गाउँको विकासका लागि ग्रामीण महिला सक्रिय

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ८ मंसिर
ग्रामिण भेगका महिलाहरु गाउँको विकासका लागि सक्रिय हुन थालेका छन् । चुलोचौकोमा सिमित ग्रामिण भेगका महिला गाउँको विकासका लागि वडा सरकारमा धाउन थालेका छन् । स्थानीय तहमा जनप्रतिनिधी आएसंगै गाउँ गाउँमा सिंहदरबारको अधिकार आएकाले भन्दै कञ्चनपुरको ग्रामीण भेगका महिला भौतिक पुर्वाधार विकासका लागि वडा सरकारमा धाउन थालेका हुन् ।
कञ्चनपुरको उत्तरी चुरे विकट भेग भीमदत्त नगरपालिका–९ खल्लामछ्ेट्टी सन्तनगरकी देवकी पार्कीले आजभोली गाउँको विकासका लागि चिन्तित भएकी छिन् । गाउँका विकास निर्माणमा कुनैपनि पुर्वाधार छैनन् ।
‘हाम्रो गाउँ कञ्चनपुर जिल्लाको विकट गाउँ हो, ‘उनले भनिन्, ‘हामी जिल्लासंग सिधै जोडिएका छैनौँ ।’ स्थानीय तहको निर्वाचन पछि ब्रम्हदेब–खल्लामछे्टी कच्ची सडक जोड्ने काम पनि भीमदत्त नगरपालिकाले गरेको उनले बताए । ‘अहिले गाउँमा मोटर सडक पुगेको छ, ‘उनले भनिन्, ‘तर सडक स्तरोन्नती भने भएको छैन् ।’ सर्वप्रथम गाउँ जोड्ने सडक नभएका कारण स्थानीयले कष्टकर जीवन विताउनुपर्ने बाध्यता रहेको उनको अनुभव छ । सडक बनेपनि गाउँमा बिजुल समेत नभएको उनले दुखेसो पोखे । ‘अहिले पनि हामी सोलारकै भरमा उज्यालोमा बाँच्नु परेको छ, ‘उनले भनिन, ‘अझैसम्म पनि गाउँमा विद्युतीकरण भएको छैन् ।’ उनका अनुसार गाउँमा विकास निर्माणका कुनैपनि पुर्वाधार छैनन् । सडक, बिजुली, खानेपानी, अस्पताल, सिँचाई सुविधा नहुँदा स्थानीय कष्टकर जिवन विताउन बाध्य भएका छन् । खोलाकै पानी खान बाध्य रहेको उनको गुनासो छ । गाउँमै माध्यामिक तहको विद्यालय नभएका कारण माध्यामिक र उच्च शिक्षा अध्ययनका लागि अन्यन्त्र गाउँ जानुपर्ने बाध्यता छ ।
पश्चिमतिर महाकाली नदीको कटानी र वाढीका कारण हरेक बर्षातका बेला त्रसित हुने स्थानीयलाई बर्खा आउँने वितिक्कै चिन्तै चिन्ता हुने गरेका छ । उक्त चुरेको फेदमा रहेको बस्तीमा १०५ धरधुरी रहेका छन् । गाउँको विकासका लागि भन्दै उनीहरु पटक पटक वडा सरकारसम्म समेत पुगेका छन् ।
शारदा महिला सशक्तिकरण केन्द्र मार्फत गाउँका महिला गाउँको विकासको माग राख्दै भीमदत्त नगर ९ वडा सरकारसंग पुगेका हुन् । शारदा महिला सशक्तिकरण केन्दका संयोजक दिया सार्कीले गाउँको एकिकृत विकासका लागि वडा कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको बताए ।
उनले केन्द्र मार्फत गाउँको विकास र आफ्ना अधिकार बारे जानकारी पाएपछि अधिकार र विकास माग्नका लागि वडा सरकारमा धाएको बताए । ग्रामीण भेगका महिलाको क्षमता विकास र समस्या पर्दा ऋणका लागि मासिक ५० रुपैया समेत बचत गर्ने गरेको बताए । केन्द्रका महिलालाई समस्या भए एक रुपैया ब्याजदरमा ऋण दिने गरेको संयोजक सार्कीले बताए । उनका अनुसार गाउँका महिला गुजारा चलाउनका लागि मजदुरी गर्दै आएको बताए ।
यस्तै भीमदत्त नगरपालिका–११ भुजेला महाकाली नदी प्रभावित क्षेत्रकी हरिना विकले गाउँमा नहर पुग्दा समेत सिँचाई सुविधाबाट बञ्चित भएको बताए । उनले बनेको नहर खेतभन्दा तल भएकाले सिँचाई नभएको बताए । ‘गाउँका नहर पुगेको छ, ‘उनले भनिन्, ‘तर खेतमा पानी पुग्दैन ।’ स्थानीय महिला महाकालीको वालुवा चालेर गुजारा चलाउदै आएको बताउदै उनले श्रम अनुसारको रकम नपाएको गुनासो पोखिन् । उनका अनुसार वालुवा चालेको दुई हजार, गिटीको तीन हजार र ठुलो ढुङ्गो संकलन गरेको एक हजार र छानेको बालुवा संकलन गरेको प्रतिट्रली दुई हजार रुपैया ज्याला हुने भएपनि श्रम अनुसार कहिलेकाही उक्त रकम नपाएको गुनासो पोखिन् । गाउँमा तटबन्ध, सिँचाईको व्यवस्था हुनुपर्नेमा उनले जोडदिए । घरेलु
मदिराका कारण समाजिक विकृती बढ्दै गएको प्रति उनले चिन्ता व्यक्त गर्नुभयो । महाकाली महिला शसक्तिकरण केन्द्रका संयोजक जानकी पुन मगरले केन्द्र मार्फत गाउँमा साझा समस्या समाधानका लागि वडा सरकारमा जान थालेको बताए । उनका अनुसार विभिन्न समस्या लिएर भीमदत्त नगर ११ वडा वडा सरकारमा गएको बताए ।
‘हामी महिलाले गाउँका समस्या नोट गर्दै पटक पटक वडा सरकारलाई दिएका छौँ, ‘उनले भनिन्, ‘यसरी महिला एकजुट भएर पहिलो पटक गाउँका समस्या लिएर वडा सरकारमा गएका हौँ ।’ यस अघि गाउँको विकास र समस्या बारे कहाँ गएर समाधान हुन्छ ? भन्ने बारेमा केही थाहा नभएको उनको अनुभव छ । महिला सशक्तिकरण केन्द्र मार्फत गाउँको विकास र अधिकारबारे थाहा पाएको महिलाको भनाई छ ।
निड्स नेपाल कञ्चनपुरले भीमदत्त र महाकाली नगरमा संचालन गरेको अन्तरदेशीय सीमा नदी पानीको सामुदायिक सदुपयोग परियोजना मार्फत महाकाली तटिय क्षेत्रका महिला शसक्तिकरण केन्द मार्फत महिला विकासका लागि अग्रसर भएका हुन् । परियोजना संयोजक किशन खडकाले महाकाली तटिय बस्तीका महिलाको क्षमता अभिबृद्धी गराई उनीहरुको पानीमाथीको अधिकार दिलाउनका लागि सरोकारवाला निकायसंग पैरवी गरिएको बताए । उनका अनुसार समुदायका समस्या उठान गर्दै समाधानका लागि पहल गरिने छ ।
भीमदत्त नगरका वडा सरकारले आ–आफ्नो वडाको विकास नभएको क्षेत्रका विकासका योजना अघि सारेको जनाएका छन् । भीमदत्त नगरपालिका–९का वडाध्यक्ष रामनाथले ब्रम्हदेबदेखि अहिले खल्लामछे्टीसम्म सडक पु¥याएको बताउदै डडेल्धुराको सीमासम्म सडक विस्तार गरिने बताए । उनले खानेपानी, विद्युत, सिँचाई लगायतका योजना अघि सारिएको बताउदै गाउँको विकास गरिने बताए । ‘हामी जनतालाई विकास दिन्छौँ, ‘उनले भने, ‘जसरी भएपनि सिंहदरबारको अधिकारको अनुभूति दिलाउँछौँ ।’

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *