के थाहा छ युवाहरुका ईच्छा आकांक्षा ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

युवाहरु शिक्षित रहुन वा अशिक्षित दुबैमा आफ्नै प्रकारका ईच्छा आकांक्षा हुन्छन् । जब भारतलाई अंग्रेजहरुले एकिकरण गरी कनिया
कुमारी देखि लिपुलेक तावाघाट, जम्मुकास्मिरसम्मको क्षेत्रमा विजुली टेलीफोन सर्वप्रथम लग्यो । त्यसपछि थप विकास निर्माणका काम हुदै गए । महाकाली पश्चिम होस वा मेची पुर्व तर्फ उज्यालो संसार लाग्यो नेपाली युवाहरु त्यस्तै बनाउने कल्पनामा लागे पनि जनताको प्रत्यक्ष
सरकार थिएन तर जब अंग्रेज बर्तमानको भारतमा मौजुद थियो त्यस बेला नेपाली युवाहरु त्यस्तै बनाउने तरखरमा रहे पनि साधन स्रोत र नेतृत्वको कमिले आफ्नो खासै प्रगति गर्न पाएनन् ।
दोस्रो पञ्च वर्षिय योजनाले दिएको मार्ग निर्देशनबाट पनि खास प्रगति हुन सकेन अन्तमा २०१७ सालपछि २०३५ सम्म केही योजनाहरुको तर्जुमा भयो त्यस पछि २०४६ सम्म विभिन्न कठिनाई आईपर्दा पर्दै पनि दु्रत विकास हुदै गएको थियो । सडक तर्फको कुरा गर्ने हो भने पनि धनकुटा देखि बैतडीको खोडपे हुदै शाईलेकसम्म तथा दार्चुलाको गोकुले वोउडरसम्म मोटरवाटो पुगी सकेको भए पनि कालो पत्रे गर्ने तर्फ २०४५ सालमा के.डि.सि. लाई सडकको नाली निर्माण गरी कालो पत्रे गर्ने भन्ने ठेक्का भई डडेल्धुरा, पाटनसम्म नाली निर्माण भईसकेपछि पीच गर्ने, समय समयमा नेपाल भारतको व्यापार तथा प्रवर्धन नाकाबन्दी भयो । सो समयमा विकास काममा ठुलो वाधा पर्यो । नेपाली युवाहरुका स्वाभिमानी ईच्छाहरु लुप्त भएका थिए भई रहेका छन् । देशलाई जननी मानि देशको लागि भनेर आन्दोलन गर्ने मर्ने मार्ने युवाहरु आज कसैले देश छोडेर गएका छन् भने कसैले भ्रष्टाचारको खानीमा रमाउनु परेको छ तर कसै कसैले आफ्नो योग्यता कौडीको भाउमा विक्रि गर्नु परेको छ ।
प्राईभेट वोर्डिङ विद्यालय मात्र नभई सरकारी विद्यालयमा बालविकासको नाममा होस वा राहत अर्थात् स्कुल सरकारी भए पनि पारिश्रमिकमा यदि तुलना गर्ने हो भने वाधा मजदुर भन्दा माथिल्लो श्रेणी छैन । सरकारले निर्धारण गरेको न्युनतम ज्याला भन्दा कयौ गुणा कम छ । शिक्षा क्षेत्रमा काम गर्ने वौद्धिक युवाहरु बढी सोषित भएका छन् । केवल ति युवाहरुले दलितको पगरी पाउन मात्र बाकी छ एकै विद्यालय विद्यालयमा समान योग्यता भएका शिक्षक र राहत निजी काममा लगाएका युवाहरुको दुर्दसा नैराष्यता हेर्दा कसलाई दुःख नलाग्ला । आफ्नो पारिश्रमिक सवै समान माग गरेमा नोकरी खुस्कने नगरेमा आफ्नो जवानी सित्तैमा समर्पित गर्नुपर्ने । ७ नं. प्रदेशको हकमा सबै विद्यालयहरुमा यस्ता शिक्षकहरुको उपस्थिती रहेको छ । त्यसको रेकर्ड स्कुलमा त छदैछ सबै पालिकाहरुमा पनि रहेको छ । युवा युवतीहरुका यस्ता ईच्छा पनि थिएन छैन । युवाहरु नोकरीको कुरा गर्दा सरकारी तर्फ सबै ठाउँमा नेपाल लोकसेवा आयोगले सिफारिस गर्नु पर्दछ, शिक्षक आयोग तथा अन्य राजनितिक आयोगले होईन । शिक्षा क्षेत्रमा सत प्रतिशत राजनितिक भागवण्डा भएको छ भै राखेको छ । युवाहरु नेपाल सरकारले विदेशबाट वैज्ञानिक, औद्योगिक, व्यवस्थापनको विषय तालिम लिएर नेपालमा औद्योगिक क्रान्ति चलाउन चहान्छन् विदेशलाई मात्र सघाउने उनको ईच्छा छैन । वस त्यति हो नेपालको भन्दा हजारौ गुना बढी सुविधा पाउँदा नेपालको माया भए पनि फर्कने मन लाग्दैनन् । धेरैले उतै विवाह गरी घरजम गरी बसी सकेका छन् भने कोही चिट्टा टाईपको डीभी परेर गएका छन् ।
अमेरिकामा या बेलायतमा थोरै तलब दिए पनि नेपालको तुलनामा मुद्रा विनिमयले १५० गुणा बढी हुन जान्छ । पैसाको लोभले जानु परेको छ तर नेपालको मायाले फर्कने मन नलागेको त होईन अब नेपाल सरकारले विशेष व्यवस्था गरी विदेश गएका उतै बस्ने आधार बनाएकाहरुलाई नेपालमा उद्योग खोली व्यवसाय गर्न सहयोग र सहुलियत दिनु पर्ने देखिन्छ ।
२०४७ पछि नेपालमा भएको निजि तथा उदारीकरणले विद्यालय, क्याम्पस, विश्व विद्यालय, तर्फ भरपुर प्रगति भएको छ । त्यो अत्यन्त
सकरात्मक कुरा भए पनि सरकारी शिक्षण संस्थाहरुको भने दुर्दसा भएको पाईन्छ । शिक्षकहरु राजनितिक पार्टी झोले भएका छन् भने विद्यार्थीमा हौसला हराएको छ वोर्डिङ नामका निजी विद्यालय तर्फको देखावटी चहल पहल देख्दा म गरिब भएकोले पढ्न पाएन भन्ने नराम्रो भावना फैलिरहन सक्ने हुँदा सरकारी क्षेत्रका विद्यालयहरुमा निजी भन्दा घटी सुविधा भएको हुनु हुदैन ।
सरकारी विद्यालयमा पुर्ण अनुशासन, इमान्दारीता, लगनशीलता, कानूनी राज्यको झलक हुनै पर्ने देखिन्छ । मैले निजी विद्यालयमा पढन भएन भनेर निराश हुने युवायुवतीहरुलाई मैले सरकारी स्कुलमा पढन पाएन भनेर चिन्ता हुने खालको विद्यालयलाई सुविधायुक्त बनाउनु नितान्त आवश्यक किन छ भने सरकारी विद्यालयमा पुरा राष्ट्रको शक्ति र भक्ति हुन्छ भने निजी विद्यालय केही सिमित व्यक्तिहरुको साझेदारी हुन्छ । देशको अवस्था झल्कने सरकारी विद्यालयबाट नै हो ।
शिक्षक नियुक्ती गर्दा राजनीतिक भागबण्डा शिक्षक आयोग जस्ता अंगबाट होइन कि नेपालको संवैधानिक अंग लोकसेवा आयोगबाट छनौट हुनुपर्छ । अनि मात्र योग्य शिक्षकको आपुर्ति भएको मान्न सकिन्छ । अन्यथा वर्तमानको अवस्थामा जहाँ हेर्यो उतै राजनीतिक भर्ति केन्द्रजस्तो देखिएको छ । त्यसकारण त्यस्ता क्रियाकलापबाट बचाउन नेपाल लोकसेवा आयोगलाई शिक्षक छनौटको लागि माग गर्नुपर्छ । यस सम्बन्धमा सरकारको भन्दा पढिसकेका युवाहरुले यदि शिक्षक लाईनतर्फ जान चाहने हो भने पढाई सकेकै बेला प्रत्येक वर्ष लोकसेवा आयोगद्वारा विज्ञापन गराई शिक्षक छनौट गर्ने प्रक्रिया नेपाल सरकारले मिलाउनुपर्नेमा कुनै शंका छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *