स्वाभिमानको धनी








म सानो छु आकारमा
तर म आफैमा विशाल छु
मेरो स्वाभिमान पनि विशाल छ
म इमानको मात्र होईन जमानको पनि धनी छु
तर
मलाई गरिव ठान्नेहरु खरीदारीको
घिनलाग्दो खेल खेली रहेकै छन
मलाई धनि लोग्ने चाहिएको छैन
केवल यौटा स्वाभिमान गरिव चाहिएको छ
पैसाको होईन, तर केवल
स्वाभिमानको धनी चाहिएको छ
मेरो साथ दिन एक निर्धनी स्वाभिमानी
चाहिएको छ
मलाई पौरखी हातहरु चाहिएका छन
सानै भएनि पाखुरी चाहिएका छन्
सानै भएपनि पाखुरी चाहिएका छन्
म सानो भई दिदा पनि खरिद गर्न सक्दैन
खरिदारले
न वेईमानीले दमन गर्न सक्छ
मेरो आफ्नै स्वाभिमान छ आफ्नै पौरख छ
म माथिको वाक आक्रमण होस वा बम आक्रमण
तर सहने छैन
चाहे म घायल बनु तर म मर्दिन कदापी मर्दिन
बारुदका गोला बर्षाउ्
ति बम गोलाहरु
पानी रुपी असिना बन्नेछन्
बारुद भित्र पानी पस्नेछन
हानेका वाक वाण हावामा उड्ने छन
हान वाक वाण जति हान्न सक्छौ हान
सुकाउ पानीका मुहानहरु सुकाउ
म नालापानीमा गई पानी पिउला
जहाँ मेरा पुर्वले किल्ला बाहिर आई खाएका
थिए पानी
त्यही अमृत पानी खाउला ।
किल्ला भित्र नभएपनि किल्ला बाहिर बसुला
किल्ला सम्झेरै बसुला
तर
बार वाला किल्ला होईन
शान्तिको किल्ला कोरुला
म बसुला मेरा मित्र बस्लान
मेरो कल्पनाको शान्ति किल्ला भित्र
मेरो सबै मित्र अटाउने किल्लाभित्र
म मात्र होईन
मेरा सबै बस्ने छन अनि त्यो, त्यो
साच्चै त्यो दिल्लीवाला होस वा
नव निर्माण भएको
आगराको किल्ला होस सबै वाझा पर्नेछन
तर
मेरा शान्तिको किल्ला हमेशा हमेसा
अमर रहनेछ अमर रहनेछ
म कदापी लुक्दिन विशाल होस वा
विराट ढुङ्गे किल्ला भित्र म लुकितन
म लुक्नेछु
त्यही एक विचित्र शान्तीको
विराट किल्ला भित्र लुक्नेछु
कि लुक्ने छु
मेरै पुर्खाका आली कान्लामा लुक्नेछु
टिष्टा होस वा कागडा
यि मेरै पुर्खाका किल्ला भित्र पस्नेछु
मेरा पुर्खाको रगतको मात्र खोला होईन
पसिनाको खोला हेर्नेछु
मलाई भागिरथी नदी होइन
मलाई मेरा पुर्खाको रगत मिसिएको
नदी मात्र होईन पसिना मिसिएको
एक स्वाभिमानी
पवित्र नदी चाहिएको छ
खै
म तर्न सकुँ नसकुँ तर मलाई उही
टिष्टा चाहिएको छ,
बस्न सकु नसकु उही पवित्र किल्ला
कागडा चाहिएको छ
मलाई दिल्ली वाला लाल किल्ला होइन गौतम बुद्धको शान्ति किल्ला पनि
मलाई चाहिएको छ । (यो कविता २०६२/७/११ लेखिएको हो ।







