अझै सामन्तवादीको विगविगी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १५ मङ्सिर
अझै नेपालमा विकट जिल्लाहरु अर्थात खासगरी सुदूरपश्चिम प्रदेशको पुर्चौडी नगरपालिकामा सामन्तवादीहरुको विगविगी कायमै रहेको छ ।
पुर्चौडी नगरपालिका वडा नं.१० साविक विजयपुर गाउँपालिका त्यसपुर्व गाउँ पञ्चायत रहेको ठाउँ साङडीमा २०४३ सालमा पञ्चायत रहेको डाडावाग प्रा.वि. जोसँग १२३ रोपनि भन्दा बढी जग्गा छ हालसम्म मालपोत समेत बुझाउदै आईरहेको छ, सायद हुन सक्छ प्रा.वि. र मा.वि. स्तरको स्कुलको नाममा १२३ रोपनी जग्गा दर्ता भएका स्कुल अधिराज्य भरीमा छैनन् होला ।
पुर्चौडीका धेरै विद्यालयहरु झोले विद्यालयलाई सरकारी दरबन्दी नदिए पनि रातको नाममा कसैको निजी फाईदाको लागि केही रकम दिई शिक्षा कार्यालय र त्यस्ता अवैध विद्यालयको नाममा रकम निकासा गरी अमुख व्यक्तिको नितान्त फाईदाको लागी शिक्षा कार्यालय बैतडीले भवन निर्माणको काममा समेत साझेदारी गरेका कारण २०४२/४३ सालमा सरकारी स्वीकृति पाई चलेको विद्यालयको नजिकै ५ सय मिटर भित्र नयाँ स्कुल खोली उक्त विद्यालयलाई नै आघात पार्ने काम गरेका छन् ।
१२३ रोपनी जग्गा भएको विद्यालयलाई भवन निर्माण ट्रस्ट नदिई त्यसकै विरुद्धमा नयाँ विद्यालय खोल्न लगाई गैरकानूनी काम गरी साङ्डीमा रहेको डाडाबाग प्रा.वि.लाई आघात पुर्याई बदनियत कार्य गरेको प्रष्ट देखिन्छ । यदि फिल्डमा गई चेकजाँच गर्दा सही र गलत कुरा छुट्याउन सकिने भएकोले गैर कानूनी काम गर्ने सामन्त सोच भएका पदाधिकारी माथी कारवाहीको माग त्यहाँका जनताले राखेका छन् । राज्यका अंगहरुबाट पक्षपत पुर्ण काम गर्नु निन्दनीय र आपत्तिजनक भएको स्वीकार गर्दै कारवाही हुनुपर्ने स्थानीय जयदत्त अवस्थीले बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *