द्वन्द्व पीडितहरुका समस्या ज्यूँका त्यूँ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १५ मङ्सिर
द्वन्द्वपीडितका समस्याहरु ज्यूँका त्यूँ रहेका छन् । देशमा विभिन्न राहत र न्यायका लागि समितिहरु बने पनि वास्तविक द्वन्द्व पीडितका समस्याहरु समाधान भएका छैनन् । न न्यायको अनुभूति गर्न पाएका छन्, न राहतको नाममा कुनै पहल नै भएको छ । चुनावमा बेला न्याय दिलाउने भनेर कसम खाएका बाँचाहरु नेताहरुले भुल्दै गएका छन् । सत्ता र शक्तिमा पुगेपछि कसैले पनि पीडितको कुरा सुन्नै पनि फुर्सद भएको छैन ।
त्यस्तै समय १० वर्षे शसस्त्र जनयुद्धको बेलामा शहिद भएका तथा वेपत्ता पारिएका परिवारका सदस्यहरु राहत र न्याय पाउने आशामा रहेका छन् । संघीय, प्रदेश र स्थानीय तह गरी ३ वटा तहहरु भएकाले अब न्याय र राहतको लागि सजिलो भएको कार्यक्रमका अधिकांश सहभागीहरु बताउछन् । कार्यक्रम जिल्ला व्यापी रुपमा अघि बढेको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य लाल बहादुर खड्काले आफूले पनि द्वन्द्वको पीडा कस्तो हुन्छ भन्ने कुरा आफूले पनि विभिन्न समयमा भोगेकाले पीडित पीडितलाई न्याय राहतको लागि प्रदेश सरकारमा छलफल गरेर समस्या समाधान गर्ने बताए । पीडित परिवारलाई समय समयमा पुनरस्र्थापनाको लागि संघर्ष गरेको उनले बताए । पहिले द्वन्द्व पीडितकै लागि भनेर सरकारले बैंक ऋण समेत मिनाहा गरेको बताउदै उनले अबको दिनमा
राहत र न्याय पाउन छुटेका पीडितको पहिचान गराएर तीनै तहको सरकारले सँगसँगै हातेमालो गरेर अगाडि बढनुपर्नेमा उनले जोड दिए । पीतिले न्याय र राहत पाउनेमा कुरामा आफू दृढ रहेको बताए ।
कानूनी अधिकारलाई व्यवस्थित गरेर पीडित परिवारलाई सहुलियत ऋण, कृषि र सहकारीलाई स्वरोजगारमुलक बनाउने हिसाबले अगाडि बढाउने प्रयत्नमा लाग्ने बताए । प्रदेश सभा सदस्य खड्काले उत्पादनसँग सम्बन्धीत कार्ययोजनालाई अघि सारेर कृषि यान्त्रिकरण गरेर जीवनस्तरलाई माथि उठाउनको लागि कार्य भईरहेको जनाएका छन् । अहिले कानून निर्माण वर्षको रुपमा लिएका छौं, अव उत्पादनमूखी बनाउनमा प्रदेश सरकार लागिरहेको बताए । अहिलेको युवा स्वरोजगार संस्थालाई नयाँ ढंगबाट अगाडि बढाउने योजना कार्यान्वयनको पाटोमा काम भईरहेको उनले बताए । प्रदेश सरकार पनि समृद्ध राज्य बनाउन नीतिगत रुपमा नै अगाडि बढाईरहेको उनले बताए ।
त्यस्तै द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रकी अध्यक्ष सिता बोहराले एक युगै पार भईसक्दा पनि न्यायको पर्खाइमा केहीको देहान्त पनि भईसकेको छ उनले भनिन् हामी न्यायका लागि एकजुट भएर अगाडि बढिरहेको र पीडितको समस्या समाधानको लागि सरकारसँग माग गरिएको बताईन् । पीडितको आवाज एक नभएकाले आवाजलाई एउटै बनाउन आग्रह गरेकी छिन् । तडपिएको आधा अंगलाई सरकारले सहारा दिनुपर्ने र हाम्रो लागि अहिलेसम्म पनि द्वन्द्व नै छ उनले भनिने जवसम्म न्याय पाउदैनौं तवसम्म पीडा जस्ताको त्यस्तै रहेको उनले बताईन । हाम्रा समस्यालाई राज्य सम्बोधन गर्नुपर्ने, जुनसुकै पक्षको पीडित भए पनि न्याय पाउनु पर्छ भनले भनिन् निर्दोष बालबालिका टुहुरा भएका छन् यसको जिम्मेवारी कसले लिन्छ उनले प्रश्न गरिन । शहिदको सम्मान मात्र भनेर हुदैन दायित्वबोध पनि गर्नुपर्छ, क, ख,ग, वर्गमा वर्गीकरण गरेर न्याय दिलाउनुपर्ने सरकारसँग माग गर्नुभयो । न एकल महिला न द्वन्द्व पीतिको रुपमा नै भयौं, उनले भनिन् घर न घाटको भएको र न शास न लास पाएको उनले दुखेसो व्यक्त गरिन । द्वन्द्व पीडित कोटा आए पनि वास्तविक पीडितलाई कोटाको रुपमा स्थापित गरिएको छैन, उनले भनिन–विचलित भएका परिवारलाई सरकारले सम्पूर्ण ठाउँमा राजश्व कर छुट गर्नुपर्ने माग अघि सारेका छन् ।
१० वर्षे द्वन्दकालका बेलामा बेपत्ता पारिएका तथा मारिएका परिवारले अझैसम्म पनि न्यायको अनुभूति गर्न सकेको छैन् । सशस्त्र द्वन्द्वका बेलामा कैयौको घरबार विहिन र कैयौका छोराछोरी टुहुरा भएको अमर प्रहरी परिवार संघकी जिल्ला सचिव मथुरा पन्तले बताइन् । कार्यक्रममा बोल्दै उनले वास्तविक पीडितले राहत तथा न्यायको अनुभूति गर्न सरकारले कुनै पहलकदमी अगाडि नबढाएको गुनासो व्यक्त गरिन । न्याय पाउनु एकादेशको कथा जस्तै भएको टिप्पणी गरेकी छिन् । सरकारले घाउमा मलम लगाउन सहयोग गर्नुपर्ने बताईन । पीडितहरुले एकजुट भएर न्यायका लागि सरकारसँग जोडदार माग गर्नुपर्नेमा जोड दिईन । भीमदत्त नगरपालिकाकी उपप्रमुख शुसिला चन्द सिंहले द्वन्द्व पीडितका समस्या समाधानका लागि आफूले अपल गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् । अहिलेको आवश्यकता अनुसारको पीडितले न्याय र राहत दिलाउनको लागि प्रतिबद्ध रहेको बताईन् । राज्य पक्ष र विद्रोही पक्ष दुवैले निद्रोष नागरिकलाई वेपत्ता पारेको इतिहास सबैलाई थाहा नै छ, उनले भनिन्, द्वन्द्वकालमा शहिर भएका र बेपत्ता पारिएका परिवारलाई उचित क्षति पुर्ति लगायत उनीहरुको पुनरस्र्थापना गर्नुपर्नेमा उनले जोड दिईन । स्थानीय सरकारले पनि समस्या समाधानका लागि आवश्यक पीडितको पहिचान गरी न्याय दिलाउन जुनसुकै बेला पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
शुक्लाफाँटा नगरपालिकाकी देवकी ऐरले आफ्नो श्रीमान्लाई २०५९ सालमा बेपत्ता पारेर हत्या गरेको यति वर्ष विति सक्दा समेत कुनै आफूले न न्याय पाएको न कुनै राहत पाएको दुखेसो पोखिन् । परिवारको सदस्य गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा पीडितलाई नै थाहा भएकोले आफूलाई कसैले पनि नहेरेको बताईन । एकल महिलाको रुपमा रहेको भएपनि अहिलेसम्म सरकारी पक्षबाट आफूले एकल भत्ता पनि नपाएको बताईन् । राज्यले खोजी दिन्छौ भन्दै अहिलेसम्म झुक्याएको छ उनले भनिन छोराछोरी स्कुल पढाउन घर खर्च चलाउन पनि समस्या भएको उनले दुखेसो पोखिन । विडम्बनाको कुरा मैले अहिलेसम्म पनि कएल महिला भएर एकल महिला भत्ता पाउन सकिरहेको छैन, आफ्नो न्याय र राहतको लागि सरकारले ध्यान दिनु जरुरी रहेको बताईन ।
त्यस्तै गरी द्वन्द्व पीडित साझा चौतारीका राष्ट्रिय अध्यक्ष भागिराम चौधरीले कुनै पनि ठाउँबाट न्याय पाउनुपर्छ तर पीडितले न्यायको अनुभूति गर्न नपाएको बताए । राज्यले जिम्मेवारी लिनुपर्छ उनले भने–सरकारले २ वटा आयोग गठन गरेको थियो तर सबै द्वन्द्व पीडितले न्याय पाउन नसकेको उनले बताए । यस समस्यालाई स्थानीय तहदेखि नै पहल गर्ने र कानूनी न्याय र सामाजिक न्यायमा राज्य जिम्मेवार हुनुपर्छ उनले भने पिडकलाई कानूनी
दायरामा ल्याउनु पर्छ । पीडितलाई सीपमुलक कार्यक्रम ल्याउनु पर्ने, क्षतिपुर्ति दिलाउनु पर्ने र स्वरोजगारमुलक कार्यक्रमलाई अगाडी बढाएर काम गर्नुपर्ने सरकारलाई सुझाव दिएका छन् । समय सापेक्ष रुपमा क्षतिपुर्ति सरकारले दिलाउनुपर्छ उनले भने सम्मानित नागरिक सरहको जीवन व्यतित गर्ने वातावरणको सिर्जना गर्नुपर्ने उनले बताए । केही समय अगाडि २३ बुदे वडापत्र सार्वजनिक गरिएको पनि उनले बताए । स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
शान्तिका लागि स्थानीय क्षमता कार्यक्रमको संक्रमणकालिन न्याय सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सभा सदस्य लाल बहादुर खड्काले शान्ति दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए MISEREOR को सहयोग, नागरिक आवाजको साझेदारी तथा द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको आयोजनामा कार्यक्रम गरिएको हो ।
द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सिता बोहराको सभापतित्व तथा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य लाल बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यस्तै विशिष्ट अतिथिहरुमा भीमदत्त नगरपालिकाका उपमेयर शुसिला चन्द सिंह, द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरी रहेका थिए । अतिथिमा द्वन्द्व पीडित साझा चौधरीका प्रदेश संयोजक गणेश मल्ल, साझा चौधरीका केन्द्रिय सदस्य धरम चौधरी रहेका छन् । स्वागत मन्तव्य तिवारीले राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाकी कार्यक्रम संयोजक डम्बरी विष्टले गरेकी थिईन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *