महिला हिंसा विरुद्धको अभियान








भर्खरै प्रारम्भ भएको महिला हिंसा विरुद्धको अभियानले कुनै सार्थक परिणामको अपेक्षा भएकै होला, यस सन्दर्भमा सामाजिक नैतिक, साँस्कृतिक कानूनी अवस्थातर्फ विश्लेषण आवश्यक लागेको छ । अति केही विषय पनि नकारात्मक हुन्छ नै साथै नियतको प्रश्न पनि अत्यन्त महत्वपुर्ण हुने भएकोले देश काल परिस्थितिले निकै प्रभाव पार्दछ । आज नेपाल बामको देशमा साँस्कृतिक मान्यताहरु नै स्वतन्त्रताका लागि अवरोध हुन भन्ने चित्रण लगभग सर्वत्र देखिन थालेको छ । पुराना मान्यता रितिरिवाज निरर्थक हुन र यिनकै कारण समाज पछाडी गएको भन्ने पनि चर्चा गरिन्छ । त्यसो हुँदा यस विषयको गहन विश्लेषण यथार्थपरक र बस्तुनिष्ट आधारमा हुनु पर्दछ ।
महिला पुरुष बीच विभेद गरिनु हुन्न यसबाट नै खाडल पैदा हुन्छ । खासगरी महिलाहरु बढी नै प्रताडीत हुँदा यसबाट नै विपरित परिस्थिति श्रृजना भएका भनि छलफल हुन्छ । वास्तवमा पिछडिएका क्षेत्रहरुमा महिला निकै कष्टकर जीवन विताउन बाध्य छन् । मानसिक र शारिरीक शोषण विकराल छ । यसमा विमत्ति राख्न पर्ने कारण हुन सक्तैन अर्कातर्फ शिक्षित आत्मनिर्भर महिलाहरु कुनै शोषणमा पर्दैन वा शहरी क्षेत्रहरुमा पुर्ण स्वतन्त्र भएर बाचेका छन् त भनि हेर्न पर्ने हुन्छ, लज्जाशीलता र नारी सुलभ अस्मिता नै अमूल्य सम्पत्ति हुन स्वतन्त्रताका नाममा स्वच्छन्दता छाडा प्रवृत्ति र हल्का रुपमा लिईन थाल्यो भने समाज निम्न विन्दुमा खस्कन बेर लाग्दैन । त्यसैले हाम्रो देशमा महिला विरुद्धका हिंसाका लागि अभियान एक पक्षिय नभई बहुआयामि भएमा कुनै सकारात्मक परिणाम आउन सक्छ । नारीको पवित्रता अत्यन्त सम्मानित हुन्छ तर विपरित गतिमा गए यसबाट उनीहरु मात्र होइन समग्र समाज कलंकित हुन पुग्दछ, प्रचारका लागि एन.जि.ओ.हरु चल्ने चलाउने गरी अभियान सञ्चालन हुुनु हुदैन यसको अर्थ अहिलेका हिंसा विरुद्धका अभियान त्यस्तै हुन भन्ने होइन यो निश्चय पनि स्वागत योग्य छ । सफलताको लागि ह्दयदेखि नै कामना छ पाश्चात्य नक्कलबाट नेपाली समाज आक्रान्त हुन लागेको आभास भईरहेको छ । नेपालीपन र संस्कृति अधोगतितर्फ उन्मुख हुँदा यसबाट सीधा सोझो नेपालीका नाताले चिन्ता पनि लागेको छ । हिन्दु धर्म संस्कृति अभिशाप हो र यसैले नारी जातिको शोषण हुन्छ भनि एक थरी तथा कथित बौद्धिक जमातले घृणा फैलाउने गरेको पनि अनुभूति
भईरहन्छ । विविध उत्थान गर्ने कार्यक्रम आए पनि किन सकारात्मक परिणाम आउदैन भनि सोच्नै पर्ने समय आएको छ ।
नेपालको कानूनले समानता हक दिए पनि ठोस रुपमा परिणाम ल्याउन सकि रहेको छैन यसैको नाममा बनेको विभिन्न ऐन नियमहरुलाई पनि हेर्नै पर्ने हुन्छ मुलकी अपराध संहिताले नारी पुरुषको वैवाहिक सम्बन्धलाई पवित्र अनतिक्रमण्य र विश्वासमा आधारित मानेको छ । लोग्ने
मानिसले एउटा श्रीमती छदै अझै विवाह गरेमा सरकारवादी भएर चल्ने फौजदारी मुद्धा लाग्ने गरी कैद र जरीवानाको व्यवस्था गरेको छ । आफ्नै श्रीमतीलाई पनि इच्छा विरुद्ध जरवजस्तीकरणी गरे कैदको सजाय हुने कानूनी व्यवस्था छ र मुद्दा नटुंगिदै पुर्वक्षका लागि थुनामा पठाईएका अदालती आदेश पनि भए अर्को तर्फ विवाहित लोग्ने छदै कुनै महिलाले अर्को लोग्ने तुल्याउन स्वतन्त्र छन, त्यसमा कुनै बहुविवाहका मुद्दा लाग्न नसक्ने व्यवस्था छ, यस्ता कतिपय घटना भई सकेका छन्, सल्यान तर्फ हो शायद एक जना शत्रि कि श्रीमती लोग्ने छोडेर सुनार थरका ७० वर्षिया बृद्धका पोइल जाँदा सी.डी.ओ. समेतका जमातबाट अभिनन्दन समेत भयो, कानूनी रुपमा नै जव यस प्रकारका घटना हुन्छन भने समाजको गति र मति कता जादैछ भनि सोच्नु लेख्नु सम्म पनि भयभीत हुनु पर्ने अवस्थाबाट कही नारी पुरुष बीचको यो भीषण विचलनबाट समाजको ढाँचा नै चरमराउने त होइन ? छाउपडी प्रथा अपराध हो र नारी उत्पीडन हुनु हुदैन यो हट्नु नै पर्ला तर स्वभाविक रुपमा रक्तश्राव हुन्छ सफाई पनि आवश्यक नै हुने होला पवित्र भएर स्नान गरी स्वच्छताका साथ पुजा अर्चना गर्दा पनि छाडा नै हुनु पर्छ भन्ने अर्थ गर्ने हो भने मन्दिर आराधना स्थलहरु प्रति घृणा फैलाउने सिवाय अरु के नै परिणाम आउला ?
ऐन कानून समाजका दर्पण हुन तर समाजको गति अर्कै तर्फ छ र सुधार गर्ने प्रयास पनि नदेखिए नारी हिंसामा कसरी अंकुश लाग्न सक्ला ।
आत्म निर्भरता र स्वतन्त्रताका नाममा महिलाहरु पनि रोजगारीका लागि विदेश जाने प्रसस्त देखिन्छन्, मानव बेचविखनका निरन्तर पर्दै नारकीय जीवन बाच्न बाध्य भएका कारुणिक चित्कार उन्मुलन गर्ने कुनै अभियान सञ्चालित होला कि ?







