ऐश्वर्य प्रदर्शन गर्ने घरबार विहिन अलपत्र परी उनकै नाममा आएका रकमबाट दरबार निर्माण गर्ने विदेशी सयल गर्ने लगायतका गतिविधि आवश्यक नै लाग्दछन् किनभने विनाशको बाटोले निकास माग्छ नै यी जे जति गतिविधि भईरहेका छन् यसमा हामी निमुखाहरुले कुनै दुःख मान्नु गर्नु पर्दैन किनभने भित्र गुम्सिरहेको ज्वालामुखी फुट्छ नै, यी बुहरुपीयाहरु को के हुन भन्ने प्रष्ट त हुन लागेको छ । राष्ट्र लगभग असफल भई सकेका अवस्था छ ।
राजा ज्ञानेन्द्र मार्कामा भीत्ताखम्बाहरुमा हसिलो अनुहारका पोष्टर नै निभ्ने बेलाका बत्ती हुन त्यसमा अबोध बालिकाको बलात्कारपछि हत्यामा न्याय माग गरिएका पोष्टर प्रहरीद्वारा उलेख्न च्यात्न लगाईयो । समाचार प्रचार नगर्न हनुमान मन्त्री गोकुल बास्कोटाको फर्मान जारी भएछ, विरोध गर्नेहरुको धरपकड पंचायत राणा भन्दा कुन अर्थमा फरक रहेछ, १९ सालको पंचायती संविधानमा न्याय व्यवस्थापिका कार्यपालिकाको शक्तिको ध्येय राजामा निहित थियो नाम बदल्न मात्र बाँकी छ । स्वनाम धन्य ओलीको गन्तव्य त्यतै तिर लक्षित देखिन्छ ।
मूनले कम्युनिष्ट समाप्त पार्ने संकल्पका साथ शैतानको नामाकरण गरेका थिए । उनै कम्युनिष्ट नियन्ताहरुलाई माध्यम बनाई समाप्त पार्न नेपालमा सफल भई छोडे । अव यो साल पुरा गर्लान जस्तो लाग्दैन ।
चाणै नै उखान टुक्कामा पात्रता पाउने दिनगिन्ति प्रारम्भ भइसक्यो शान्त देखिएको ज्वालामुखी विस्फोट तिनकै दलबाट प्रारम्भ भईसकेको छ । दुर्भाग्यवस विपक्षी दल कांग्रेस लगभग समाप्त नै भईसकेको अवस्थामा कठोर दमनकारी तानाशाहीको अभ्युदय हुने त होइन भन्ने चिन्ता छाएको छ । यस्तो त हुनु नै थियो रोम जली रहदा शाशकनीरो बासुरी बजाई रहेको भनिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *