कानून तथा न्यायको प्रतिबद्धता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

प्रजातान्त्रिक पञ्चायत व्यवस्थाले पच्चीस वर्ष पुरा गरेको उपलक्ष्यमा विभिन्न उपलब्धिहरु मध्ये कानून तथा न्यायको क्षेत्रमा प्राप्त भएका उपलब्धिहरुको चर्चा परिचर्चा हुनु समसामयिक मान्नु पर्दछ, साथै यसबाट प्रजातान्त्रिक व्यवस्थाको जग मजबुत पनि हुन्छ ।
कानुन तथा न्यायको माध्यमबाट मात्र शान्ति, सुव्यवस्था तथा प्रगतिको अभिवृद्धि हुनुका साथै यसमा सामाजिक परिवर्तनको शान्तिपुर्ण चाहना परिलक्षित भएको हुन्छ । स्वगीर्य श्री ५ महेन्द्रबाट हुकुम भएको पनि छ, कानुन आचार औ व्यवहारले नै विशेष गरेर प्रजातान्त्रिक प्रणालीलाई मजबुद पार्दछ ।
कानुनको सम्मानमा नै देशमा शान्ति, सुव्यवस्था र स्थिरता आधारित छ । यही र यस्तै पृष्ठभुमिमा कानुन तथा न्यायको प्रतिबद्धता बुझ्नका लागि यिनको उद्देश्य र आवश्यकता तर्फ विहङ्गम दृष्टिपात गर्नु प्रासंगिक हुनेठानी यसबारे केही प्रस्तुत गर्नु वाञ्छनीय हुन आउँछ ।
कानुनको मुख्य उद्देश्य समाजमा निश्चितता र एकरुपतामा कायम गर्नु हो । कानुनका नियमहरु निश्चित र एकरुप भएमा नागरिकहरुले निश्चितताका साथ आफ्ना क्रियाकलापहरुको योजना गर्न र कुनै क्रियाकलापको कानुनी परिणाम समेत तोक्न सक्छन्
करारका सम्बन्धमा, सम्पतिका सम्बन्धमा, दण्डका सम्बन्धमा र अन्य सामाजिक व्यवहारका सम्बन्धमा कानुनी निश्चितताको ठुलो आवश्यकता पर्दछ, किनभने सोही निश्चितताको सन्दर्भमा मानिसहरुले आफ्नो राजनीतिक, सामाजिक, व्यावसायिक तथा साम्पतिक व्यवहार तथा क्रियाकलापहरुलाई व्यवस्थित तथा नियन्त्रित गर्न सक्छन् । यसका विपरित कानुनमा निश्चितताको अभाव भएमा न्यायाधीशको निरङ्कुश आदेशको
भार सहनु पर्ने हुनसक्छ । अर्थात् कुनै कानुन निश्चित भएन भने न्यायाधीश पिच्छे निर्णय फरक पर्न जाने हुन सक्छ । कानुनको निश्चितता र एकरुपताबाटै समाजले स्थिरता र सुरक्षाको लाभ पाउन सक्छ ।
कानुनको अर्को उद्देश्य समाजमा शान्तिपुर्ण ढंगले परिवर्तन ल्याउनु हो समाजमा कानुनबाहेक अरु किसिमबाट परिवर्तन ल्याउन खोजियो भने त्यस्तो परिवर्तन ल्याउनेहरुका लागि ज्यादै महंगो पर्न सक्छ । साथै धेरैले त्यस्तो परिवर्तनका लागि रगत त्रगाउनु पर्ने र समाज स्वयं पनि अव्यवस्थित र संक्रमणकालिन अवस्थामा रहेको हुनसक्छ । यसरी ल्याईएको परिवर्तन दिगो नरहन पनि सक्छ । तर कानुनको माध्यमबाट समाजमा कुनै परिवर्तन शान्तिमय तरिकाबाट गर्न सकिन्छ । यसबाट कसैले पनि कुनै असजिलो अबस्थाको सामना गर्नुपर्ने हुदैन । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *