भिमदत्त नगरपालिकाको दायित्व

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आफ्नो नगर क्षेत्रभित्र रहेको साँझा जमिन, सडक, बाटो प्रष्ट गरेर सर्बसाधारणले देख्ने गरी डिमार्केशन गर्नु नितान्त आवश्यक रहेको छ । नगर क्षेत्रका सडक ग्रामीण तथा कृषि सडकहरुको सिमाना नदेखिने गरि नक्सामा मात्र कायम गरिएको तथा कुनै ठाउँमा नक्सामा नभएको तर प्रचलनमा रहेको सडकहरुको समेत सिमानाको डिमार्केशन गरी दिएमा थप वसोवास गर्ने र जग्गा खरिद बिक्री गर्नेहरुले पनि धोका नपाउने तथा सरकारलाई पनि झमेला नहुने भएकोले राजमार्ग उत्तर दक्षिणका ग्रामिण सडकहरुको समेत सिमाना छुट्याई दिएमापछि थप गर्नु पर्ने भएमा पनि बाटो चौडा गर्नमा कुनै विवाद समेत नहुन र वनाएका संरचना पनि भत्काई जनतालाई मर्का नहुने भएकोले न.पा.ले साँझा सम्पतिको संरक्षण गर्ने तर्फ ध्यान दिनु पर्दछ । आज ठुला ठुला धनाड्यहरुले पनि नाली, खोलामा पक्कि भवन निर्माण गरी जनता र न.पा.लाई समेत झुक्याउने काम गरेकाले आफ्नो दायित्व नगरपालिकाले भुल्नु हुदैन ।
नगरपालिकाले आफ्नो क्षेत्र भूभाग, प्रष्ट हुनेगरी छुट्याई राख्नुपर्दछ । महेन्द्रनगर बजारका फुटपाथहरुलाई सम्बन्धित व्यक्तिहरुले कब्जामा ल्याएका छन् । एकनाश निर्माण भएका छैनन् । मानौ ति फुटपाथहरु पनि निजी भए सरह गरेर जहाँ जस्तो मन लाग्यो त्यसरी नै निर्माण गरेको देखिन्छन् । फुटपाथतर्फ भीमदत्त नगरपालिकाले विशेष ध्यान दिनुपर्दछ किनभने पक्की संरचना बनाईसकेपछि तोडफोड गर्न जनता र सरकारको अनायाश खर्च हुन्छ ।
त्यस्तै सहरी क्षेत्रमा पर्ने सिद्धनाथ विज्ञान क्याम्पस, सुप विश्वविद्यालयको एरिया, भासी देखि गड्डाचौकीको राजमार्ग तथा सरकारी कार्यालयहरु रहेका स्थानतर्फ तथा बैंक र अस्पताल क्षेत्रमा सडकबत्ती नभएको, भएका ठाउँमा पनि कही बल्ब फ्युज भएको, एकनाशका बत्तीहरु रातको समयमा मौजूद नहुँदा विहानै सित विद्यालय जाने विद्यार्थी, शिक्षकहरुलाई अपठ्यारो हुनेहुँदा यी सबै क्षेत्रमा स्थायी रुपले सोलार बत्तीको व्यवस्था अथवा नियमित विजुली बत्तीको व्यवस्था हुनु नितान्त आवश्यक रहेको छ । बजारलाई सुन्दर, शान्त, सफा, सहर बनाउने नेतृत्व भीमदत्त नगरपालिकाको रहेको र यस क्षेत्रमा बसोबास गरिराखेका नागरिकहरुको साँझा दायित्व भएको हुँदा यथाशीघ्र हमेशा नगरपालिकाले आफ्नो जनशक्तिलाई परिचालन गरी रेखदेख नियन्त्रण गराउनुपर्ने हाम्रो राय छ ।
छाडापशुका बेहाल
यहि महेन्द्रनगर बजारको भानुचोकदेखि मदनचोक सम्मको क्षेत्रमा यहि शुक्रबार विहान एउटा गाई व्याएको थियो । जाडोमा पीच सडकमा खट्खट कामिरहेको अवस्थामा देख्दा देख्दै एक दुई जना स्वार्थी मनुष्य आएर लगेर गए । भन्न खोजेको कुरा के हो भने कुकरको संख्या धेरै भएपछि बजारका गल्ली गल्लीहरुमा व्याई आफ्ना बच्चाहरुलाई लुकाएर राखेका देखिन्थे भने आज हामीहरुले नै घरमा पाली दुध दिन छोडेपछि घरबाट निकाली घुम्दाघुम्दै बेहाल अवस्थामा खान, बस्न ठाउँ नपाएर बजार क्षेत्रमा घुमिरहेका गाईहरुको यो हाल दयनिय अवस्थामा रहेको छ । यहाँका सरोकारवाला निकायको खासै ध्यान गएको देखिएको छैन । जनताको आँखामा छारो हाल्ने काम मात्र गरेका छन् । छाडा पशुचौपायाको व्यवस्थापनको लागि भनेर लाखौको बजेट विनियोजन गरी सकेपनि अझै छाडा पशुचौपाया नियन्त्रण हुन सकेको छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *