पुर्चौडी नगरपालिका सडक संजालमा जोडिदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बैतडी, ०८ मंसिर
द्धन्दकालमा श्रीभावरदेखि पुर्चौडीहाटसम्म जाने सडक निर्माणमा अबरुद्ध भएपनि २०७०÷७१ पछि सडक निर्माणमा आएका छन । त्यस्तै २०४० सालमा सिलन्यास गरिएको सिल्लेगडी पुर्चौडी सडकले मोड लिई आज दार्चुलाको बैकल्पिक सडकको रुपमा निर्माण भई रहेको छ । त्यसबाट सहायक मार्गको रुपमा बडिया देखि विजयपुर गएको छ विजयपुरको सदरमुकाम विचखेल्ला पुग्न करिव १ महिना लाग्ने अनुमान गरिएको छ । पुर्चौडीहाट नगरपालिका वडा.न. ९ का जनताले सक्रियताका साथ सडक निर्माण कार्यमा साथ दिएका छन । सिल्लोडाबाट दार्चुला पुग्ने सडकले पुर्चौडी न.पा.का ९।१० वडा हुदै गएको छ भने विजयपुरबाट हाँट मुलखटाली जोडिने मात्र नभई पुर्चौडीबाट बझाङ, दार्चुला जोडिने सडक संजाल निर्माण कार्य यहि मंसिरको अन्त पुससम्म सुरु हुने भएको छ ।
पुर्व सभासद नरेन्द्रबहादुर कुवर तथा नगर प्रमुख रणबहादुर कुबँरले केन्द्र सित समन्वय गरी रहेको कुरा जानकारीमा आएको छ । नेपालका अरु जिल्लाहरु भन्दा सडक सन्जालमा बैत्तडी जिल्ला र त्यसमा पनि पुर्चौडी अग्रपंक्तीमा रहेको पाईन्छ ।
हाँटबाट बझाङको पश्चिमी क्षेत्र बुगल जोड्ने सडक श्रीभाबरबाट र पुर्चौडी गरी २ ठाउँबाट गई रहेको छ भने हाटबाट विजयपुर हुदै सतवाज जोड्ने कार्यक्रम अनुसार बजेट तर्जुमा भई कार्य संचालनको तयारीमा रहेको छ । हाट भटना हुदै बुगल र पर्यटकिय स्थल धौलाकाडाको कोट तर्फ गई रहेको छ भने अर्को सडक हाटबाट नाकाली साफेबगर हुदै बलाच दार्चुला मार्ग जोड्ने तरखरमा रहेका छन । अब पुर्चौडीको थप विकास कार्यको कार्यभार नगर प्रमुख तथा पुर्व सभासद नरेन्द्र बहादुर कुबरको थाप्लोमा गएको महसुस भई रहेको छ । पुर्चौडी नगरपालिका हाटबाट हाल पुर्व भटना, कुवाकोट, नाकाली न्वादेउ, विजयपुर तथा तल्लादेही गरी ५ तर्फ सडक निर्माणको कार्य संचालन गत वर्ष देखि नै भैरहेको छ । निर्माण कार्य पुरा हुनमा भने केन्द्रिय र प्रान्तिय सहयोगको प्रतिज्ञामा भने पुर्चौडी नगरपालिका अवश्य रहेको छ ।
पहाडी क्षेत्रको विकासमा कठिनाई
पहाडी क्षेत्रमा रहेका नदीहरुले भूक्षय गरिरहेकाले तटबन्ध निर्माणमा प्रयाप्त रकमको आवश्यक पर्ने देखिएको छ । नदी नियन्त्रण गरी ठाउँ ठाउँमा साना साना तलाउ बनाई पर्यटकहरुलाई आकर्षण गराउन सकिने खालका धेरै नदीहरु छन् । बेगले चल्ने तैरन नसक्ने नदीमा भन्दा तैरन सक्ने जस्ता जमाडी सुर्नया गाडहरुका बीच बीचमा २÷३ किलोमिटरको दुरीमा वा ५÷१० किलोमिटरको दुरीमा नदीलाई रोकी ताल बनाउने हो भने माछा पालन तथा आन्तरिक बाह्य पर्यटक रमाउन सक्ने ठाउँ बन्न सकिने देखिन्छ । तर नदी नियन्त्रणमा ठूलो धनरासीको आवश्यक परेपनि नदी नियन्त्रणको गुरुयोजना बनाई काम गरेमा नदीबाट विविध फाईदा लिन सकिने पनि देखिन्छ । पहाडी क्षेत्रको विकासको भन्दा बढी खर्च नदी खोला पहिरो नियन्त्रणमा मात्रै हुने देखिन्छ ।
बैतडी जिल्लाको पुर्चौडी नगरपालिकाका १० वटा वडाहरुमा फलफुल सुखा मेलाको खेती गर्ने योग्य जमिन प्रसस्त भएकोले नगरपालिकाले सरकारको साझेदारीमा बृहत फलफुल खेतीको सुरुवात गर्नु नितान्त आवश्यक देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *