हरिबोधनी एकादशीको मेला सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बैतडी, ८ मंसिर
पुर्चौडी नगरपालिका वडा नं. १ मा पर्ने बडचोर गिरेगडामा प्रत्येक वर्ष हरीबोधनी एकादशीको दिन मेला लाग्ने गरिन्छ । सो मेला दशमीको दिन सुरु भई एकादशीको दिन समापन गरिन्छ । यहाँको त्रिवेणीधाममा रातासिला रहेको छ । विभिन्न किम्बदन्तिका अनुसार भटनामा रहेको शिवलिङ्ग भएको खेतमा गोरु जोत्ने बेला लिङ्गामा फालीलागी रगत आएको र सो रगत बागागाउँसम्म बगी आएको देखि हाटँको त्रिवेणीमा पुग्दा रैकाल जातीले रोकेकोले त्यही रगत सिलाको रुपमा स्थिर भएकोले रैकालहरुले देवताको पुजा गर्ने गरेका छन् ।
आजभोली रातासिला त्रिवेणधिामको नामले चिनिएको छ । सो मेलामा रातीदेखि विहान ९/१० बजेसम्म खेलमा खास गरी डेउडा खेल खेल्ने चलन चली आएकोले पुर्चौडी नगरपालिकाका सबै वडा तथा साविकका १०/१२ गा.वि.स.का जनताको मुख्य मेलाको नामले चिनिएको र कफलखानाको जात यस क्षेत्रको प्रमुख नै भएको मात्र नभई यहाँको प्रमुख व्यापार केन्द्र (स्थानीय) पनि रहेका छन् । आफ्ना इष्टमित्र साथी तथा दिदीबहिनी आमा छोरीहरुको भेटको थलो पनि रहेको मानिन्छ । मेला हेर्न र आफन्त भेट्न यहाँबाट बसाईसरी मधेशतर्फ गएका मानिसहरुको पनि यहाँ सो समयमा उपस्थिति रहेको हुन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *