अझै पहाडी जनजीवन कष्टप्रद

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सुविधा र सरलता हेर्ने हो भने पहाडी जनजीवन तराईको भन्दा कम छैन तर पनि नैराष्यता भने कायमै रहेको पाईन्छ । आज भन्दा ५० वर्ष पुर्वको पहाडी जनजीवन आनन्दमयी थियो सन्तोस जनक थियो । गाउँ गाउँमा भाईचारा सद्भावना थियो, सुविधाको खासै खाचो थिएन किन भने वर्तमानको जस्तो सुविधाबाट टाढा थियो । पहाडी जनजीवन आज ४/५ किलोमिटर टाढा हिड्नु पर्दैन सवारी साधनहरुको सुविधा छ । आजको तुलनामा पुर्व जीवन कष्टप्रद नै भए पनि वर्तमानलाई नभेटेकाले कष्टमयी जीवन थियो भन्न सकिदैन ।
आजको जीवन रोग ग्रस्त भएको छ, हरेकलाई भोलीको चिन्ता छ । पहाडी भूभागलाई त्यागी तराई पसेका छन । तराईबाट काठमाडौँ तथा त्यहाबाट कोही बाध्यताबस त कोही बढी धन सुख सुविधाको लागि विदेश पलायन भएका छन । कही कतै जान विभिन्न कारणले नसकेर पहाडी क्षेत्रमा बस्नेहरुमा केवल थोरै मात्रामा भएपनि नैराष्यताले छाएको छ ।
केबल आफ्नो ओल्लो पल्लो गाउ घरका मानिसहरुको बसाई सराई र बिदेश पलायन भएकोमा के के पो गरे भन्नेठानी मैले कही जान सकिन भनेर मात्र पनि चिन्तित रहेका देखिन्छन् भने कुनै ठाउमा सागपात र फलफुल लगाएर विशेष मनग्य आम्दानी गर्न पाएका छन । उपभोग गरेको हेर्दा १५/१६ वर्षका युवा युवती देखि वृद्ध सम्मकाहरुले पनि धेरै सुविधा भोगेका छन तैपनि चित्त सान्त छैन । कहिको खबर पाउन ५÷१० दिन कुर्नु पर्ने ठाउमा सबैको हातहातमा मोवाईल रहेका छन । फेस देखिने मोवाईलहरुको पहुच सबै सित रहेको छ । अतीत तर्फ फर्केर हेर्दा सुख र दुःख दुबैको साझा छ । जे जती विकास निर्माणका काम भए पनि अबैज्ञानिक हुदा खासै सुखको अनुभवले शान्ति पाउन भने सकेका छैनन् गाउँ गाउँमा एकताको अभाव खडकिएको छ । एक अर्कोलाई सहयोगको भावना देखिएको छैन । सामाजिक परिवर्तन सकारात्मक भन्दा पनि नकारात्मक तर्फ अग्रसर भएको पाईन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *