प्रथम जिल्ला अधिवेशन सम्पन्न








–जगदिश प्रसाद अवस्थी
महेन्द्रनगर, ५ चैत्र
नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीको पहिलो जिल्ला अधिवेशन बस व्यवसाय समितिको सभाकक्षमा शनिबार सम्पन्न भएको छ ।
नेपाल पूर्वराष्ट्रसेवक लोकत्रान्तिक पार्टी कञ्चनपुरका अध्यक्ष घनानन्द भट्टको सभापतित्व मा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व न्यायाधीश वीरसिंह महरा र मुख्य अतिथि हेमविक्रम थापा रहेका थिए भने सो समारोहमा विभिन्न पार्टी संघसंस्थाका प्रतिनिधि अतिथिको रुपमा रहेका थिए । ऐतिहासिक प्रथम जिल्ला अधिवेशनमा बाक्लो तथा अनुशासित उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पूर्व न्यायाधीश महराले मोमबत्ती प्रज्वलित गरी कार्यकमको उद्घाटन गर्नुभएको थियो । समारोहमा स्वागत मन्तव्य हेमविक्रम थापाले दिएका थिए भने देवसिंह कार्की समेतको स्वागत मन्तव्यमा महेन्द्रनगर नगरपालिका लाई भिमदत्त नगरपालिकामा रुपान्तर गरेकोले यो गम्भीर विषय हो, इतिहास मेटाउन पाइदैन, महेन्द्रनगर नाम नै यथाअवस्थामा रहन दिनुपर्छ भन्ने उद्घोष गरेका थिए ।
पार्टीले सफलता प्राप्त गरेपछि जनताको घरदैलोमा गएर सेवा प्रदान गर्ने प्रतिबद्धता उक्त पार्टीका अध्यक्ष तथा उपाध्यक्षले व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न ३५ बुँदे अपिल पत्र समेत प्रस्तुत गरिएको थियो ।







